Monday, April 17, 2017

नयाँ बिमा कम्पनीलाई लाइसेन्स

मुना कुँवर 
काठमाडौंः बिमा समितिले नयाँ बिमा कम्पनीका लागि अनुमतिपत्र (लाइसेन्स) खुला गरेको छ । समितिको बिहिबार बसेको सञ्चालक समिति बैठकले नयाँ कम्पनीहरूलाई सञ्चालन अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि नै रजिष्ट्रार कार्यालयमा दर्ता भइ बसेका कम्पनीलाई मात्र लाइसेन्स वितरण गर्ने समितिले निर्णय गरेको छ । समितिले आइतबार नै कम्पनीहरूलाई पत्राचार गरी लाइसेन्सका लागि आह्वान गरेको छ । लाइसेन्सका लागि कम्पनीहरू अद्यावधिक भएर आउनुपर्ने समितिका उपनिर्देशक राजकुमार अर्यालले बताए ।
“समितिमा लाइसेन्सका लागि निवेदन दिएका कम्पनीहरू २०६४/२०६५ सालमा रजिष्ट्रार कार्यलयमा दर्ता भएका हुन् । तर, अहिले परिस्थिति परिवर्तन भएको छ । त्यसैले कम्पनीहरूले आपूmलाई अद्यावधिक गर्नुपर्नेछ,” उनले भने ।
समितिले तोकेको अहिलेको मापदण्ड पूरा गरी आउने कम्पनीलाई मात्र लाइसेन्स वितरण गरिने उनले बताए । यसका लागि समितिले कम्पनीलाई २१ दिनको अवधि दिएको छ । उक्त अवधिपछि आउने कम्पनीलाई भने समितिले मान्यता दिनेछैन । 

रजिष्ट्रार कार्यालयमा दर्ता भएर समितिमा निवेदन दिएका कम्पनीहरू ः 
जीवन बिमा कम्पनी                 निर्जीवन बिमा कम्पनी 
सिटिजन लाइफ इन्स्योरेन्स         सानिमा इन्स्योरेन्स 
स्टार लाइफ इन्स्योरेन्स             आईडियल जनरल इन्स्योरेन्स
सननेपाल लाइफ इन्स्योरेन्स        जनरल इन्स्योरेन्स 
सानिमा लाइफ इन्स्योरेन्स           अजोड इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्स          मनकामना इन्स्योरेन्स  
रिलायबल लाइफ इन्स्योरेन्स    
स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स     
आईएमई लाइफ इन्स्योरेन्स     
 स्रोत : बिमा समिति 
 
समितिका अनुसार रजिष्ट्रार कार्यालयबाट दर्ता भएका १३ वटा कम्पनी लाइसेन्सको पखाईमा छन् । जसमध्ये ८ वटा जीवन बिमा र ५ वटा निर्जीवन बिमा कम्पनी रहेका छन् । त्यस्तै, अन्य तीनवटा कम्पनीले पनि समितिमा नै कम्पनी सञ्चालनका लागि निवेदन दिएका छन् । तर, समितिले तत्काल पहिले नै दर्ता भइ बसेका कम्पनीलाई मात्र लाइसेन्स वितरण गर्ने निर्णय गरेको उपनिर्देशक अर्यालले बताए ।
नयाँ दर्ता हुने कम्पनीको हकमा भने समितिले छुट्टै अध्ययन समिति निर्माण गरेको छ । उक्त अध्ययन समितिले प्रस्तुत गरेको अन्तरिम प्रतिवेदनअनुसार तत्कालका लागि नयाँ दर्ता हुन आउने कम्पनीलाई लाइसेन्स वितरण नगर्ने समितिले निर्णय गरेको छ । तीन महिनापछि उक्त समितिले पुन : बजारको अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । सोहीअनुसार नयाँ कम्पनीको हकमा निर्णय लिइने अर्यालले जानकारी दिए । 
समितिमा निवेदन दिएका जीवन बिमा कम्पनीको हकमा लाइसेन्सका लागि समितिले अर्थमन्त्रालयमा सिफारिस गर्नेछ । समितिको सिफारिसमा मन्त्रालयले नै लाइसेन्स प्रदान गर्नेछ । यस्तै, निर्जीवन बिमा कम्पनीको हकमा भने समितिले नै लाइसेन्स प्रदान गर्न सक्नेछ । लामो समयदेखि लाइसेन्सको पखाईमा रहेका कम्पनीलाई सेटल गराउन समितिले लाइसेन्स दिने निर्णय गरको उपनिर्देशक अर्यालले बताए ।
“हामीले लामो समयदेखि विचाराधीन रहेको विषयलाई टुंग्याउन खोजेका हौ, यसअघि विविध कारणले निर्णय हुन सकेको थिएन । जसलाई यस पटक समितिले सम्बोधन गरेको हो,” उनले भने । 
http://www.karobardaily.com/news/76439

No comments:

Post a Comment