मुना कुँवर
काठमाडौं, १० असार
बिमा समितिले बिमकको कर्मचारी सेवा सर्तसम्बन्धी मार्गदर्शन २०७५ ल्याउने तयारी गरेको छ । समितिले जारी गरेको संस्थागत सुशासनमा गरिएको व्यवस्थाअनुसार मार्गदशनको खाका तयार गरी सञ्चालक समितिमा पेस गरिएको समितिका उपनिर्देशक सुशील देव सुवेदीले बताए । ‘हामीले मार्गदर्शनको करिब–करिब अन्तिम खाका तयार पारी सञ्चालक समितिमा बुझाएका छौँ ।
सञ्चालक समितिले स्वीकृत गरेपछि जारी यो कार्यन्वयन हुनेछ,’ उनले भने । हाल बिमा कम्पनीहरूले आ–आफ्नै कर्मचारी विनियमावली बनाएका छन् । मार्गदर्शन जारी भएपछि सोहीबमोजिम कम्पनीहरूले विनियमावली बनाउनुपर्नेछ ।
एकरूपता ल्याउन मार्गदर्शन
बिमा कम्पनीहरूको कर्मचारी विनियमावलीमा एकरूपता ल्याउन बिमा समितिले कर्मचारी विनियमावली मार्गदर्शन निर्माण गर्ने तयारी गरेको हो । कम्पनीहरूले स्वेच्छाले निर्माण गरिएका विनियमावलीमा आफूखुसी सेवा र सुविधाको व्यवस्था गरिने हुँदा एउटै क्षेत्रमा काम गर्ने कर्मचारीको सेवा र सुविधा फरक–फरक हुने गरेको छ । मार्गदर्शन जारी भएपछि कम्पनीहरूले कर्मचारी विनियमावली समितिमा स्वीकृति गराएपछि मात्रै लागू गर्न पाउनेछन् ।

न्यूनतम सुविधा
मार्गदर्शनमा बिमकका कर्मचारीहरूले पाउने सेवासुविधाको विषयमा सैद्धान्तिक आधार तयार पारिएको छ । जसअन्तर्गत कम्पनीको कर्मचारीको तहअनुसार प्रवेशको उमेर, शैक्षिक योग्यता पनि तोकिएको छ । साथै तहअनुसार कर्मचारीले पाउने तलब–भत्ता, बिमा, बिदालगायत सुविधाका विषयमा बिमकहरूले आफ्नो कर्मचारी विनियमावलीमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको समितिले बताएको छ ।

पारदर्शिताका लागि मार्गदर्शन
मार्गदर्शनले बिमा कम्पनीहरूले आफ्ना कर्मचारीको सम्पत्ति विवरणको रेकर्ड राख्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, कर्मचारीको व्यक्तिगत जानकारीको भने गोपनियता कायम राख्नुपर्ने पनि व्यवस्था गरिएको छ ।

बिमकको मनोमानी नियन्त्रण हुने
हाल बिमा कम्पनीको एउटै तहमा काम गर्ने कर्मचारीले पाउने सेवासुविधा फरक छ । तर, मार्गदर्शनले कम्पनीहरूको विनियमावलीमा एकरूपता ल्याउने हुँदा कर्मचारीले पाउने सेवासुविधा पनि एकरूपता हुने समितिले दाबी गरेको छ ।

समितिले यसअघि बिमकको प्रमुख कार्यकारीको सेवासुविधासम्बन्धी मार्गदर्शन पनि जारी गरेको थियो । कर्मचारी मार्गदर्शनले बिमा क्षेत्रमा सुशासन कायम राख्ने समिति विश्वस्त रहेको छ ।
http://www.enayapatrika.com/2018/06/24/65133/
No comments:
Post a Comment