Friday, September 22, 2017

बिमा कम्पनीद्वारा बाढीको दाबी भुक्तानी सुरु

मुना कुँवर
काठमाडौंः बाढीका कारण परेको दाबीको निर्जीवन बिमा कम्पनीहरूले भुक्तानी गर्न सुरु गरेका छन् । असोज १ गतेसम्म बिमा समितिमा प्राप्त भएको तथ्यांकअनुसार कम्पनीहरूले ३ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूले २३ वटा दाबीबापत उक्त रकम भुक्तानी गरेका हुन् । 
समितिको तथ्यांकअनुसार कम्पनीहरूमा परेको दाबीमध्ये अब ६ सय ३९ वटा दाबी बापत करिब १ अर्ब ९९ करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।  कम्पनीहरूमा सबैभन्दा बढी अग्नि बिमाको दाबी परेको थियो । सोहीअनुसार हालसम्म भएको दाबी भुक्तानीमध्ये अग्नि बिमाअन्तर्गतकै दाबी परेको छ । कम्पनीहरूले १८ वटा अग्नि बिमाको दाबी भुक्तानी गरेका छन् ।
जसबापत ३ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै मोटर बिमा बापत परेको दाबीमध्ये कम्पनीहरूले ४ वटा दाबीबापत १ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरेका छन् । 
सामुन्द्रिक बिमाअन्तर्गत परेको दाबीमध्ये एउटा दाबीबापत कम्पनीहरूले २० लाख रुपैयाँ भुक्तानी गरेका छन् । तर, इन्जिनियरिङ बिमा (निर्माणधीन आयोजना), इन्जिनियरिङ बिमा (निर्माण  सम्पन्न भइसकेको आयोजना), बाली तथा पशुपन्छी बिमाअन्तर्गत परेको दाबीको भने हालसम्म एउटा पनि भुक्तानी भएको छैन । 

१७ निर्जीवन बिमा कम्पनीहरूमा परेको दाबीमध्ये हालसम्म दुईवटा कम्पनीले मात्रै भुक्तानी गर्न सफल भएका छन् । जसमध्ये नेसनल इन्स्योरेन्स कम्पनीले १९ वटा दाबीको भुक्तानी गरेको छ । जसबापत कम्पनीले ३ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेको छ । बाढीका कारण कम्पनीका परेको कुल दाबीमध्ये अब ५६ वटा बापत २९ करोड ३२ लाख भुक्तानी हुन बाँकी रहेको छ ।
कम्पनीले अग्नि बिमा अन्तर्गत परेका १८ वटा दाबी बापत ३ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, सामुन्द्रिक बिमाअन्तर्गत परेको दाबीमध्ये एउटा दाबीको भुक्तानी गरेको जसबापत २० लाख रुपैयाँ भुक्तानी भएको छ । शिखर इन्स्योरेन्सले ४ वटा दाबी बापत १ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले मोटर बिमाअन्तर्गत परेको दाबी भुक्तानी गरेको हो । अन्य कम्पनीहरूको सर्भे प्रतिवेदन आउन बाँकी रहेकाले भुक्तानी हुन नसकेको समितिले बताएको छ । 
कम्पनीहरूमा परेको दाबी रकम पनि बढ्दै गएको छ । आइतबारसम्ममा समितिमा प्रांप्त भएको तथ्यांकअनुसार २ अर्ब रुपैयाँभन्दा बढीको दाबी परेको समितिको तथ्यांकले देखाएको छ । समितिका अनुसार १७ निर्जीवन बिमा कम्पनीहरूमा ६६२ दाबी बापत २ अर्ब २ करोड रुपैयाँ दाबी परेको छ ।  बाढीपछाडि कम्पनीहरूमा परेको दाबीको मूल्यांकनका लागि सर्भेयरहरू खटिइसकेका छन् । 
तर, क्षतिको अन्तिम प्रतिवेदन भने आइसकेको छैन । तसर्थ, हाल समितिमा प्राप्त भएको दाबी रकम फेरबदल हुन सक्ने समितिका निर्देशक राजुरमण पौडेलले बताए । “यो प्राप्त सूचना तथा प्रारम्भिक निरीक्षणबमोजिम गरिएको अनुमानित दाबी विवरण मात्रै हो,” उनले भने । 
http://www.karobardaily.com/news/82489

No comments:

Post a Comment