मुना कुँवर
काठमाडौ, १४ कार्तिक
बिमा सम्बन्धी जनचेतना बढाउन अब देखि निर्जीवन बिमा कम्पनीहरुले पनि निश्चित रकम खर्च गर्नुपर्ने भएको छ । बिमा प्रचार प्रसार र विज्ञापनमा कम्पनीहरुले न्यूनत्तम रकम खर्च गरेपछि बिमा समितिले सिमा नै तोकेर खर्च गर्न निर्देशन दिएको छ । समितिको निर्देशन अनुसार कम्पनीहरुले व्यवस्थापन खर्च अन्र्तगत विज्ञापन तथा प्रचार प्रसारमा न्यूनत्तम २५ प्रतिशत रकम खर्च गर्नुपर्नेछ । यो प्रावधान कार्तिक देखि नै लागू गरिएको छ ।
निर्जीवन बिमा कम्पनीहरुले व्यवस्थापन खर्च अन्र्तगत अतिथि सत्कार, व्यापार प्रबद्र्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षक खर्च गर्न पाउने व्यवस्था छ । समितिको प्रावधान अनुसार उक्त शिर्षकमा कम्पनीहरुले आफनो खुद बिमाशुल्कको १.५ प्रतिशत रकम खर्च गर्न पाउँछन् । सोही रकमलाई शतप्रतिशत मानी अब देखि कम्पनीहरुले विज्ञापन तथा प्रचार प्रसारमा २५ प्रतिशत रकम खर्च गर्नुपर्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । “कम्पनीहरुले अन्य शिर्षकमा जे जति खर्च गरे पनि विज्ञापनका लागी कम्तिमा २५ प्रतिशत खर्च गर्नुपर्नेछ । अधिकत्तम जति पनि खर्च गर्न पाउँछन्,” उनले भने ।
यस अघिको व्यवस्था अनुसार कम्पनीहरुले व्यवस्थापन खर्चमा तोकिएको रकम (१.५ प्रतिशत) मध्ये चार वटै शिर्षकमा आफु खुशी खर्च गर्न पाउँथे । निश्चित शिर्षकमा निश्चित रकम खर्च गर्ने व्यवस्था नगरेकै कारण विज्ञापन तथा प्रचार प्रसार कम्पनीहरुले थोरै मात्रै खर्च गरेको पाईएको समितिले बताएको छ । अधिकांश कम्पनीहरुले अतिथि सत्कार र व्यापार प्रबद्र्धन शिर्षकमा धेरै खर्च गरे पनि प्रचार प्रसारमा भने २÷३ प्रतिशत मात्रै खर्च गरेको पाईएको समितिले बताएको छ । तर, केही कम्पनीहरुले भने ३० प्रतिशत खर्च गरेको समितिका अध्यक्ष चपागाईले बताए । “त्यसैले सबै कम्पनीहरुमा एक रुपता ल्याउन र जनचेतना बढाउने कार्यमा सहभागी गराउन हामीले सबै विमकहरुसँग बसेर छलफल ग¥यौ । उहाँहरुले पनि यसलाई स्वीकार गर्नूभयो,” उनले भने । बिमा सम्बन्धी चेतना बढाउने कार्यमा समिति आफै पनि सक्रिय छ । साथै कम्पनीहरुले पनि प्रसार र प्रचार गर्ने कार्यमा योगदान दिए भने बृहत रुपमा जनचेतना बढाउन सकिने समितिले बताएको छ ।
नेपालमा हाल १७ निर्जीवन बिमा कम्पनी छन् । त्यस्तै, तिन वटा कम्पनी सञ्चालनको लागी पाईपलाईनमा छन् । कम्पनीहरुले प्रत्येक बर्ष व्यवसाय बृद्धि गरे पनि प्रचार प्रसारमा भने खर्च नगरेको सरोकारवालाहरुले गुनासो गर्दै आएका छन् । कम्पनीहरुले समितिले अनिवार्य गरेकै आधारमा व्यवसाय सञ्चालन गर्दै आएको उनीहरुको आरोप समेत रहेको छ ।
तथ्यांक अनुसार गत आवमा निर्जीवन बिमा कम्पनीहरुले १८ अर्ब ८० करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ३० प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीहरुले १४ अर्ब ४२ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए ।
उत्पादनमा आधारित तरकारी बिमालेख जारी गर्दै समिति
बिमा समितिले उत्पादनमा आधारित तरकारी बिमालेख जारी गर्ने तयारी गरेको छ । विभिन्न ४९ प्रकारका तरकारी बिमालेख जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको समितिले बताएको छ । साथै समितिले उत्पादनमा नै आधारित अदुवा र बेसार बिमालेख पनि जारी गर्ने भएको छ ।
तरकारी उत्पादनको आधारमा गरिने बिमा नै उत्पादनमा आधारित बिमा हो । समितिले यस अघि उत्पादनमा नै आधारित माछा, चैते धान र बिजबृद्धि बिमालेख जारी गरि सकेको छ । अन्य बिमालेख भने लागतमा आधारित रहेका छन् । उत्पादन हुने खेतीको आधारमा बिमा गर्दा कृषकहरु बढी लाभान्वित हुने भएपछि समितिले उत्पादनमा आधारित बिमालेख जारी गर्ने तयारी गरेको हो ।
No comments:
Post a Comment