मुना कुँवर
-मारुती सिमेण्ट कम्पनीको ६ लाख ९३ हजार २ सय कित्ता शेयर खरीदविक्री
-नेपाल हाइड्रो डेभलपर कम्पनीको ६० हजार कित्ता शेयर खरीदविक्री
-काठमाडौं फरेष्टी कलेज पब्लिक कम्पनीको १ सय ८४ कित्ता शेयरखरीद
-अन्य थुप्रै कम्पनी पाइपलाइनमा
-ओटीसी बजारमा कम्पनी दर्ता निःशुल्क
-नेपाल हाइड्रो डेभलपर कम्पनीको ६० हजार कित्ता शेयर खरीदविक्री
-काठमाडौं फरेष्टी कलेज पब्लिक कम्पनीको १ सय ८४ कित्ता शेयरखरीद
-अन्य थुप्रै कम्पनी पाइपलाइनमा
-ओटीसी बजारमा कम्पनी दर्ता निःशुल्क
काठमाडौं । ओभर दी काउण्टर (ओटीसी) बजारमार्फत शेयर खरीदविक्री गर्ने कम्पनीहरूको सङ्ख्या बढ्न थालेको छ । कम्पनी रजिष्ट्रार कार्यालयले नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीहरूले शेयर कारोबार अनिवार्य रूपमा ओटीसी बजारमार्फत नै गर्नुपर्ने निर्देशन दिएपछि कम्पनीहरूलाई दबाब परेको हो । करीब १ महीनाको अवधिमा ओटीसी बजारमार्फत तीनओटा पब्लिक कम्पनीहरूको कारोबार भइसकेको ओटीसी बजारका सहायक प्रबन्धक नारायणप्रसाद तिमिल्सिनाले बताए ।
ओटीसी बजारमा कारोबार हुने कम्पनीहरूमध्ये मारुती सिमेण्ट सबैभन्दा पहिलो कम्पनी हो । उक्त कम्पनीको ६ लाख ९३ हजार २ सय कित्ता शेयर खरीदविक्री भएको थियो । त्यस्तै, नेपाल हाइड्रो डेभलपर कम्पनीको ६० हजार कित्ता शेयर खरीदविक्री भएको छ भने काठमाडौं फरेष्टी कलेज पब्लिक कम्पनीको १ सय ८४ कित्ता शेयर खरीदविक्री भइसकेको बजारका सहायक प्रबन्धक तिमिल्सिनाले जानकारी दिए । उनले भने ‘हाथवे इन्भेष्टमेण्ट कम्पनी तथा ग्लोबल आईएमई बैङ्क पाइपलाइनमा छन् । अन्य थुप्रै कम्पनीले पनि दर्ता प्रक्रिया अगाडि बढाउन थालेका छन् ।’
विभिन्न कारणले नेप्सेको दोस्रो बजारमा व्यापार हुन नसकेका पब्लिक कम्पनीहरूको शेयर खरीदविक्री गर्नका लागि ओटीसी बजारको शुरुआत भएको हो । यस बजारमा नेप्सेको सूचीबाट हटिसकेका, साधारण शेयर जारी गरेका तर विभिन्न कारणले सूचीकृत हुन नसकेका र पब्लिक कम्पनीको रूपमा स्थापित भई सूचीकरण प्रक्रियामा नआएका कम्पनीहरूको शेयर खरीदविक्री गर्न सकिन्छ ।
यस्ता कम्पनीहरूको धितोपत्र शेयर व्यापार गर्नका लागि सबैभन्दा पहिला कम्पनी नेप्सेद्वारा सञ्चालन गरिएको ओटीसी बजारमा गएर दर्ता हुनुपर्छ । दर्ता भइसकेपछि उक्त कम्पनीको शेयर भएका लगानीकर्ताले शेयर विक्री वा खरीद गर्न सकिने प्रावधान रहेको छ । तर, यस अघिसम्म पब्लिक कम्पनीहरूको शेयर खरीदविक्री तथा शेयर हस्तान्तरणको काम कम्पनी रजिष्ट्रार कार्यालयबाट हुँदै आएको थियो । यसरी कम्पनी रजिष्ट्रार कार्यालयबाट कारोबार हुँदा सरकारले करोडौं राजस्व गुमाउँदै आएको थियो ।
पछिल्लो व्यवस्थाअनुसार सूचीकृत नभएका पब्लिक कम्पनीहरू कुनै पनि कारोबार गर्नुअघि ओटीसी बजारमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ ।
पछिल्लो व्यवस्थाअनुसार सूचीकृत नभएका पब्लिक कम्पनीहरू कुनै पनि कारोबार गर्नुअघि ओटीसी बजारमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ ।
ओटीसी बजारमा कम्पनी दर्ता गर्दा कुनै पनि शुल्क तिर्नुपर्देन । तर, शेयर खरीदविक्री भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनुपर्छ । त्यस्तै, नेपाल सरकारलाई पूँजीगत लाभकर बुझाउनुपर्छ । रू. २५ हजारसम्मको कारोबार हुँदा धितोपत्र बजारलाई २ प्रतिशत शुल्क बुझाउनुपर्छ । त्यस्तै, रू. २५ हजारदेखि रू. ५ लाखसम्मको कारोबार हुँदा १ दशमलव ५० प्रतिशत र रू. ५ लाखदेखि माथिको कारोबार हुँदा १ प्रतिशत शुल्क बुझाउनुपर्छ ।
त्यस्तै, उक्त कारोबार हुँदा नेपाल धितोपत्र बोर्डलाई भने शून्य दशमलव १५ प्रतिशत शुल्क बुझाउनुपर्छ । साथै, ओटीसी बजारको विनियम ७ अनुसार विक्रेता प्राकृतिक व्यक्ति भए ५ प्रतिशत र विक्रेता अप्राकृतिक व्यक्ति भए १० प्रतिशत सरकारलाई पूँजीगत लाभकर बुझाउनुपर्छ ।
No comments:
Post a Comment