शेयर बजारमा विद्यार्थीको सामूहिक लगानी
२०७०-१२-१६
मा प्रकाशित
४२५
पटक पढिएको
० बिचार / प्रतिक्रिया
सुरज महर्जन स्नातकोत्तर तहका विद्यार्थी हुन् । व्यवस्थापन विषयका
विद्यार्थी भएकाले पनि भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने उनको इच्छा
थियो । त्यसैले, बीबीएस अध्ययन गर्दा नै उनले स–सानो रकम बचत गर्न शुरू गरे
। यसमा उनका सहपाठी प्रेम शाही, राजु महर्जन, दिनेश महर्जन र राजीव मर्हजन
पनि सहभागी भए । पाँचजना साथी मिलेर एउटा बचत समूहको स्थापना गरे ।
उनीहरूले खाजा खर्चबाट पैसा जोगाएर महीनाको रू. ३/३ सय जम्मा गर्न थाले ।
यसरी बचत गरेको रकमलाई उनीहरूले शेयरबजारमा लगानी गर्ने योजना बनाए ।
अध्ययनकै क्रममा उनीहरूले पाठ्यक्रमका शेयरबजारसम्बन्धी पुस्तकबाट नै केही जानकारी लिएका गरेका थिए । ‘यसैबाट प्रेरित भई शेयर बजारमा लगानी गर्न थालेका हौं,’ सुरज भन्छन् । उनीहरूले पहिलोपटक रू. ५० हजार लगानी गरी ग्लोबल बैङ्कको शेयर खरीद गरे । यसबाट उनीहरूलाई राम्रो फाइदा नभए पनि घाटा भने भएन । त्यसपछि रू. १० हजार लगानी गरी प्राइम बैङ्कको शेयर खरीद गरे । यसबाट उनीहरूलाई राम्रो फाइदा भयो । यसरी प्राप्त मुनाफालाई उनीहरूले कोषमा नै जम्मा गर्न थाले । ‘अहिले हामीसँग विभिन्न कम्पनीमा गरेर रू. ५ लाखभन्दा बढी लगानी छ,’ शाहीले भने ।
प्रितम गैरे पनि स्नातकोत्तर तहका विद्यार्थी हुन् । उनी काठमाडौं पब्लिक यूथ क्याम्पसमा अध्ययनरत छन् । अध्ययनको साथमा उनले पनि आफ्ना साथीहरूसँग मिलेर शेयर बजारमा लगानी गरेका छन् । ‘५ वर्षअघि देखि नै शेयर बजारमा लगानी गर्न शुरू गरेको हुँ,’ उनी भन्छन् । बीबीएस अध्ययन गर्दादेखि नै शेयर बजारमा लगानी गर्न शुरू गरेको उनी बताउँछन् । फाइनान्सका विद्यार्थी गैरेले लगानीसम्बन्धी जानकारी आफ्नो पाठ्यपुस्तकबाट नै प्राप्त गरेका थिए । यसले पनि उनलाई लगानी गर्न सहयोग गर्यो । घरबाट पठादिएको खर्च जोगाएर नै लगानी गर्न शुरू गरेको उनको भनाइ छ । लगानीको शुरुआत आफूले साधारण शेयरबाट नै गरेको उनले बताए ।
लगानीका लागि पहिलोपटक क्रिष्टल फाइनान्सको साधारण शेयर (आईपीओ)मा आवेदन दिएको गैरेले बताए । ‘त्यतिबेला रू. ५ हजारबराबरको ५० कित्ता शेयरका लागि आवेदन दिएकोमा मलाई जम्मा १० कित्ता शेयर परेको थियो,’ उनी सम्झन्छन् । त्यसपछि उनले ग्लोबल बैङ्क तथा भिबोर बैङ्कमा पनि रू. ५/५ हजारका लागि आवेदन दिएका थिए । यी दुवै बैङ्कमा उनलाई ३०/३० कित्ता शेयर परेको थियो । साधारण शेयरबाट लगानीको शुरुआत गरेका उनले अहिले दोस्रो बजारमा लगानी गर्न थालेका छन् । अहिले उनीसँग करीब ५० कम्पनीको शेयर छ, जसमा उनको रू. १५ लाख लगानी रहेको छ ।
महर्जन तथा गैरेजस्तै अहिले शेयर बजारमा लगानी गर्ने विद्यार्थी सङ्ख्या बढेको छ । विषेशगरी बीबीएस अध्ययनरत विद्यार्थीले समूह बनाएर लगानी गर्न थालेका छन् । शेयर बजारको विषयमा कोर्समै अध्ययन गरिने हुँदा यसलाई व्यावहारिक लागू गर्न उनीहरूले लगानी गर्न थालेका हुन् । विद्यार्थीले ५ देखि १० जनासम्मको समूह बनाई सामूहिक रूपमा बचत गर्न थालेका छन् । बचत गर्न शुरू गर्दा बचत गर्ने बानीको विकास हुने तथा लगानीसम्बन्धी अनुभव पनि हुने भएकाले यसमा विद्यार्थीको आकर्षण बढेको हो । यसले विद्यार्थीलाई अनावश्यक क्षेत्रमा खर्च गर्नबाट जोगाउने बताउँछन् विद्यार्थी लगानीकर्ता महेन्द्र थापा । तर, दीर्घकालीन योजना बनाएर शेयर बजारमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।
शेयर बजार लगानी गर्ने विद्यार्थीको सङ्ख्या २० प्रतिशत रहेको बताउँछन् कोहिनूर सेक्युरिटिजका सञ्चालक भरत रानाभाट । उनका अनुसार बीबीएस अध्ययन गर्ने विद्यार्थीले समूह बनाई लगानी गर्छन् भने एमबीएस अध्ययन गर्ने विद्यार्थीले विशेषगरी व्यक्तिगत रूपमा लगानी गर्छन् । त्यस्तै, दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा लगानी गर्ने विद्यार्थीको सङ्ख्या धेरै छ । दोस्रो बजारमा लगानी गर्न तुलनात्मक रूपमा धेरै रकम आवश्यक पर्ने हुँदा अध्ययनसँगै जागीर गरिरहेका विद्यार्थीको मात्रै पहुँच हुने उनले बताए । तर, अन्य लगानीकर्ताको तुलनामा विद्यार्थीले धेरै विश्लेषण गरेर मात्रै लगानी गर्ने गरेको उनको अनुभव छ । विद्यार्थी भएकाले पनि उनीहरूलाई यस विषयमा साधारण जानकारी पहिले नै हुन्छ । साथै, अन्य स्रोतको अध्ययन गरेर मात्रै लगानी गर्ने भएकाले विद्यार्थी लगानीकर्ता नाफामा रहने गरेको उनले बताए ।
सेक्योर्ड सेक्युरिटिजका सञ्चालक सन्तोष मैनालीले भने विद्यार्थी लगानीकर्ताको सङ्ख्या पहिलाको तुलनामा अहिले १५ प्रतिशत नै बढेको बताए । बजार न्यूनतम बिन्दुमा हुँदा यस्ता लगानीकर्ताको सङ्ख्या नगन्य भए तापनि अहिले भने उच्च दरमा बढेको उनले जानकारी दिए । विद्यार्थीले धेरै जोखीम वहन गर्न नसक्ने भएकाले बजार बढेको समयमा यस्ता लगानीकर्ताको सङ्ख्या बढेको उनको भनाइ छ । विद्यार्थीमा सैद्धान्तिक जानकारी भए तापनि लगानीसम्बन्धी व्यावहारिक अनुभव नहुँदा शुरूमा अन्योल हुने गरेको उनले बताए । तर, तुलनात्मक रूपमा अन्य लगानीकर्ता भन्दा विद्यार्थी लगानीकर्ताले कम्पनीको राम्रो विश्लेषण गर्न सक्ने उनको अनुभव छ ।

No comments:
Post a Comment