२०७०-१२-११ मा प्रकाशित
चैत १०, काठमाडौं । सूचनाप्रविधिको विकास तथा विस्तारसँगै पछिल्लो
समयमा बैङ्किङ प्रडक्टमा पनि विविधीकरण हुँदै गएको छ । यसैको उदाहरण हो–
शाखारहित बैङ्किङ, जसको कारणले बैङ्कहरू भौतिक उपकरण, भवन तथा
सवारीसाधनविना नै वित्तीय कारोबार गर्न र सर्वसाधारणलाई सेवा उपलब्ध गराउन
सफल भएका छन् । अन्य सेवासुविधामा प्रतिस्पर्धी बन्दै गएका नेपाली
बैङ्कहरूबीच शाखारहित बैङ्किङ सेवामा पनि प्रतिस्पर्धा बढ्दै गएको छ ।
फलस्वरूप अहिलेसम्म १२ वाणिज्य बैङ्कले २ सय ६८ स्थानबाट शाखारहित बैङ्किङ
सेवा विस्तार गरेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा शाखारहित
बैङ्किङ सेवा प्रदान गर्ने वाणिज्य बैङ्कको सङ्ख्या त्यति पुगेको नेपाल
राष्ट्र बैङ्कले बताएको छ । केन्द्रीय बैङ्कका अनुसार अहिलेसम्म शाखारहित
बैङ्किङ सेवा प्रदान गर्ने वित्तीय संस्थामा सबै वाणिज्य बैङ्कमात्र छन् ।
दुर्गम भेगका मानिसले पनि सहज रूपमा बैङ्किङ सेवाको उपभोग गर्न सकून् भनेर शाखारहित बैङ्किङ सेवाको विस्तार गरिएको नेपाल बैङ्कर्स एशोसिएशनका अध्यक्ष राजनसिंह भण्डारीले बताए । यस्तो सेवाले दूरदराजका क्षेत्रमा रहेका मानिसले सहजै बैङ्किङ कारोबार गर्न सक्ने भएकाले यसको लोकप्रियतासमेत बढ्दै गएको उनको भनाइ छ । नेपालमा ३१ वाणिज्य बैङ्क सञ्चालित छन् । यसमध्ये हालसम्म १२ वाणिज्य बैङ्कले मात्रै शाखारहित बैङ्किङ सेवाकोे स्वीकृति लिएका छन् । सो बैङ्कमध्ये सिद्धार्थ बैङ्कले सबैभन्दा धेरै ५६ स्थानमा यस्तो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ भने सिटिजन्स बैङ्क इण्टरनेशनलले ४९ स्थानबाट शाखारहित सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी एनएमबी बैङ्कले सबैभन्दा थोरै, तीन स्थानबाट उक्त सेवा सञ्चालन गरेको छ । अहिलेसम्म वाणिज्य बैङ्कहरूले मात्रै यस्तो सेवा सञ्चालन गरे तापनि पछिल्लो समयमा केही विकास बैङ्कले समेत यस्तो सेवा सञ्चालनका लागि तयारी गरिरहेको राष्ट्र बैङ्कले बताएको छ ।
ग्रामीण भेगका मानिसलाई लक्षित गरी शाखारहित बैङ्किङ सेवाको अवधारणा विकास भएको हो । अधिकांश बैङ्क शहरकेन्द्रित भइरहेका बेला यस्तो सेवाले ग्रामीण भेगमा पनि बैङ्किङ पहुँच पुर्याउन सहयोग गरेको छ । यस्तो सेवाबाट ग्राहकले बचत गर्न, भुक्तानी लिनका साथै रकमान्तरको सुविधासमेत प्राप्त गर्न सक्नेछन् । त्यसैगरी रेमिट्यान्स भुक्तानी, खाताको विवरण, स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकमसमेत जम्मा गर्ने सकिने सेवा बैङ्कहरूले प्रदान गर्दै आएका छन् । राष्ट्र बैङ्कको प्रावधानअनुसार महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाबाहेकका क्षेत्रमा मात्रै यस्तो सेवा विस्तार गर्न सकिन्छ । यस्तो सेवा विस्तार गर्न चाहने बैङ्कले राष्ट्र बैङ्कले तोकेका प्रावधान पूरा गरेमा मात्रै स्वीकृति लिन सक्नेछन् । साथै, बैङ्कहरूले आफ्ना ग्राहक वा अन्य व्यावसायिक व्यक्तिलाई एजेण्ट नियुक्त गर्न सक्नेछन् । एजेण्टको अधिकार प्राप्त व्यक्तिले नै प्वाइण्ट अफ ट्राञ्जेक्शन मेशिनको माध्यमबाट स्मार्ट कार्ड वा म्याग्नेटिक कार्डको प्रयोग गरी बैङ्किङ कारोबार गर्न सक्नेछ । शाखारहित बैङ्किङ सेवाले एकातिर ग्रामीण क्षेत्रमा बैङ्किङ अभ्यासको विकास गरिरहेको छ भने अर्कोतर्फ बैङ्कहरूको सञ्चालन खर्च घटाउन सहयोग गरेको छ । बैङ्कको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिने भएकाले पनि यसप्रति बैङ्कहरूको आकर्षण बढेको हो । बैङ्कहरूको प्रावधानअनुसार शाखारहित बैङ्किङ रहेको स्थानको नियन्त्रण तथा अनुगमन पायक पर्नेे शाखाले गर्ने गर्छ ।

No comments:
Post a Comment