Sunday, October 29, 2017

डा. दामोदर बसौंला

बालबालिको बिमा योजना किन आवश्यक छ ?
आजको २१ औैं शताब्दीको बिमालाई गाँस, बाँस र कपासपछिको चौथो आवश्यकताका रूपमा लिइन्छ । बिमा नियमित तथा सुरक्षित बचतका लागि र मानवको जीवनमा आउन सक्ने अनिश्चित आर्थिक जोखिमलाई न्यूनीकरण गर्न वा जोखिम सुरक्षाका लागि गरिन्छ ।
बच्चा, वयश्क तथा ६० वर्ष उमेरभित्रका व्यक्तिहरूले जीवन बिमा गर्न सक्छन् । जीवन बिमा योजना विशेषः सबैको निम्ति अति आवश्यक छ । जोखिम सुरक्षाको दृष्किोणबाट हेर्ने हो भने एउटा परिवारको आर्थिक दायत्व बहन गर्नुपर्ने व्यक्तिलाई जीवन बिमाको आवश्यकता अन्यको तुलनामा बढी हुन्छ । बालबालिको बिमा जोखिम सुरक्षाको दृष्टिकाणले भन्दा पनि बचतको दृष्टिकोणबाट गरिन्छ ।
आफना बाल बच्चाहरूको शिक्षादीक्षा तथा विवाहको निमित निश्चित रकम खर्च गर्नु प्रत्येक बाबु आमाको कर्तव्य तथा दायित्व हुन्छ । त्यसैले भविष्यमा उच्च शिक्षा तथा विवाहको निम्ति एकै पटक एक मुस्ट ठूलो धनराशि निकाल्न जो कोहीलाई पनि कठिन कुरा हुनसक्छ । त्यसका लागि बालबालिकाको नाममा बालजीवन बिमा गर्न  सकिन्छ । बालबालिकाको बिमा अभिभावकको जोखिम सुरक्षा दिएर अथवा नलिएर गर्न सकिन्छ ।

मिनहा लाभसहित वा रहित पनि गर्न सकिन्छ । अभिभावकको  जोखिम  सुरक्षा लिएर (मिनहा लाभ सहितको) बच्चा बिमा गर्नु राम्रो हुन्छ । भष्वियको निम्ति बालबालिकाको नाममा सुरक्षित बचत गर्न, बालबालिकाको उच्च शिक्षा विवाह, साथै अन्य सामाजिक साँस्कृतिक तथा धार्मिक कर्मका लागि निश्चित आर्थिक कोषको निर्माण गर्नका लागि बालबालिकाहरूको बिमा योजना आवश्यक छ । 
संकल्प नगरी कुनै पनि योजना बन्दैन । आम अभिभावकहरू जो कोही पनि यस्तो छैनन् जसले आफ्ना बालबालिकालाई राम्रो शिक्षा दिने, डक्टर, इन्जिनियर र पाइलट साथै उच्च कोटीको जनशक्ति बनाउने चाहना नराखोस् यसैले त्यो चाहना पूरा गर्ने योजना आजको समयमा बाल शिक्षा बिमा योजना हो । जसमा बच्चाको जन्म र उमेर वृद्धिसँगै बिमा योजना पनि चलि रहने हुन्छ । र, उसको वयश्क अवस्था सुरुसँगै बिमा अवधि समाप्ति हुन्छ । फलस्वरूप अभिभावक भविष्यमा बिना ऋण र बिना आर्थिक भार आफ्नो बच्चालाई उच्च शिक्षा दिलाउन सक्षम हुन्छ । 
बालबालिकाका लागि कुन योजना खरिद गर्नु उचित हुन्छ ? नेपालमा हालसम्म सञ्चालन जीवन बिमा कम्पनीहरूमा बाल जीवन बिमा  योजनाहरू छन् । र, विभिन्न कम्पनीहरूले विभिन्न नाम राखी बाल जीवन बिमा योजना विक्री गरी छन् । जन्मेदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूका लागि बाल जीवन बिमा गर्न गरिन्छ । एकमुस्ट भुक्तानी गर्ने गरी र किस्ताबन्दी भुक्तानी गर्ने गरी निश्चित समय अवधि रोजेर बाल बिमा गर्न सकिन्छ ।
विभिन्न जीवन बिमा कम्पनीहरूमा बाल जीवन बिमालाई विभिन्न योजनाको नामले चिनिन्छ । कुनै कम्पनीका बाल सावधिक, बाल ममता, बाल स्नेह, बाल उमंग, जीवन विद्या बिमा योजना छ भने कुनै कम्पनीमा बाल अमृत, बाल भविष्य, बाल सावधिक धन फिर्ता, केटाकेटी जीवन बिमा इत्यादि । योजनाको नाम जेसुकै भए पनि प्रायः सबै कम्पनीहरूको बाल जीवन बिमा उस्तै हुन्छ । 
कुनै योजनामा समयमा समाप्तिपश्चात् एकमुष्ट भुक्तानी (बिमांक र बोनस) पाउने हुन्छ भने कुनै योजनामा निश्चित समयको अन्तरमा निश्चित रकम पटक–पटक भुक्तानी  पाउने खालको हुन्छ । जहाँसम्म कुन योजना उपयुक्त हुन्छ भनेर भन्नुपर्दा यो बिमा सुरु  गर्दाको बच्चाको उमेरमा भर पर्छ । कुनै उमेरको लागि पटक–पटक रुकम फिर्ता हुने योजना उपयुक्त हुन्छ भने कुनै उमेरका लागि एक मुस्ट समय समाप्तिमा भुक्तानी  पाउने योजना उपयुक्त हुन्छ ।
समान्यतया बालजीवन बिमा अभिभावकले बच्चाको उच्च शिक्षा तथा विवाह कार्यमा सहयोग होस् भनेर गरिने हुँदा निश्चित समय अन्तरमा पटक–पटक भुक्तानी प्राप्त हुने खालको योजना (धनफिर्ता) उपयुक्त हुन्छ जस्तो लाग्छ । किनभने सामान्यतया हाम्रो परिवेशमा उच्च शिक्षाको सुरुवात १६ वर्षको उमेरबाट हुने हुनाले एसएलसी, प्लस टु, ग्रयाजुएसेन गर्दाको समयमा पटक–पटक बिमा रकम भुक्तानी पाउँदा बच्चाहरूको उच्च शिक्षामा खर्च गर्न अभिभावकहरूलाई सजिलो हुन्छ ।
बाल अवस्था र वयश्कमा बिमा गर्दा के फरक हुन्छ ?
वयश्क अवस्था र बाल अवस्था बिमा गर्दा सामान्यतया बिमा शुल्कमा थोरै फरक पर्छ । बच्चाहरूको बिमा जोखिम सुरक्षाको निम्ति नभई सुरक्षित बचतका लागि गरिन्छ । जुन बचत भविष्यमा बच्चाको शिक्षादीक्षा, विवाह र अन्य कार्यमा खर्च गर्न सजिलो होला भन्ने उद्देश्य राखेर गरिन्छ । र, यस्तो बिमा गर्दा अभिभावक प्रस्तावक भएर गर्ने गरिन्छ ।
वयश्क अवस्थामा बिमा गर्दा सुरक्षित बचत मात्र नभई जोखिम सुरक्षाको समेत कुरा आउँछ । वयश्क अवस्था भइसकेपछि सो व्यक्तिको परिवार प्रतिको आर्थिक जिम्मेवारी र दायित्व सुरु हुन्छ । त्यसैले उसले भरपर्दो सुरक्षित लगानी निम्ति, भविष्यका लागि नियमित निम्ति मात्र नभई परिवारप्रति आर्थिक जोखिम सुरक्षाको निम्ति जीवन बिमा  गर्छ । वयश्क व्यक्तिले बिमा गर्दा उ आफैं प्रस्तावक र बिमित दुवै एउटै हुन्छ । तर, बाल बिमा गर्दा प्रस्तावक अभिभाव (बाबु वा आमा) हुन्छ भने बिमित बच्चा हुन्छ । 
मानिसको मृत्युपछि उसको परिवारमा दुई प्रकृतिको पीडा हुन्छ । पहिलो भौतिक अर्थात् शरीरगत चिन्ता पीडा दोस्रो उ (मृतक) यदि परिवारको आर्थिक व्यवस्थापकीय भूमिका निर्वाह गर्ने व्यक्ति थियो भने आर्थिक चिन्ता वा पीडा । यसरी हेर्दा मृतक यदि बच्चा भएमा परिवारमा शरीर गत अर्थात् भौतिक पीडा मात्रै हुन्छ ।
आर्थिक व्यवस्थापकीय पीडा हुँदैन । तर, त्यही मृत्यु अभिभावक वा परिवारको आर्थिक व्यवस्थापन गर्ने व्यक्ति भएमा भौतिक तथा आर्थिक दुवै पीडा परिवारमा हुन्छ । अब त्यसमा पनि आर्थिक व्यवस्थापकीय चिन्ता दीर्घकालीन तथा दुरगामी प्रभाव पार्ने खालको भएको हुनाले वयश्कको बिमा गर्नु बच्चाको भन्दा बढी व्यावहारिक हुन्छ । 
http://www.karobardaily.com/news/83073
 

No comments:

Post a Comment