मलेसिया गएका १८ कामदारलाई नक्कली बिमा योजना बिक्री –
नक्कली वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गरेको आरोपमा प्रहरीले बिमा अभिकर्ता प्रकाश रेग्मीलाई पक्राउ गरेको छ । वल्र्ड वाइट मेनपावर कम्पनीबाट गत वर्ष मलेसिया गएका १८ जना कामदारलाई रेग्मीले नक्कली पोलिसी जारी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो । उनले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा २०७३ कात्तिक ११ गते मलेसिया जाने १८ कामदारलाई नक्कली बिमा योजना बिक्री गरेको भेटिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले बताए । यो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिको आर्थिक सुरक्षाका लागि सरकारले वैदेशिक रोजगार बिमालाई २०६५ देखि अनिवार्य गरेको छ । श्रम स्वीकृतिका लागि कामदारले बिमा अनिवार्य गर्नुपर्ने प्रावधान छ । कामदारको भिसाको अवधि र उमेरअनुसार बिमाशुल्क रकम निर्धारण गरिएको हुन्छ । सोहीअनुसार कामदारले अधिकतम २० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था छ । कामदारको खर्च जोगाउन बिमा समितिले गत वर्षदेखि अभिकर्ता कमिसन पनि हटाएको छ ।
प्रमाणसहित पहिलोपटक पक्राउ
बजारमा नक्कली बिमालेख बिक्री गर्ने एजेन्टहरू रहेको मौखिक गुनासो आउने गरेको बिमा समतिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए । उनले भने, ‘यो विषयमा हामीले खोजी गरिरहेका थियाैँ प्रमाणसहित पहिलोपटक नक्कली बिमा बिक्री गर्ने मानिस पक्राउ परेको छ ।’ घटना प्रारम्भिक अनुसन्धानले बजारमा जारी भएको कुल वैदेशिक रोजगार म्यादी बिमामध्ये आधाभन्दा बढी नक्कली भएको अनुमान गरिएको छ ।

यसलाई आधार मान्दा करिब ४ अर्ब रुपैयाँ ठगी भएको हुन सक्ने वैदेशिक रोजगारीको विषयमा अनुसन्धान गर्दै आएका सुशील ढुंगानाले बताए । यस्तो ठगीमा ठूलो गिरोह नै संलग्न रहेकोसमेत उनको अनुमान छ । ‘यो त एउटा केश मात्रै हो । यस्तो हजारौँ हुन सक्छन् । उनी एक्लैले मात्रै हजारौँ पोलिसी बिक्री गरेका छन्,’ उनले भने, ‘यसको अनुसन्धान हुन बाँकी छ केही दिनमा बास्तविकता बाहिर आउला ।’
को हुन् रेग्मी
नक्कली पोलिसी जारी गरेको आरोपमा थुनामा रहेका प्रकाश रेग्मी व्यावसायिक बिमा अभिकर्ता नै हुन् । स्याङ्जा स्थायी घर भएका रेग्मीले सात वर्षअघि प्राइम लाइफ इन्स्योरेन्सको अभिकर्ता भएर बिमा क्षेत्रमा प्रवेश गरेका थिए । करिब ७ महिनादेखि उनी अहिले सिटिजन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् ।

यसरी थाहा भयो घटना
बल्र्ड वाइट मेनपावर कम्पनीबाट वैदेशिक रोजगारीका लागि मलेसिया गएका १८ जना व्यक्तिमध्ये धादिङका ४२ वर्षीया गोकर्णप्रसाद विडारी मलेसियामा नै बिरामी परे । बिरामी भएपछि ०७४ भदौमा उनी नेपाल फर्किए । नेपाल फर्किएपछि उनको गृहस्थान धादिङमा नै मृत्यु भयो । त्यसपछि उनकी श्रीमती गोमा विडारीले गत साता प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा मृत्यु दाबी गरिन् । पोलिसी नम्बर केटिएम ०००३०२११ पासपोर्ट नम्बर ०९५७२१७२ मा बिमाशुल्क ३ हजार ९ सय ७३ तिरेर मृतक बिडारीले साढे तीन वर्षको पोलिसी खरिद गरेका थिए ।

तर, कम्पनीले उक्त पोसिली इन्ट्री नभएको बताएपछि श्रीमती बिडारीले चैत १९ मा बिमा समितिमा उजुरी दिइन् । यस विषयमा बुझ्न समितिले तुरुन्तै कम्पनीलाई पत्राचार गर्यो । बिमा कम्पनीले उक्त पोलिसी आफ्नो कम्पनीमा नै इन्ट्री नभएको समितिलाई जानकारी दियो । त्यसपछि समितिले सम्बन्धित मेनपावर कम्पनीसँग सम्पर्क गर्यो । मेनपावर कम्पनीले पनि सो अवधिमा जारी भएका सबै पोलिसीको विवरण बिमा कम्पनीसँग माग गर्दा कुनै पनि पोलिसी कम्पनीमा इन्ट्री नभएको भेटियो । बिमा कम्पनीमा नै १८ वटा पोलिसी इन्ट्री नभएको फेला परेपछि नक्कली पोलिसी भएको पत्ता लागेको हो ।
आन्तरिक अनुसन्धानमा छौँ
राजनप्रसाद अधिकारी
कम्पनी सचिव, प्राइम लाइफ इन्स्योरेन्स
प्रकाश रेग्मी विगत ७ वर्षदेखि हाम्रो कम्पनीमा अभिकर्ताको रूपमा कार्यरत छन् । तर, करिब ६ महिनाअघि उनले कम्पनी छाडिसके । अहिले उनी सिटिजन्स लाइफमा अभिकर्ताको रूपमा कार्यरत छन् । हाम्रो कम्पनीको नामबाट नक्कली पोलिसी जारी भएको समिति, मेनपावर कम्पनी र पीडित गोमा बिडारीबाट थाहा पायाैँ । उहाँहरूले जुन नम्बरको पोलिसी जारी गर्नुभएको छ त्यो हाम्रो सफ्टवेयरमा इन्ट्री भएको छैन । यो कसरी भयो भन्ने विषयमा हामी आन्तरिक अनुसन्धानमा छाँै ।

रेग्मीलाई कालिमाटी प्रहरीको जिम्मा लगाएँ
दुर्गाबहादुर घिमिरे
अध्यक्ष, वल्र्ड वइट मेनपावर कम्पनी
मेरो कम्पनीमार्फत करिब डेढ वर्षअघि १८ जनालाई एकैपटक मलेसिया पठाएको हो । त्यसमध्ये गोर्कणप्रसाद बिडारीको मृत्यु भएको उहाँकै श्रीमती गोमा बिडारीले मेरो कार्यालयमा आएर जानकारी दिनुभयो । मैले पनि आवश्यक कागजपत्र जुटाउन उहाँलाई सहयोग गरेँ । तर, पछि उहाँबाट नै यो बिमा पोलिसी कम्पनीमा इन्ट्री नभएको जानकारी पाएँ । त्यसपछि मैले सोही समयमा खरिद भएको अन्य पोलिसीको विवरण पनि बिमा कम्पनीमा हेर्न लगाएँ । तर, कुनै पनि पोलिसी इन्ट्री नभएको देखियो । त्यसपछि मैले मेरो श्रम प्रतिनिधि सिंहबहादुर लामालाई सम्पर्क गरे । उसले पनि आफूले पोलिसी खरिद गर्दै आएका प्राइम लाइफका प्रतिनिधि प्रकाश रेग्मीलाई सम्पर्क गरे ।

त्यतिवेला गोमा बिडारीलाई पोलिसीमा प्राविधिक गडबडी भएको भनेर रेग्मीले सम्झाउँदै रहेछन् । म तत्काल मेरो श्रम प्रतिनिधिलाई लिएर रेग्मी भएको ठाउँमा पुगेर किन यस्तो गलत भयो भनेर सोधेँ ? तर, उसले प्राविधिक गडबढी भएको र आफैँले रकम भुक्तानी गर्ने बतायो । तर, मैले उसलाई सोमबार राति करिब ७ बजेतिर कालीमाटी प्रहरीको जिम्मा लगाएँ । प्रहरीसँग उसले आफूले नक्कली पोलिसी जारी गरेको स्वीकार गरिसकेको छ । मंगलबार मैले किटानी जाहेरी दिएको छु । हामीले सोही व्यक्तिसग करिब ८ वर्षको अवधिमा ७/८ हजार पोलिसी खरिद गरेका छौँ । यसमा कतिवटा नक्कली पोलिसी होला भन्ने अनुसन्धान भइरहेको छ ।
http://www.enayapatrika.com/2018/04/12/39804/
No comments:
Post a Comment