Sunday, April 23, 2017

समुदायिमा आधारित स्वास्थ्य बिमा

मुना कुँवर
काठमाडौंः भनिन्छ, एउटा लठ्ठीलाई सजिलै भाँच्न सकिन्छ । तर, धेरै लठ्ठीलाई एकै ठाउँमा राख्दा भाँच्न गा¥हो हुन्छ । अर्थात् समूहमा बल हुन्छ । सामूहिक रूपमा काम गर्दा सफल हुन सकिन्छ ।
यो उदाहरण कल्लेरी धादिङकी शान्ता कार्की खड्काको हो । उनी मानिसहरूलाई यही उदाहरण दिँदै स्वास्थ्य बिमाका लागि सदस्य बन्न प्रोत्साहन गर्छिन् । 
डेभलपमेन्ट प्रोजेक्ट सर्भिस सेन्टर (डिप्रोक्स) नेपालद्वारा धादिङमा सञ्चालित सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोषकी अध्यक्ष खड्काले आफ्नो परिवारका ७ जनाको स्वास्थ्य बिमा गराएकी छिन् ।
उनलाई लाग्छ बिमा मानिसका लागि अति आवश्यक छ । त्यसैले उनी अन्य मानिसलाई पनि बिमा गर्न प्रेरित गर्छिन् । कोषमा आबद्ध भएपछि सबैभन्दा पहिले उनले आप्mनै परिवारको बिमा गराएको उनले बताइन् । “अरूलाई बिमा गर भन्न जाँदा आपूmले पनि गरेको हुनु प-यो नि ।
त्यसैले मैले मेरो ५ जना छोरा छोरी, श्रीमान् र मेरो पनि बिमा गराए,” उनले भनिन् । तर, कोषले सञ्चालन गरेको स्वास्य सुरक्षा अर्थात् बिमा कार्यक्रममा उनकै श्रीमान्को समेत विश्वास थिएन । उनी भनिन्छन्, “श्रीमान् नभएको बेला मैले आप्mनै पैसाले बिमाशुल्क भुक्तानी गरे ।”  

श्रीमान्को स्वीकृति बिना बिमा गरे पनि उनलाई विश्वास भने थियो ।
संयोगवश बिमा गरेको केही महिनामा नै उनको छोरा बिरामी परे । उपचारका लागि उनले गजुरी हस्पिटल पु-याइन् । छोरालाई हस्पिटलमा नै भर्ना गर्नुपर्ने भयो । उपचारमा करिब ४/५ हजार खर्च भयो । तर, उपचार पछि उनले कोषबाट उपचारबापत ४ हजार र आउँदा जाँदाको गाडी खर्च ६० रुपैयाँ पाइन् । त्यसपछि भने उनका श्रीमान्ले बिमाको विरुद्ध केही बोलेनन् ।
आज पनि प्रत्येक वर्ष उनी आप्mना परिवारको स्वास्थ्य बिमा गराउँछिन् र, अरूलाई पनि बिमा गर्न सल्लाह दिन्छिन् । कोषले सन् २०११ देखि धादिङमा स्वास्थ्य सुरक्षाको नाममा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । समुदायमा नै आधारित यो कार्यक्रमले स्थानीयवासीमा बिमासम्बन्धी चेतना जगाएको छ ।
पहिलो वर्ष जम्मा ९ सय ८ जना व्यक्ति मात्रै कोषबाट सञ्चालित बिमा कार्यक्रममा सहभागी भएका थिए । अहिले भने धादिङको १५ जिल्लाका ६ हजार २ सय १९ जना व्यक्ति कार्यक्रममा सहभागी भएको कोषकी अध्यक्ष खड्काले बताइन् । स्थानीयवासीमा बिमासम्बन्धी उत्सुकता बढेको समेत उनले बताइन् । 
सुरुवाती अवस्थामा भने बिमासम्बन्धी बुझाउन धेरै कठिन भएको उनी बताउँछिन् । कोषले विभिन्न किसिमका नाटक, गीत, पोस्टर, पम्लेटका माध्यमबाट कार्यक्रम बारेमा जानकारी दिन्थे । घरदैलो कार्यक्रम पनि गर्थे । प्रत्येकको घर–घरमा पुगेर कार्यक्रमको सुविधाबारे बताउँथे । तर, त्यतिबेला मानिसहरू बिमा भनेपछि भाग्ने गरेको उनी बताउँछनी् ।
“हामीलाई टाढैबाट देखे भने पनि भरी ग्रांगीको पानी खनाएर महिलाहरू पँधेरो जान्थे अनि हामी उनीहरूको घरबाट निस्केपछि मात्रै घर आउँथे,” उनले भनिन् । तर, अहिले मानिसहरूको बुभ्mने अवस्थामा भने फरक आएको उनको अनुभव छ । कतिपय व्यक्तिले त अहिले बाटो हिँड्दा पनि बिमा कार्यक्रमका बारेमा सोधपुछ गर्छन् । 
खड्कको मात्रै होइन बाँकेकी गौरी अधिकारीको पनि यस्तै अनुभव छ । उनी निर्धन संस्थाद्वारा सञ्चालित सञ्जीवनी सामुदायिक स्वास्थ्य सुरक्षा कोषकी सचिव हुन् । हालसम्म बाँकेका ६२ हजारभन्दा बढी व्यक्ति कोषद्वारा सञ्चालित कार्यक्रममा सहभागी भइसकेका छन् । त्यस्तै, यो वर्ष भने १२ हजार ५ सय ८१ सहभागी भएका छन् । 
सुरुवातमा भने कार्यक्रम सञ्चालन गर्न निक्कै गा-हो भएको उनले बताइन् । कार्यक्रमबारे जानकारी दिन जाँदा धेरैले तिरस्कार गरेको बताउँछिन् उनी । “नबुझेर मात्रै होइन बुझेर पनि नबुझे जस्तो गरे ।
म एउटा घरमा १० पटकसम्म गए । तर, पनि त्यो परिवार कार्यक्रममा सहभागी हुन चाहेन,” उनले भनिन् । मानिसहरूमा समस्या पैसा वा बुझाइको होइन । समस्या सोचको हो । यसलाई मानिसहरू झन्झटिलो र बोझीले मान्ने गरेको उनले बताइन् । 
सेभ द चिल्ड्रेन, माइक्रोइन्स्योरेन्स एकेडेमीको सहकार्यमा निर्धन र डिप्रोक्सले धादिङ र बाँकेमा समुदायमा आधारित लघुस्वास्थ्य सुरुक्षा कोष सञ्चालत गरेको छ । सन् २०१० बाट यसको संरचना तयार पार्ने काम भए पनि २०११ देखि भने कार्यक्रम नै सुरुवात भएको हो ।
निर्धन संस्थाको सहयोगमा बाँकेमा सञ्जीवनी र धादिङमा डिप्रोक्सको सहयोगमा सौभाग्य नामबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेको छ । बाँकेमा निर्धन बैंकका सदस्यहरूबाट बिमा कार्यक्रम सुरुवात गरिएको थियो भने धादिङ स्थानीयवासीबाट गरिएको हो । यो कार्यक्रम सञ्चालन गर्नका लागि समुदायबाट नै छनौट गरी कार्य समिति गठन गरिएको छ ।
यही समितिले नै सदस्य बनाउने, बिमाशुल्क संकलन गर्ने र दाबी भुक्तानी गर्ने काम गर्छन् । समुदायमा नै आधारित भएकाले यो कार्यक्रम प्रभावकारी रहेको डिप्रोक्स नेपालका प्रोजेक्ट म्यानेजर सिद्धि सिवाकोटी बताउँछन् । कार्यक्रमले स्थानीयवासीमा स्वास्थ्यसम्बन्धी चेतनासमेत जगाएको छ । “पहिला मानिसहरू बिरामी पर्दा धामीझाँक्रीको जान्थे । तर, अहिले अस्पताल जान थालेका छन्,” उनले भने ।  
सञ्जीवनीद्वारा बाँकेमा सञ्चालित कार्यक्रममा सहभागी हुन लागि अर्थात् बिमा सुविधा लिनका लागि प्रतिव्यक्ति ५ सय ४० रुपैयाँ भुक्तानी गर्नुपर्छ । तर, परिवारमा ४ जनाभन्दा बढी सदस्य भएको खण्डमा ४ सय ९० रुपैयाँ भुक्तानी गर्नुपर्छ ।
त्यस्तै, कोषले उपचार खर्च स्वरूप अस्पताल भर्ना भएबापत प्रतिघटना ३ हजार रुपैयाँसम्म भुक्तानी गर्छ भने वार्षिक ४० हजार रुपैयाँसम्म भुक्तानी हुन्छ । इमेजिंगबापत प्रतिघटना ७ सय  र वार्षिक ३ हजार ५ सय भुक्तानी गरिन्छ । त्यस्तै, ल्याबबापत प्रतिघटना ५ सय र वार्षिक ३ हजार रुपैयाँसम्म भुक्तानी हुन्छ । अर्थात् कुल वार्षिक ४६ हजार ५ सयसम्मको उपचार खर्च भुक्तानी गर्छ । 
कोषद्वारा सञ्चालित कार्यक्रममा हालसम्म बाँकेका २० हजार १ सय २४ घरधुरी सहभागी भइसकेका छन् भने यो वर्ष ३ हजार ५ सय ६० सहभागी भएका छन् । त्यस्तै, सहभागिबाट कोषले हालसम्म २ करोड ७२ लाख रुपैयाँ संकलन गरिसकेको छ भने यो वर्ष ६३ लाख ३७ हजार संकलन गरेको छ । कोषले हालसम्म दाबीबापत १ करोड ७४ लाख भुक्तानीसमेत गरिसकेको छ । 
सौभाग्यद्वारा सञ्चालित कार्यक्रममा बिमा सुविधा लिनको लागि प्रतिव्यक्ति ४ सय ५ रुपैयाँ भुक्तानी गर्नुपर्छ । परिवारमा ४ भन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ३ सय ६५ रुपैयाँ भुक्तानी गर्नुपर्छ ।
हाल कार्यक्रममा घादिङका १ हजार ५ सय ७४ घरधुरीका ६ हजार ४ सय ७४ व्यक्ति सहभागी भएका छन् । सुरुवाको वर्ष भने जम्मा ३ सय ३९ घरधुरीका ९ सय ८  जना सहभागी भएका थिए । कोष बिमाशुल्कबापत हाल २४ लाख संकलन गरेको छ । 
कोषको तथ्यांकअनुसार बिमा गर्नेको संख्या क्रमशः बढ्दै गएको छ । तर, कोषलाई भने भविष्यको चिन्ता छ । अहिले कोषको आकार सानो तर, भोलि ठूलो हुँदै जाँदा व्यवस्थापनमा समस्या उत्पन्न हुने सम्भावना पनि उत्तिकै छ । रकमको दुरुपयोग, महाविपत्तिको समयमा भुक्तानी गर्न कठिन, पुनर्बिमालगायतको सुनिश्चित यस कार्यक्रममा छैन ।
कानुनी मान्यता नहुँदा जोखिम अधिक छ । त्यसैले जतिसक्दो छिटो कोषलाई कानुनी दायरामा ल्याउनु पर्ने सञ्जीवनीका सचिव गौरी अधिकारी बताउँछिन् । तर, कोषको अस्तित्व भने रहनु पर्ने उनको तर्क छ । “घाम पानी नभनी हामी घर–घरमा पुगेर कोष सञ्चालन गरेका छौं । यसले समुदायका लागि राम्रो काम गरेको छ भने यो कसरी गैरकानुनी भयो,” उनले भनिन् ।  
नेपालमा सहकारी संस्था, गैरसरकारी संस्था, मजदुर संगठन, लघुवित्तलगायतका संस्था स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सरकारले पनि स्वास्थ्य बिमा कार्यक्रम लागि सन् २००३ मा नेपालका विभिन्न ६ स्थानमा अध्ययन गरेको थियो । त्यस्तै, नेपालको संविधान २०७२ ले पनि नागरिकको स्वास्थ्य उपचारको अधिकारलाई सुनिश्चित गरेको छ ।
गत वर्षदेखि स्वास्थ्य मन्त्रालयले सबै नेपालीको लागि स्वास्थ्य बिमा नीति अवलम्बन गरेको छ । सो अनुरूप सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नागरिक र समुदायको सुरक्षाका लागि स्वास्थ्य बिमा लाभदायिक भए पनि बिमा व्यावसायिक कम्पनीहरूले मात्रै यस्तो खालको बिमा सञ्चालन गर्न पाउने बिमा ऐनमा व्यवस्था गरिएको छ ।
त्यसैले विभिन्न निकायबाट सञ्चालित बिमा कार्यक्रम गैरकानुनी भएको बताउँछन् बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई । तर, बिमा कम्पनीहरू भने विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रमलाई समितिले विकल्प दिनुपर्ने बताउँछन् । 
http://www.karobardaily.com/news/76816
 

No comments:

Post a Comment