मुना कुँवर
बोर्ड तयारी गर्दै, सम्भव नहुने समितिको भनाई
चैत्र २७, काठमाडौं । बीमा कम्पनीहरुले पनि सामूहिक लगानी कोष (म्यूचुअल फण्ड) सञ्चालन गर्न पाउने भएका छन् । धितोपत्र बोर्डले बीमा कम्पनीहरुलाई सामूहिक लगानी कोष सञ्चालन गर्ने बिषयमा प्रस्ताव प्रस्तुत गर्न भनेको छ ।
बीमा कम्पनीहरुसँग जम्मा भएको फण्डको प्रयोग बजारको बिकासको लागि हुन सक्ने भएकोले यस्तो व्यवस्था गर्न लागिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले बताए । बीमा कम्पनीसँग लामो समय देखि बिभिन्न कोषमा पर्याप्त रहक जम्मा भएकोले त्यसको परिचालनको लागि यस्तो बाटो खुला गरिएको बोर्डले बताएको छ । धितोपत्र बोर्डका अध्यक्ष कार्कीले भने, ‘यस बिषयमा बीमकहरुले पनि चासो देखाउनु भएको छ । त्यसैले यसको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन लागिएको हो ।’
बोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७ संशोधन गरेरै बीमा कम्पनीलाई लगानीको व्यवस्था गर्न लागेको छ । नियमावली अनुसार हाल बैङ्क तथा वित्तीय कारोबार गर्न संगठित रुपमा स्थापना बनेको संस्थाले मात्रै सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने व्यवस्था रहेको छ । राष्ट्र बैङ्कले पनि यो सुविधा वाणिज्य बैङ्कलाई मात्र दिएको छ । अन्य बिकास बैङ्क र वित्त कम्पनीले भने सामूहिक लगानी कोष सञ्चालन गर्न पाउँदैनन् । तर, धितोपत्र बोर्डको योजना सफल भएमा बीमा कम्पनीले समेत सामूहिक लगानी कोष सञ्चालन गर्न पाउँने छन् ।
सबै बीमा कम्पनीले भने सामूहिक लगानी कोष सञ्चालन गर्न नसक्ने देखिन्छ । हालको सामूहिक लगानी कोष नियमावलीअनुसार कोष प्रर्वद्धकको चुक्तापूँजी कम्तिमा १ अर्ब रुपैयाँ भए पुग्छ । तर बोर्डले नियमावली संशोधनमा चुक्तापूँजीको व्यवस्था समेत परिमार्जन गर्न लागेको छ । बोर्डले यस्तो संस्थाको चुक्तापूँजी कम्तिमा ३ अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था गर्ने भएको हो । राष्ट्र बैङ्कले सबै वाणिज्य बैङ्कलाई २०७४ असारसम्ममा चुक्तापूँजी ८ अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिइसकेको छ । यसअघिसम्म २ अर्ब चुक्तापूँजी भए पुग्ने राष्ट्र बैङ्कको व्यवस्था थियो । हाल सबैभन्दा धेरै चुक्तापूँजी हुने बीमा कम्पनीको पनि यो रकम १ अर्बभन्दा केही बढि मात्र छ ।
‘बीमा कम्पनीहरुलाई कस्तो तरिकाबाट कोष सञ्चालन गर्न दिने भन्ने बिषयमा कुनै निक्र्यौल भै सकेको छैन,’ बोर्डका अध्यक्ष कार्कीले स्पष्ट पारे । तर, बोर्डले आवश्यक अध्ययन र अनुसन्धान गरिरहेको जानकारी दिएको छ । बीमा कम्पनीहरुसँग छलफल गरेर मात्रै यसको टुङ्गो लगाइने भएको छ । बोर्डले चुञ् बोर्डले बीमा कम्पनीहरुलाई सामूहिक लगानी कोष सञ्चालन गर्न दिने तयारी गरेसँगै बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउन दबाब पर्ने भएको छ । बोर्डले हालसम्म रू. १ अर्ब पुगेका वित्तीय संस्थालाई सामूहिक लगानीकोष सञ्चालन गर्ने अनुमति दिएको भए पनि अबका दिन भने चुक्ता पूँजी बृद्धि गर्ने तयारी गरेको छ । बोर्डले रू.३ अर्ब चुक्ता पूँजी भएका संस्थालाई मात्रै कोष सञ्चालन गर्न दिने तयारी गरेको छ । बोर्डको यो निर्णयसँगै सामूहिक लगानी कोष सञ्चालन गर्नका लागि बीमा कम्पनीहरुले पनि चुक्तापूँजी बढाउनु पर्नेछ । चुक्तापूँजीको व्यवस्था उही राखेर बीमा कम्पनीलाई सामूहिक लगानी कोष सञ्चालन गर्ने बाटो खोलेमा यसले कम्पनीहरुलाई चुक्तापूँजी बढाउन दबाब पर्ने छ ।
यता, बोर्डले गर्न लागेको व्यवस्था बीमा समितिलाई भने सम्भव लागेको छैन् । ‘बीमकहरुले जोखिम बापत भुक्तानी गर्नका लागि रकम सङ्कलन गरेका हुन्, कतिपय विपत्तीमा तत्काल रकम आवश्यक पर्ने हुन्छ, त्यस्तो समयको कम्पनीहरुसँग जगेडा भइरहनु पर्छ,’ श्रीमान कार्कीले भने । बीमा कम्पनीहरुले लगानी गर्नु जटिल बिषय भएपनि लगानी योग्य पूँजी मध्ये केही रकम यस्तो उद्धेश्यको लागि प्रयोग हुन सक्ने उनको राय छ ।
No comments:
Post a Comment