पैसा नभएकै कारण अब कोही व्यक्ति स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले अतिगरिबलाई निःशुल्क स्वास्थ्य बिमा सेवा प्रदान गर्न थालेपछि पैसा नहुनले पनि स्वास्थ्य उपचार पाउने भएका हुन् ।
२०७२ सालको अन्त्यदेखि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममा चालू आवदेखि गरिबलाई पनि सहभागी गराएको हो । बोर्डका अनुसार चैत १६ गतेसम्ममा ४१ हजार ७ सय ७३ जनाले निःशुल्क स्वास्थ्य बिमा सेवा पाएका छन् ।
खोटाङ, भोजपुर, रौतहट, रामेछाप, तनहुँ, गोरखा, बागलुङ, बर्दिया, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, कैलाली र अछाममा पहिचान भएका गरिबलाई यस्तो सेवा वितरण गरेको बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी दिए । गरिब निवारण मन्त्रालयले उपलब्ध गराएको तथ्यांकका आधारमा गरिबको पहिचान गरी सेवा प्रदान गरिरहेको उनले बताए ।
हालसम्ममा स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने बिमितको संख्या करिब ६ लाख पुगेको छ । कैलालीबाट सुरु भएको बिमा कार्यक्रम २५ जिल्ल्ला (इलाम, बाग्लुङ, कास्की, म्याग्दी, पाल्पा, अछाम, बैतडी, तनहुँ, चितवन, भक्तपुर, जुम्ला, गोरखा, मकवानपुर, जाजरकोट, रोल्पा, झापा, सुनसरी, सोलु, सिन्धुली, सुर्खेत, बर्दिया, भोजपुर, खोटाङ र रामेछाप) मा विस्तार भएको छ ।
महोत्तरी, प्युठान, रुकुम, अर्घाखाँची, कपिलवस्तु र रौतहटमा भने दर्ता सेवा सुरु भएको छ । साथै चैतदेखि पर्सा, बझाङ, बाजुरा, हुम्ला, कालिकोट, मुगु, डोल्पा र सिरहामा पनि दर्ता सेवा सुरु भएको छ।
स्वास्थ्य बिमाका लागि सबैभन्दा पहिला सदस्यता दर्ता गर्नुपर्छ । कुनै पनि समयमा स्वास्थ्य बिमाका लागि सदस्यता दर्ता गर्न सकिन्छ । तर, दर्ता हुनेबित्तिकै सेवा भने पाउन सकिँदैन । वैशाख, जेठ र असार महिनामा दर्ता हुनेले भदौ १ गतेदेखि मात्रै स्वास्थ्य सेवा पाउँछन् । साउन, भदौ र असोज महिनामा दर्ता हुनेले मंसिर २ गतेदेखि सेवा प्राप्त गर्न सक्छन् । कात्तिक, मंसिर, पुस महिनामा दर्ता हुनेले फागुन १ गतेदेखि र माघ, फागुन र चैतमा दर्ता हुनेले जेठ १ गतेदेखि सेवा लिन पाउँछन् ।
गरिब र विपन्नलाई छुट
गरिबी निवारण मन्त्रालयबाट वितरण गरेको परिचयपत्रका आधारमा बोर्डले निःशुल्क स्वास्थ्य बिमा सेवा वितरण गर्छ । हाल अतिगरिब परिवारका लागि बिमा शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै, गरिब र गरिबको जोखिममा परेका परिवारले क्रमशः ७५ र ५० प्रतिशत छुट पाउँछन् ।

कसरी गर्ने स्वास्थ्य बिमा ?
स्वास्थ्य बिमा बोर्डद्वारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रममा हरेक नागरिक सहभागी हुन पाउँछन् । यस्तो कार्यक्रमले पाँचजनाको परिवारलाई एउटा इकाइ मानेको छ । सोअनुसार पाँचजनासम्मको परिवारले प्रतिवर्ष २ हजार ५ सय भुक्तानी गरी स्वास्थ्य बिमा सेवा प्राप्त गर्न सक्छन् । परिवारमा पाँचजनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य ४ सय २५ रुपैयाँ थप भुक्तानी गर्नुपर्छ ।

बिमाबापत पाँचजनासम्मको परिवारले वार्षिक ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । पाँचजना बढीको परिवार भएमा प्रतिसदस्य १० हजारबराबरको थप सेवा पाउँछन् । बोर्डले कार्यक्रम विस्तार गरेको जिल्लामा दर्ता सहयोगी नियुक्त गरेको छ । दर्ता सहयोगी घरमा नै आएर बिमितको फारम भर्छन् । अनलाइनमार्फत त्यसको सूचना बोर्डमा रेकर्ड गरिएको हुन्छ ।
कसरी पाइन्छ सेवा ?
स्वास्थ्य बिमा कार्यक्रम सहभागीहरूले बोर्डले सम्झौता गरेका स्वास्थ्य सेवा संस्थाबाट ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउँछन् । स्वास्थ्य उपचारका लागि प्रारम्भिक चरणमा नजिकको स्वास्थ्य चौकीमा जानुपर्छ । स्वास्थ्य चौकीको सिफारिसमा बोर्डले सम्झौता गरेका अन्य स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सकिन्छ ।

नगदरहित भुक्तानी सेवा
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका व्यक्तिले नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्छन् । अर्थात् बिमितले स्वास्थ्य संस्थामा उपचार गर्न जाँदा कुनै पनि रकम भुक्तानी गर्नुपर्दैन । बिमा गर्दा बोर्डले परिचयपत्र दिएको हुन्छ । उपचार गर्न जाँदा सोही कार्ड देखाएर सेवा लिन सकिन्छ । स्वास्थ्य संस्थाले आफूले उपचार गरेका बिमितको दाबी भुक्तानी रकम सोझै बोर्डबाट प्राप्त गर्छ ।

के हो स्वास्थ्य बिमा ?
स्वास्थ्यसम्बन्धी समस्याका कारण हुन सक्ने आर्थिक जोखिमलाई व्यहोर्न गरिने बिमा नै स्वास्थ्य बिमा हो । यस्तो बिमाले बिमित बिरामी भएको अवस्थामा लाग्ने खर्चको दाबी भुक्तानी गर्छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य बिमा बोर्डले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले आगामी दुई वर्षमा नेपालका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य बिमा जनस्तरसम्म सञ्चालन गर्ने उद्देश्यले सरकारले आव २०६८/६९ को बजेटमार्फत स्वास्थ बिमा सुरुवात गर्ने घोषणा गरेको थियो । आव २०७१/७२ बाट तीन जिल्ला कैलाली, बागलुङ र इलाममा कार्यक्रम लागू गर्ने सरकारको बजेट भाषणमा घोषणा भए पनि कैलालीमा ०७२ चैत २५ गतेबाट सदस्यता वितरण कार्य सुरु भएको थियो । त्यस्तै, बागलुङ र इलाममा भने २०७३ असार १५ गतेदेखि सदस्यता वितरण भएको थियो । आव २०७३/७४ मा यो सेवा १५ जिल्लामा विस्तार भएको थियो ।
http://www.enayapatrika.com/2018/04/03/36825/
No comments:
Post a Comment