बिमांक रकम बढाउने यातायात विभागको प्रस्ताव मन्त्रालयमा
२०७५ पौष २६ बिहीबार
सवारीसाधन दुर्घटनाका घाइते उपचार रकम भुक्तानी गर्न नसकेर अस्पतालमै बन्दी हुनुपर्ने अवस्था निम्तिएपछि यातायात व्यवस्था विभागले दुर्घटना बिमाको बिमांक रकम बढाउन लागेको छ । सरकारले यातायात समितिहरू खारेजी गरेपछि व्यवसायलाई थप सुरक्षित बनाउन बिमांक रकम ३१ लाखसम्म पुर्याउने तयारी गरेको हो । बिमांक रकमको सैद्धान्तिक सहमतिका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको छ ।
विभागले गर्न लागेको नयाँ व्यवस्थाअनुसार सवारीसाधन दुर्घटनामा मेरुदण्ड र टाउकोमा चोट लागे १५ लाख र अन्य उपचार खर्चबापत ६ लाख भुक्तानी दिने व्यवस्था गर्न लागेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु भए परिवारले १० लाख भुक्तानी पाउने विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यालले बताए । ‘बिमांक रकम बढाउने प्रस्ताव मन्त्रालयमा पठाएका छौँ । मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएपछि हामी बिमा समितिसँग बसेर छलफल गर्नेछौँ,’ उनले भने ।
गत भदौमै यातायात विभागले सवारी दुर्घटना बिमा गर्न कम्पनीहरूसँग दरखास्त आह्वान गरेको थियो । तर, बिमा समितिको निर्देशनमा मात्रै बिमा व्यवसाय गर्न नसक्ने भन्दै कुनै पनि कम्पनीले निवेदन दिएनन् । यसपछि विभागले बिमांक रकम बढाउने तयारी गरेको हो ।
यस्तो छ अहिले दुर्घटना बिमाको अवस्था
अहिले सवारी दुर्घटना बिमांक रकम अधिकतम ५ लाख छ । मृत्यु भए ५ लाख र उपचारबापत ३ लाख रुपैयाँ तोकिएको छ । निजी सवारीसाधनको हकमा तेस्रो पक्ष मानव क्षति र सम्पत्ति क्षतिको अधिकतम दायित्व ८०–८० लाख छ । व्यावसायिक सवारीसाधनको हकमा तेस्रो पक्ष मानव क्षति र सम्पत्ति क्षतिको अधिकतम दायित्व ५०–५० लाख छ । मोटरसाइकल दुर्घटना भए मानव क्षति र सम्पत्ति क्षतिको अधिकतम दायित्व २५–२५ लाख तोकिएको छ । यसका लागि तेस्रो व्यक्ति बिमामा न्यूनतम १७ सयभन्दा माथि बिमाशुल्क तिर्नुपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार बिमाशुल्क कति हुने तय भइसकेको छैन ।

छलफलका लागि तयार छौँ : बिमा समिति
सवारीसाधन दुर्घटनाको बिमांक रकम वृद्धि गर्ने विषयमा बिमा समितिले समेत अध्ययन थालेको छ । दुर्घटना हुँदा आर्थिक भार अधिक हुने व्यवसायीको गुनासो आएपछि बिमा समितिले समेत चासो देखाएको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले आफूहरू छलफलका लागि तयार रहेको बताए ।

दुर्घटनाको सबै जिम्मा कम्पनीले लिनुपर्छ : यातायात व्यवसायी
ियातायात व्यवस्था विभागले दुर्घटना बिमांक रकम बढाउने तयारी गरिरहँदा यातायात व्यवसायीले भने दुर्घटनाको सबै जिम्मा बिमा कम्पनीले लिनुपर्ने अडान राखेका छन् । बिमा व्यवसायीहरू आवश्यकताअनुसारको बिमाशुल्क भुक्तानी गर्न तयार छन् । तर, दुर्घटनापछि लाग्ने सम्पूर्ण खर्चको जिम्मेवारी भने बिमा कम्पनीले नै लिनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘यसअघि यातायात समितिले लिन्थ्यो, तर अब कम्पनीले नै लिनुपर्छ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो,’ उनले भने ।

https://www.nayapatrikadaily.com/news-details/2745/2019-01-10
No comments:
Post a Comment