विगत चार वर्षको अवधिमा पुनर्बिमाबापत नेपालबाट ३१ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ । बिमा समितिको तथ्यांकअनुसार उक्त अवधिमा जीवन बिमा कम्पनीमार्फत ३ अर्ब ६८ करोड र निर्जीवन बिमा कम्पनीहरूमार्फत भने २८ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको छ । मानिसको जीवन तथा सम्पत्तिको आर्थिक सुरक्षण गर्ने जिम्मा बिमा कम्पनीहरूले लिएका हुन्छन् ।
बिमा कम्पनीहरूले पनि आफूले धारण गर्न सक्नेभन्दा बढी जोखिम भएमा अन्य कम्पनीलाई जोखिम हस्तान्तरण गर्छन् । जसलाई पुनर्बिमा भनिन्छ । जोखिम एकै ठाउँमा रहयो भने महाविपत्ति परेको समयमा कम्पनी धराशयी हुन सक्छ । सोहीकारण नेपाली बिमा कम्पनीहरूले विदेशी पुनर्बिमा कम्पनीहरूमा पुनर्बिमा गर्दा सो रकम बाहिरिएको हो ।
घट्दै छ बाहिरिने रकम
गत आर्थिक वर्ष ०७४/७५ मा बिमा समितिको तथ्यांकअनुसार पुनर्बिमाबापत ९ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५ करोडले कम हो । आव ०७३/७४ भने पुनर्बिमाबापत ९ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको थियो । जीवन बिमा कम्पनीमार्फत ९९ करोड रुपैयाँ र निर्जीवन बिमा कम्पनीबापत ८ अर्ब ३० करोड रुपैयाँ बाहिरिएको तथ्यांकले देखाउँछ । नेपालमा नै पुनर्बिमा कम्पनीको स्थापना भएपछि बिदेसिने रकममा कमी आएको बिमकहरू बताउँछन् । आव ०७२/७३ मा पुनर्बिमाबापत ७ अर्ब २१ करोड रुपैयाँ बाहिरिएको थियो ।
पुनर्बिमाबापत रकम भित्रिन्छ पनि
पुनर्बिमाबापत नेपालबाट रकम बाहिरिने मात्रै होइन, भित्रने पनि गरेको बिमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले बताएका छन् । दाबी परेको समयमा विदेशी पुनर्बिमा कम्पनीले भुक्तानी गर्दै आएका छन् । त्यसलाई गणना गर्ने हो भने बिदेसिने रकम कम हुने उनको दाबी छ । ‘हामी पुनर्बिमाबापत गएको शुल्कलाई मात्रै हेर्छौँ । विदेशी पुनर्बिमा कम्पनीले भुक्तानी गरेको रकमको भने ख्याल गर्दैनौँ,’ उनले भने ।

२० प्रतिशत हिस्सा नेपाल पुनर्बिमामा
प्रत्येक वर्ष पुनर्बिमाबापत ठूलो रकम बाहिरिन थालेपछि सरकारले नेपाल पुनर्बिमा कम्पनीको स्थापना गरेको हो । सो कम्पनीलाई बलियो बनाउन सरकारले २० प्रतिशत पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीमा नै गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ । तर, सरकारले पुनर्बिमाको मर्म नै नबुझी २० प्रतिशत अनिवार्य गरेको भन्दै बिमकहरू असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यद्यपि, केही जीवन बिमा कम्पनीहरूले नेपाल पुनर्बिमा कम्पनीसँग शतप्रतिशत पुनर्बिमा सम्झौतासमेत गरेका छन् ।
ऐच्छिक वा सम्झौताबाट पुनर्बिमा
पुनर्बिमा प्रायः ऐच्छिक र सम्झौतामार्फत गरिन्छ । प्रत्येक बिमालेखपिच्छे पुनर्बिमक खोज्दै पुनर्बिमा व्यवस्था मिलान गर्ने पद्धतिलाई ऐच्छिक पुनर्बिमा भनिन्छ । यस्तो खालको पुनर्बिमा गर्दा प्रत्येकपटक पुनर्बिमा सम्झौता गर्नुपर्छ । बिमा कम्पनीले पुनर्बिमा गरिने जोखिमको सम्पूर्ण विवरण पुनर्बिमा कम्पनीलाई बुझाउनुपर्छ । यसबाट पुनर्बिमा कम्पनीले जोखिमको मूल्यांकन गर्ने अवसर पाउँछ । त्यस्तै, पुनर्बिमा गर्दा जोखिम स्वीकार गर्ने–नगर्ने अधिकार पुनर्बिमकमा निहित हुन्छ ।
त्यस्तै, कम्पनीहरूले सम्झौतामार्फत पनि पुनर्बिमा गर्छन् । यस्तो खालको पुनर्बिमा गर्दा बिमकले बिमाको किसिम र वर्ग पहिचान गर्छ । निश्चित रकमभन्दा माथिको बिमा गर्नुपर्ने भएमा सम्बन्धित पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गरिने सम्झौता हुन्छ । यस्तो खालको सम्झौता प्रत्येक वर्ष स्वतः नवीकरण हुन्छ । जबसम्म बिमा कम्पनीहरूले पुनर्बिमा नगर्नका लागि आवेदन दिँदैन, तबसम्म स्वतः रूपमा नवीकरण भएको मानिन्छ ।
के छ ऐनमा ?
बिमा ऐन २०४९ को दफा २ (ज)का अनुसार पुनर्बिमा व्यवसाय भन्नाले बिमकले जोखिम धारण गर्ने अंशभन्दा बढी अंशको पुनर्बिमा गर्ने व्यवसाय सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । त्यस्तै, ऐनकै दफा २८ मा बिमकले आफूले धारणा पर्ने जोखिम धारणा गरी बाँकी रहेको जोखिमको पुनर्बिमा समितिले तोकेबमोजिम गराउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बिमा नियमावली २०४९ नियम ६ मा पुनर्बिमा व्यवसायको व्यवस्था गरिएको छ । जसमा बिमकले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बिमा गराउन सक्नेछ भन्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले संघीय संसद्मा प्रस्तुत गरेको नयाँ बिमा ऐनको विधेयकमा भने बिमा कम्पनीले समितिले तोकेअनुसार नेपाल पुनर्बिमा कम्पनीमा नै पुनर्बिमा गर्नुपर्ने उल्लेख गरिएको छ ।
https://www.nayapatrikadaily.com/news-details/3853/2019-01-21
No comments:
Post a Comment