Thursday, November 2, 2017

एक प्रतिशत घरधुरीमा पुग्यो स्वास्थ्य बिमा

मुना कुँवर
काठमाडौ, १६ कार्तिक 

५० हजार ९२१ घरधुरी समेटिए स्वास्थ्य बिमामा
२ लाख २८ हजार ११३ जना व्यक्तिमा पुग्यो बिमा 

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम करिब १ प्रतिशत घरधुरीमा पुगेको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांक अनुसार विगत दुई बर्षको अवधिमा नेपालका ५० हजार ९२१ घरधुरी बिमा कार्यक्रममा सहभागी भएका छन् । 
राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको कुल घरधुरी ५४ लाख २७ हजार ३०२ रहेका छन् । सो आधारमा शून्य दशमलव ९४ प्रतिशत घरधुरी कार्यक्रममा सहभागी भएको समितिले बताएको छ । आगामी दुई बर्ष भित्र नेपाल सबै नागरिकलाई कार्यक्रममा समेटिने सरकारको लक्ष्य रहेको छ । 
तथ्यांक अनुसार पाल्पा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम व्यापक रहेको पाईएको छ । उक्त जिल्लामा १५ दशमलव १२ प्रतिशत घरधुरी समेटिएका छन् । कुल ५९ हजार २९१ घरधुरी रहेको उक्त जिल्लामा ८ हजार ९३३ घरधुरी बिमामा सहभागी भएका छन् । त्यस्तै, जुम्लामा ७ दशमलव ९७ र कास्कीमा ७ दशमलव ३० प्रतिशत घुरधुरी बिमा कार्यक्रममा सहभागी भएका छन् । 
तर, अछाम, बैतडी, जाजरकोट र कैलालीका थोरै घरधुरी मात्रै  बिमा कार्यक्रममा समेटिएका छन् ।  अछाममा शून्य दशमलव ७२, कैलालीका १ दशमलव शून्य ९, बैतडीका १ दशमलव ४३ र जाजरकोटका २ दशमलव शून्य ६ प्रतिशत घरधुरी मात्रै बिमा कार्यक्रममा सहभागी भएका छन् । 
जनसंख्याको आधारमा हेर्ने हो भने नेपालको कुल जनसंख्यामध्ये शून्य दशमलव ८६ प्रतिशत मानिस बिमा कार्यक्रममा सहभागी भएका छन् । दुई बर्षको अवधिमा करिब २ लाख २८ हजार ११३ जना व्यक्ति बिमामा आबद्ध भएका छन् । 
२०७२ साल चैत्र २५ गते देखि कैलालीबाट शुरुवात भएको स्वास्थ्य बिमा कार्यक्रम २०७३ साल असार १५ गते देखि  बाग्लुङ्ग र इलाममा पनि विस्तार गरिएको थियो । त्यस्तै, २०७३ पुस देखि अछाम, बैतडी, कास्की, पाल्पा र म्याग्दी जिल्लामा पनि समितिले बिमा कार्यक्रमलाई विस्तार गरेको थियो । २०७४ असार महिनामा भक्तपुर, गोर्खा, तनँहु, चितवन, जुम्ला, जाजरकोट र मकवानपुर कार्यक्रम विस्तार गरिएको थियो भने असोज महिनामा झापा, सुनसरी, सोलु, बर्दिया, रोल्पा, सुर्खेत, सिन्धुली पनि कार्यक्रम विस्तार गरिएको थियो । चालु आवका लागी १४ जिल्ला छनौट भएका छन् । 
त्यस्तै, सरकारले हालै स्वास्थ्य बिमा ऐन पनि जारी गरेको छ । ऐनले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागी छुट्टै बोर्डको समेत व्यवस्था गरेको छ । बोर्डको गठन पछि स्वास्थ्य बिमा कार्यक्रम तिव्र गतिमा अगाडी बढ्ने समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले बताए । 

आव २०६९÷७० को बजेट भाषण मार्फत सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । उक्त आवमा कार्यक्रम अगाडी बढाउने कार्य शून्य रहे पनि आव २०७०÷७१ को बजेटमा सरकारले पुन ः स्वास्थ्य बिमा नीति जारी गरी षाँच बर्ष भित्र देशभर स्वास्थ्य बिमा कार्यक्रम पु¥याउने योजना प्रस्तुत गरेको थियो । उक्त आवमा कार्यक्रम शुरु नभए पनि स्वास्थ्य बिमा नीति भने जारी गरिएको थियो । 

No comments:

Post a Comment