काठमाडौंः नेपालीहरूको महान् पर्व विजयादशमी, तिहार र छठ भर्खरै मात्रै सकिएको छ । यी पर्वहरू धार्मिक, सामाजिक र साँस्कृतिक दृष्टिकोणले नेपालीका लागि उत्तिकै महत्वपूर्ण छन् । चाडपर्वमा परिवारसँग भेटघाट गर्ने, मिठामिठा परिकार बनाएर खुवाउने र खाने प्रचलन छ ।
विशेष गरी चाडपर्व बालबालिकाहरूका लागि महत्वपूर्ण हुन्छ । दसंैमा पिङ खेल्ने, नयाँ कपडा लगाउने, मान्यजनको हातबाट टीका लगाएर दक्षिण पाउने कुराले चाडपर्व बालबालिका लागि बढी चाखलाग्दो हुन्छ । त्यस्तै, तिहारमा देउसी–भैलो खेल्ने र दाजुभाइले दिदीबहिनीको हातबाट टिका लगाएर उपहार आदान प्रदान गर्ने गरिन्छ ।
दसंंै–तिहारमा टीका लगाएर, देउसी–भैलो खेलेर वा दाजुभाइबाट दिदीबहिनीलाई दक्षिणा दिने नेपाली परम्परा छ । त्यसैले यतिबेला जम्मा भएको पैसाले के गर्ने भनेर धेरै बालबालिकाले सोच्दै पनि होलान् । यदि तपाई अभिभावकले आफना छोराछोरीले जम्मा गरेको रकम के गर्ने भन्ने योजना बनाउनु भएको छ भने बिमा सबैभन्दा उपयुक्त हुनसक्छ ।
अधिकांश बालबालिकाले यतिबेला संकलन भएको रकम खानेकुरा वा लगाउने कुरामा खर्च गर्छन् । कति अभिभावकलाई त छोराछोरीले कहाँ खर्च गरे भन्ने पनि थाहा हुँदैन । त्यस्तै, केही अभिभावकले पनि खुत्रुके वा बैंकमा जम्मा गर्छन् । यो विकल्प उचित भएपछि बिमा भने सबैभन्दा उपयुक्त विकल्प हो । बिमा सुरक्षा पनि हो र फोर्स सेभिङ पनि हो । बैंक भएको रकम हामीलाई आवश्यक प¥यो भने हामी निकालेर खर्च गर्न सक्छौ । तर, बिमा गरे पछि हामी बाध्य भएर प्रतिवर्ष रकम जम्मा गर्दै जान्छांै ।
आज बालबालिको नाममा गरिएको बिमा रकमले भोलि उनीहरूको उच्च शिक्षा अध्ययनको क्रममा प्रयोग गर्न सकिन्छ । त्यस्तै, उनीहरूको विवाहको लागि पनि प्रयोग गर्न सकिन्छ । यसले गर्दा भविष्य छोरछोरीका लागि आवश्यक पर्ने रकम उनीहरूले संकलन गरेको रकमबाट आपूर्ति गर्न सकिन्छ । यसले छोराछोरीमा पनि रकम जम्मा गर्ने बानीको विकास हुन्छ । त्यसैले यदि तपाईंले आफ्ना छोरछोरीको लागि वा भाई बहिनीका लागि कुनै उपहार वा सामाग्री खरिद गरिदिने सोच बनाउनु भएको छ भने बिमा योजना सबैभन्दा उत्तम उपहार हुनेछ ।
कस्तो छ बालबालिको बिमा योजना
नेपालमा हाल १४ वटा जीवन बिमा कम्पनी सञ्चालनमा आइसकेका छन् जसमध्ये नौ वटा जीवन बिमा कम्पनीले यसअघि नै बालबालिका लागि विभिन्न खालका योजना सञ्चालनमा ल्याएका छन् । अन्य कम्पनीहरूले पनि तयारी गरिरहेका छन् ।

कम्पनीहरूको योजनाअनुसार कम्तीमा पनि ५० हजारदेखि २५ लाख रुपैयाँसम्मको बिमा गर्न सकिन्छ । कतिपय कम्पनीले भर्खरै जन्मेका बालबालिका पनि बिमा गर्छन् । यस्तो बिमाको अवधि कम्पनीअनुसार फरक–फरक छन् । बालबालिको बिमा गर्दा अभिभावक संरक्षक बस्नुपर्छ । यदि संरक्षकलाई केही भयो भने बिमा योजना निरन्तर चलिरहन्छ तर, बिमाशुल्क भने भुक्तानी गर्नु पर्दैन । अर्थात् यदि तपाईलाई केही भयो भने पनि तपाईको बालबालिकाको आर्थिक अवस्था भने बलियो रहिरन्छ ।
कम्पनीहरूले सञ्चालन गरेका बालबालिका योजनाहरू
राष्ट्रिय बिमा संस्थान
बात्सल्य जीवन बिमा
यो अग्रिम भुक्तानी प्रकारको बिमालेख हो । भर्खर जन्मेको बच्चादेखि ८ वर्षसम्मको बालबालिका यस योजनामा समावेश हुन सक्छन् । यो यजना कम्तीमा पनि १ लाखदेखि धेरैमा ५ लाख रुपैयाँसम्म बिमा गर्न सकिन्छ । बिमा शुल्क तिर्ने अवधि न्यूनतम ८ वर्ष र अधिकत्तम १६ वर्षे तथा अवधि भुक्तानी मिति २२ वर्षमा हुन्छ । १६ वर्ष उमेर पूरा भएपछि प्रत्येक वर्ष बिमांकको २० प्रतिशतका दरले २० वर्ष उमेरसम्ममा शतप्रतिशतका बिमांक तथा २२ वर्ष उमेरमा आर्जित बोनस एकमुष्ट प्रदान गरिन्छ ।

बिमालेख प्रारम्भ भएपछि हुने पहिलो बिमांकीय मूल्यांकनबाट निर्धारित भएबमोजिमको बोनस प्रदान गरिन्छ । तर, जोखिम प्रारम्भ भइसकेको अवस्थामा बोनस घोषणा हुनु अगावै मृत्यु भएको खण्डमा मात्र संस्थानको प्रचलित बोनस दर प्रतिहजार ६५ रुपैयाँ विशेष बोनस प्रदान गरिन्छ । बिमा गर्दा आमा बुबा दुवैले प्रस्ताव गर्न सक्छन् । तर, आमा गृहणी भएको अवस्थामा भने २ लाखसम्मको मात्रै प्रस्ताव गर्न सकिन्छ ।
बिमा प्रारम्भ मितिले २ वर्ष पूरा भएपछि वा उमेर ७ वर्ष जुनपछि पर्छ, सो मितिपछि बिमालेखको जोखिम धारण प्रारम्भ हुन्छ । जोखिम धारणा अघि नै विमितको मृत्यु भएमा (अतिरिक्त बिमाशुल्क बाहेक) तिरिएको बिमाशुल्क मृत्यु दाबीबापत भुक्तानी गरिन्छ । बिमा जोखिम धारणा प्रारम्भ भएपछि भने बिमांक र आर्जित बोनश पूरै भुक्तानी गरिन्छ ।
बिमा प्रस्तावकले अतिरिक्त शुल्क तिरि बिमाशुल्क छुट लाभ लिन सक्नेछ । बिमाशुल्क छुट लाभ लिने बिमा प्रस्तावकको जोखिम धारण नहुँदै वा भइसकेपछि मृत्यु भएमा त्यस पछिका बिमाशुल्कहरू विमितले तिर्नुपर्दैन तर तोकिएको मितिमा बिमितले भुक्तानी पाउँछ । लाभमा समावेश हुने प्रस्तावकले संस्थानको प्रचलित अन्य बिमा प्रस्ताव सरह स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
बाल उमङ्ग
संस्थानले सावधिक जीवन बिमा “बाल उमङ्ग” योजना पनि सञ्चालनमा ल्याएको छ । यस बिमाले हाल बजारमा रहेका आफ्नो बिमालेखले समेट्न नसकेको उमेर समूह (८ वर्ष देखि ११ वर्षसम्म) का बिमितहरूलाई समेत बिमाको परिधिभित्र समेट्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका लागि योजना योजना खरिद गर्न सकिन्छ ।

यस योजनाको न्यूनत्तम अवधि ५ वर्ष र अधिकत्तम अवधि १५ वर्षसम्मको हुन्छ भने अधिकत्तम अवधि भुक्तानी उमेर १६ वर्ष हुन्छ । त्यस्तै, १ लाखदेखि प्रस्तावकको आयस्रोत र विमित÷प्रस्तावकको स्वास्थ्य परिक्षणको आधारमा अधिकत्तम बिमांक रकम कायम गर्न सकिन्छ । तर, २० लाखभन्दा बढी रकमको बिमा गर्दा प्रस्तावकको समेत कम्तिमा समान रकमको बिमा अनिवार्य रूपमा गर्नुपर्छ ।
यस बिमालेखअन्तर्गत बिमितको उमेर ७ वर्ष वा दुई वर्षको बिमाशुल्क भुक्तानी गरिएपछि मात्रै जोखिम बहन शुरु हुन्छ । जोखिम बहन नहुँदै विमितको मृत्यु भएमा प्रथम बिमाशुल्क बाहेकको बिमाशुल्क रकम फिर्ता गरिन्छ ।
जसमा अतिरिक्त शुल्क लिइएको भए सो रकम फिर्ता हुँदैन । यस बिमालेखअन्तर्गत बिमा प्रस्ताव गर्दा प्रस्तावक बिमितको बाबु÷आमा नै हुनुपर्छ । बिमाशुल्क भुक्तानी गर्ने दायित्व बाबु÷आमाको हुन्छ । बिमालेख प्रारम्भ भएको २ वर्षपछि विमित÷प्रस्तावकले चाहेमा समर्पण मूल्यको ९० प्रतिशतसम्म रकम बिमालेख धितो राखी कर्जा लिन सकिन्छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)
बाल सावधिक जीवन बिमा
लाइफ इन्स्योरेन्स कर्पोरेसनले बाल सावधिक जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा एक वर्षदेखि १० वर्षसम्मका बालबालिका सहभागी हुन सक्छन् । बिमा न्यूनतम २० देखि अधिकतम ४५ वर्षमा परिपक्क हुन्छ । बिमा अवधि १५ वर्षदेखि ३५ वर्षसम्मको हुन्छ । न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्मको बिमा गर्न सकिन्छ । बिमा गरिएको दुई वर्षपछि ऋणसमेत लिन सकिन्छ ।

बिमा प्रारम्भ भएको दुई वर्षपश्चात् र ५ वर्ष उमेर पुगेपछिको मिति जुन घट्ना पछिल्लो घट्छ सोही बिमालेख वर्ष दिवसबाट जोखिम सुरु हुन्छ । बिमा अवधि समाप्त भएपछि पूर्ण अवधिको आर्जित बोनसका साथ बिमांक रकम एकमुष्ट भुक्तानी हुन्छ । यदि बिमितको जोखिम प्रारम्भ पूर्व नै मृत्यु हुन गएमा बिमकलाई प्राप्त सबै प्रिमियम रकम फिर्ता हुन्छ र बिमालेखलाई रद्द गरिन्छ ।
यदि विमितको जोखिम प्रारम्भपश्चात् अथवा परिपक्कवता हुने अवधि अघि नै मृत्यु हुन गएमा आर्जित बोनससहित बिमांक रकम एकमुष्ट भुक्तान हुन्छ । यस योजनाअन्तर्गत ५० वर्ष उमेरसम्मको प्रस्तावकले अतिरिक्त प्रिमियम शुल्क भुक्तान गरी बिमाशुल्क मिनाहा लाभ लिन सक्छन् । यस्तो लाभ बापत कदमकदाचित प्रस्तावकको मृत्यु हुन गएमा सो मिति पछिको बिमाशुल्क भुक्तानी गर्नुपर्दैन ।
नेपाल लाइफ इन्स्योरेन्स
केटाकेटी जीवन बिमा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिको लागि केटाकेटी जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । भर्खर जन्मेको बालबालिकादेखि ११ वर्षसम्मका लागि यो बिमा गर्न सकिन्छ । तर, बालबालिका ७ वर्ष पुगेपछि मात्रै जोखिम सुरु हुन्छ ।

यदि बिमा गर्दा बालबालिका ७ वर्ष पुगेसकेको भए जोखिम १० वर्ष पुगेपछि सुरु हुन्छ । बिमा कम्तीमा पनि १ लाख र बढीमा ५० लाखसम्मको गर्न सकिन्छ । बिमित १९ वर्ष पुगेपछि बिमा परिपक्क हुन्छ । यस योजनामा कर्जा र दुर्घटना लाभ भने उपलब्ध छैन । बिमाशुल्क वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा पनि भुक्तानी गर्न सकिन्छ ।
सूर्या लाइफ इन्स्योरेन्स
सूर्या संरक्षित बाल योजना
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका लागि सूर्या संरक्षित (सावधिक) जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । भर्खर जन्मेको बच्चादेखि १५ वर्षसमम्मको बच्चाको बिमा गर्न सकिन्छ । तर, बिमितको उमेर ६ वर्ष पुगेमा वा बिमा प्रारम्भ मितिबाट २ वर्षको बिमा शुल्क भुक्तानी गरी अवधि पूरा भएको अवस्थामा जुन घटनापछि घट्छ सो अवधिदेखि जोखिम प्रारम्भ हुन्छ ।

यदि केटाकेटीको प्रवेश उमेर १५ वर्ष (नजिकको जन्मदिन) भएमा बिमा प्रारम्भ भएको १ वर्षपछि देखि नै जोखिम बहन गरिन्छ । बिमा अवधि न्यूनतम १० देखि ३० वर्षसम्मको हुन्छ । न्यूनतम परिपक्कवता उमेर १६ र अधिकत्तम ३० सम्मको हुन्छ । कम्तीमा ५० हजार र धेरैमा २० लाखसम्मको बिमा गर्न सकिन्छ ।
बिमा अवधि समाप्त भएपछि बिमांक रकम र आर्जित बोनस प्राप्त गर्न सकिन्छ । यदि बिमा जोखिम प्रारम्भ मितिभन्दा अगाडि बिमितको मृत्यु भएमा अतिरिक्त सुविधाका लागि तिरेको शुल्क बाहेक बाँकी सम्पूर्ण बिमाशुल्क बिना बोनस प्रस्तावक र कानुनी संरक्षकलाई भुक्तानी गरिन्छ । तर, यस बिमायोजना कर्जा सुविधा भने उपलब्ध छैन ।
यसका साथै कम्पनीले सूर्या बालधन (अग्रिम भुक्तानी) जीवन बिमा योजनासमेत सञ्चालनमा ल्याएको छ । यो योजनाअनुसार कम्पनीले बिमितको कम्तीमा पनि १६ वर्षको उमेरमा पहिला किस्ता भुक्तानी गर्छ । अधिकत्तम उमेर परिपक्कवता ३० वर्षको हुन्छ । कम्तीमा ५० हजार र धेरैमा २० लाखसम्मको यो बिमा गर्न सकिनेछ ।
एसियन लाइफ इन्स्योरेन्स
बाल उमंग (सावधिक) जीवन बिमा
भर्खर जन्मेको बच्चादेखि १० वर्षसम्मको बच्चाका लागि यो बिमा योजना खरिद गर्न सकिन्छ । तर, बिमा सुरु भएको दुई वर्षपछि वा विमित बच्चाको उमेर ६ वर्ष पूरा भएको मितिमध्ये जुन घटनापछि घट्छ सो मितिदेखि बिमालेखअन्तर्गत जोखिम प्रारम्भ हुन्छ । ५० हजार देखि १० लाखसम्मको बिमा गर्न सकिन्छ । १८ वर्ष पुगेपछि बिमा योजना समाप्त हुन्छ । कम्पनीका अनुसार बिमांक रकमको आधारमा र बिमाशुल्क भुक्तानी गर्ने तरिकको आधारमा बिमाशुल्कमा छुटसमेत पाउने सकिन्छ ।

बिमा अवधि समाप्ति पछि बिमांक रकम र बिमा प्रारम्भ मिति देखि आर्जित बोनस एकमुष्ट भुक्तानी गरिन्छ । बिमा जोखिम प्रारम्भ भएपछि विमितको मृत्यु भएमा बिमांक रकम र बिमा प्रारम्भ मितिदेखि आर्जित बोनस एकमुष्ठ भुक्तानी गरिन्छ । बिमालेखमा जोखिम प्रारम्भ हुनु अगाडि विमितको मृत्यू भएमा ऐच्छिक सुविधाका लागि तिरेको शुल्क बाहेक अन्य सम्पूर्ण बिमाशुल्क प्रस्तावक÷कानूनी संरक्षकलाई एकमुष्ट फिर्ता गरिन्छ । यस योजना अन्र्तगत अतिरिक्त रकम थप गरि बिमाशुल्क छुट सुविधा र मासिक शैक्षिक सुविधासमेत लिन सकिन्छ ।
बाल भविष्य (सावधिक) जीवन बिमा योजना
भर्खर जन्मेको देखि १५ वर्षसम्मको बच्चाको लागी यो योजना खरिद गर्न सकिन्छ । तर, बिमा प्रारम्भ भएको दुई वर्ष पछि वा विमित बच्चाको उमेर ६ वर्ष पूरा भएको मध्ये जुन घटना पछि घट्छ सो मिति देखि बिमालेखअन्तर्गत जोखिम प्रारम्भ हुनेछ ।

प्रवेश उमेरको आधारमा १५ वर्ष भएको बिमितको हकमा बिमा प्रारम्भ मितिले १ वर्ष पछि मात्र जोखिम प्रारम्भ हुनेछ । यस योजनाको न्यूनतम बिमांक रकम ५० हजारको हुनेछ भने अधिकतम २० लाखसम्मको गर्न सकिन्छ । यदि ५० हजारभन्दा तलको बिमा गर्न चाहेमा बिमांकमा प्रतिहजार २ रुपैयाँ प्रतिवर्ष थप गर्नुपर्छ । बिमा अवधि कम्तीमा १० र धेरैमा ३० वर्षको हुन्छ ।
बिमा समाप्त अवधिसम्म विमित जिवित रहेमा बिमालेखको शर्तहरूको अधिनमा रही उक्त मितिमा बिमांक रकम र नियमानुसारको बोनश एकमुष्ट भुक्तानी गरिन्छ । जोखिम प्रारम्भ हुनु अगाडि बिमितको मृत्यु भएमा ऐच्छिक सुविधाका लागि तिरेको शुल्क बाहेक अन्य सम्पूर्ण बिमाशुल्क प्रस्तावक÷कानुनी संरक्षकलाई एकमुष्ट फिर्ता गरिन्छ । जोखिम प्रारम्भ भएपछि बिमा अवधिभित्र बिमितको मृत्यु भएमा बिमालेखको शर्तहरूको अधिनमा रही बिमांक रकम र नियमानुसारको बोनश एकमुष्ट भुक्तानी गरिन्छ ।
नेसनल लाइफ इन्स्योरेन्स
बाल अमृत सावधिक जीवन बिमा
भर्खर जन्मेको बच्चादेखि १५ वर्षसम्मको बच्चाका लागि यो बिमा गर्न सकिन्छ । तर, बिमा गरेको दुई वर्षपछि वा बिमितको ६ वर्ष उमेर पुगेपछि जोखिम प्रारम्भ हुनेछ । यो योजना कर्जा पाउन सकिनेछ । बिमाशुल्क वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा भुक्तानी गर्न सकिनेछ । बिमा अवधि थोरैमा ११ र धेरैमा २० वर्षसम्मको हुनेछ । कम्तीमा ५० हजार र धेरैमा २५ लाखसम्मको बिमा गर्न सकिनेछ । कम्पनीले बाल शिक्षा तथा विवाह सावधिक योजना, बाल भाग्योदया योजना पनि सञ्चालनमा ल्याएको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स
उच्च शिक्षा जीवन बिमा योजना
रिलायबल उच्च शिक्षा योजना बिमा योजना सञ्चालनमा ल्याएको छ । अभिावकले आफ्नो बालबालिको सुनिश्चित भविष्य तथा उच्च शिक्षका लागि यो योजना खरिद गर्न सक्छन् । यस जीवन बिमा योजना खरिद गर्न अधिकतम १५ वर्षसम्म उमेर भएका बालबालिकको लागि उपयोगी हुन्छ । चालू आवका लागि यस कम्पनीले बोनस दर ५० रुपैयाँ प्रस्ताव गरेको छ ।

भर्खर जम्मेको बालबालिका देखि १५ वर्षसम्मका लागि यो योजना खरिद गर्न सकिन्छ । तर, जोखिम बिमा सुरु भएको दुई वर्षपछि वा विमितको उमेर ६ वर्ष पुगेपछि मात्रै सुरु हुनेछ । बिमा रकम कम्तीमा ५० हजार र अधिकतम प्रस्तावको आयमा आधारित हुन्छ । अधिकतम बिमा अवधि २५ वर्ष र अधिकत्तम बिमा समाप्ति उमेर २५ वर्षको हुुन्छ ।
यस योजनामा विमा अवधि सकिएपछि बिमित जीवित रहेमा बिमांक रकम र बोनस एकमुष्ट फिर्ता गरिन्छ । जोखिम सुरु हुनु अघि नै विमितको मृत्यु भएमा ऐच्छिक सुविधाको लागि भुक्तानी गरेको शुल्कबाहेक अन्य सम्पूर्ण रकम प्रस्तावकलाई फर्ता गरिन्छ । बिमाशुल्कमा केही रकम थप गरी बिमाशुल्क छुट र मासिक आय सुविधा पनि लिन सकिन्छ ।
http://www.karobardaily.com/news/83072
No comments:
Post a Comment