Friday, November 3, 2017

पुर्नबिमा दलालको व्यवस्था गर्दै समिति

मुना कुँवर
काठमाडौ, १७ कार्तिक 
अन्तत् बिमा समितिले पुर्नबिमा दलाललाई लाईसेन्स वितरण गर्ने भएको छ । पुर्नबिमा दलालको बिषयमा लामो समय देखि मौन बसेकोे समितिले हाल आएर दलालको आवश्यकताको महशुस गरेको छ । फलस्वरुप समितिले पुर्नबिमा दलाल सम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको हो । 
पुर्नबिमा दलाल भनेको विमा कम्पनी र पूर्नबिमा कम्पनी बिच काम गर्ने कम्पनी हो । यसले दुई पक्ष बिच पुलको काम गर्छ । यस्तो कम्पनीले पुर्नबिमा कम्पनी तथा बिमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्छ । यस्ता दलाल कम्पनीले बिमा कम्पनीहरुलाई पुर्नबिमा सम्बन्धी सल्लाह र सुझाव पनि उपलब्ध गराउँने हुँदा अधिकांश बिमा कम्पनीहरुले दलाल मार्फत नै पुर्नबिमा गराउँछन् । साथै पुर्नबिमा कम्पनीहरुले पनि दलाल मार्फत नै पुर्नबिमा गर्न रुचाउँछन् । 

दलाल कम्पनीहरु प्राविधिक रुपमा दक्ष हुन्छन् । त्यसैले पुर्नबिमा प्रक्रियामा दलालको ठूलो महत्व रहन्छ । नेपालमा भने हालसम्म यस्तो खालको दलालको व्यवस्था गरिएको छैन । तर, पछिल्लो समय विदेशी दलाल कम्पनीहरुले नेपाली बिमा कम्पनीहरुको पुर्नबिमा नेपाल कै पुर्नबिमा कम्पनीसँग गराउँन थालेपछि समितिको ध्यान आकर्षित भएको हो । साथै नेपालको पुर्नबिमा व्यवसायलाई अन्तराष्ट्रिय बजारमा पु¥याउन दलालको व्यवस्था गर्न जरुरी रहेको समेत समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए । “नेपालमा नै दलालको व्यवस्था भयो भने उनीहरुले नेपाली पुर्नबिमा कम्पनीको विदेशमा बजारीकरण गर्छन् र व्यवसाय भित्राउँछन्,” उनले भने । 
नेपालमा दर्ता भएर पुर्नबिमा दलालको रुपमा काम गर्न यस अघि नै धेरै कम्पनीहरुले चासो देखाएका थिए । आज भन्दा करिब सात बर्ष अगाडी भारतीय पुर्नबिमा कम्पनी जेवि बोडाले पुर्नबिमा दलालको लागि समितिमा आवेदन समेत दिएको थियो । तर, तत्काल नेपालमा पुर्नबिमा कम्पनी नै नभएकाले समिति निश्क्रिय रहेको बिमा बिज्ञ भोजराज शर्माले बताए । तर, हाल नेपालमा पुर्नबिमा कम्पनी स्थापना भै सकेको र पुर्नबिमा निर्देशिकाले पनि यस सम्बन्धी व्यवस्था गरेकाले समितिले पुर्नबिमा दलाल सम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको बिमा विज्ञ भोजराज शर्माले बताए । 
बिमा ऐन २०४९ को धारा ३० मा दलाल दर्ता सम्बन्धी व्यवस्था गरिएको छ । ऐन अनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गर्दा इजाजत पत्र दिनसक्नेछ । त्यस्तै, समितिले पुनर्बिमा व्यवसाय सम्बन्धि निर्देशिका जारी गर्दै दलाल मार्फत पुर्नबिमा गर्न सकिने व्यवस्था गरेको छ । बिमामा धेरै प्रकारका दलाल हुन्छन् । पुर्नबिमा निर्देशिका पनि जारी भै सकेकोले तत्कालका लागि समितिले पुर्नबिमा दलालको व्यवस्था गर्ने तयारी गरेको हो । 
हाल नेपालका अधिकांश बिमा कम्पनीहरुले भारतीय पुर्नबिमा दलाल मार्फत पुर्नबिमा गराउँदै आएका छन् । तर, नेपालमा नै ब्रोकरको व्यवस्था सकियो भने नेपालको बिमा बजार अझ बढी परिपक्क बन्ने समितिका सहायक निर्देशक राजेन्द्र मर्हजनले बताए । त्यस्तै दलाल कमिशन बापत बाहिरिने रकम पनि रोकिनेछ । 
नेपाली कम्पनीहरुले जेवि बोडा (भारत), पाईनियर इन्स्योरेन्स ब्रोकर (भारत), फ्रस्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतिय दलाल मार्फत पनि पुनर्बिमा गर्दै आएका छन् । त्यस्तै, नेपालका निर्जीवन बिमा कम्पनीहरुले स्वीस रि (स्वीजरल्याण्ड), जेवि बोडा पुर्नबिमा कम्पनी (भारत), जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआईसी) (भारत), ह्यानओभर रि (जर्मन), ट्रस्ट रि (बहराईन), वाईका रि वेस्ट अफ्रिकन (सियरा लियोन), लोयड लण्डन, केन्या रि, केन्या, भुटान रि (भुटान) लगायतका कम्पनीहरुसँग पुनर्बिमा गर्दै आएका छन् । 

No comments:

Post a Comment