मुना कुँवर
नेपाल लाइफको नामबाट नक्कली वैदेशिक रोजगार पोलिसी जारी
वैदेशिक रोजगारीका लागि कतार गएका सातजना कामदारका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट नक्कली पोलिसी जारी भएको भेटिएको छ । ६ फेब्रुवरी २०१६ मा जारी भएको सो पोलिसी खरिद गर्ने कामदारमध्ये बिरामी भएका एकजनाले कम्पनीमा दाबी गरेपछि पोलिसी नै नक्कली भएको फेला परेको हो ।
केही समय पहिला प्राइम लाइफ इन्स्योरेन्सको नामबाट पनि वैदेशिक रोजगारीमा जाने कामदारको नक्कली पोलिसी जारी भएको भेटिएको थियो । कम्पनीले नक्कली पोलिसी जारी नभएको दाबी गरिरहँदा नेपाल लाइफ इन्स्योरेन्सको पनि नक्कली पोलिसी भेटिएको हो ।
कम्पनीको नामबाट नक्कली पोलिसी जारी भएको जानकारीमा आएपछि इन्स्योरेन्स कम्पनीले बिमा समितिमा उजुरी दिएको छ । उजुरीकै आधारमा समितिले पनि सो विषयका बारेमा श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई पत्राचार गरेको बिमा समितिका प्रवक्ता पूजन ढुंगेलले बताइन् ।
दोहोरो पोलिसी जारी
रोलेक्स मेनपावर कम्पनीबाट विदेसिएका कामदारका लागि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट ७० लाख रुपैयाँबराबरको नक्कली बिमालेख जारी भएको भेटिएको छ । कतार गएका कामदारबाट नक्कली बिमाशुल्कबापत २५ हजार ९ सय २८ रुपैयाँ संकलन गरिएको छ । कम्पनीको नामबाट जारी भएको उक्त पोलिसी दोहोरो जारी भएको पनि भेटिएको हो ।

कम्पनीले उक्त पोलिसी न्यु जेनेरेसन इम्प्लोइमेन्ट मेनपावर कम्पनीमार्फत पहिले नै जारी गरिसकेको बताएको छ । रोलेक्स ह्युमन रिसोर्स कम्पनीमार्फत विदेश गएका कामदारको नाममा पनि सोही नम्बरको पोलिसी जारी भएको छ ।
रोलेक्स ह्युमन रिसोर्स मेनपावर कम्पनीले अभिकर्ता कोड नम्बर १०६३११११ प्रयोग गरी रामसागर महरा, लक्ष्मण ठाकुर, उपेन्द्रकुमार ठाकुर, शिव जोगी, रामपुकार राउत, रमेशकुमार बराही र मोहम्मद रोजाबा ढोबीको नाममा वैदेशिक बिमा योजना जारी गरेको छ । त्यस्तै, न्यु जेनेरेसन इम्प्लोइमेन्ट मेनपावर कम्पनीले सोही कोड नम्बरबाट नाफिज एहमद मिया, इर्साद अन्सारी, फैजुल्ला मिया, दीपेशकुमार यादव, दीपेन्द्रकुमार शर्मा, अजित खवास, रामबाबु ठाकुर बडाही नाममा बिमालेख जारी गरेको छ ।
प्राइमबाट पनि जारी भएको थियो नक्कली बिमा
यसअघि बल्र्ड वेज मेनपावर कम्पनीबाट वैदेशिक रोजगारीका लागि मलेसिया गएका १८ जना व्यक्तिको नाममा नक्कली पोलिसी जारी भएको भेटिएको थियो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट जारी भएको नक्कली पोलिसीकोे आरोपमा गत चैत २७ गते महानगरीय प्रहरी वृत्त कालिमाटीले कम्पनीका अभिकर्ता प्रकाश रेग्मीलाई पक्राउ गरेको थियो । उक्त घटनामा कम्पनीको पनि संलग्नता भएको आशंकामा प्रहरीले कम्पनीका सञ्चालकसहित ९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो ।

कम्पनीको संलग्नता छैन
नेपाल लाइफ इन्स्योरेन्सको नामबाट जारी भएको नक्कली बिमालेखमा कम्पनीको कुनै पनि संलग्नता नभएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘नक्कली पोलिसी जारी भएको थाहा भएपछि हामीले समितिलाई सूचित गरेका छौँ,’ उनले भने । यस घटनामा कसको संलग्नता छ भन्ने विषयमा हामीले अनुसन्धान गरिरहेका छौँ ।

मूकदर्शक नियामक निकाय
वैदेशिक रोजगारमा गएका कामदार असुरक्षित बन्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जानेका लागि बिमा अनिवार्य गरेको हो । बजारमा नक्कली पोलिसी जारी हुने गरेको विषयमा सरोकारवाला निकाय सबै जानकार छन् । तर, कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा कुनै पनि निकाय संवेदनशील भएको देखिँदैन । कामदारले लिएको पोलिसी नक्कली हो वा सक्कली हो भन्ने विषयमा कहीँकतै चेकजाँच पनि हुँदैन । जसको फाइदा ठगहरूले लिइरहेका छन् ।

http://www.enayapatrika.com/2018/06/21/64203/
No comments:
Post a Comment