Wednesday, July 11, 2018

युनाइटेडले पुनः सुरु गर्‍यो अग्नि बिमा व्यवसाय


नयाँ पत्रिका
काठमाडाैं, २७ असार
युनाइटेड इन्स्योरेन्स कम्पनीको अग्नि बिमा मंगलबारबाट पुनः सुरु भएको छ । गत शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै युनाइटेड इन्स्योरेन्सको अग्नि बिमा फुकुवा गरेपछि कम्पनीलाई व्यवसाय सुरु गर्ने बाटो खुलेको हो । त्यसैलाई आधार मान्दै कम्पनीले मंगलबारदेखि व्यवसाय सुरु गर्न सबै शाखा कार्यलयहरूलाई पत्राचार गरेको नायब प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।
युनाइटेडले ०७४ चैत्र १७ गते सर्वोच्च अदालतमा पाटन उच्च अदालतको फैसला दोहो¥याई पाऊँ भनी निवेदन दिएको थियो । उक्त निवेदनउपर सर्वोच्च अदालतले ०७५ असार १ मा मुद्दा दोहो¥याउन पाउने निस्सा दिएको कम्पनीका अधिवक्ता मेघराज थापाले बताए । निस्सा पाएपछि मुद्दा पुनरावेदनका रूपमा दर्ता हुन सक्नेछ ।
सोअनुसार कम्पनीले पाटन उच्च अदालतले गरेको अन्य निर्णय तत्कालका लागि रोकी कम्पनीको अग्नि बिमा व्यवसाय फुकवा गर्न अन्तरिमकालीन आदेश जारी गरी पाऊँ भनी निवेदन दिएको थियो । शुक्रबार न्यायाधीशद्वय सपना मल्ल प्रधान तथा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले अग्नि बिमा व्यवसाय फुकुवा गर्ने अन्तरिमकालीन आदेश दिएको हो ।
http://www.nayapatrikadaily.com/2018/07/11/70600/

No comments:

Post a Comment