काठमाडौं, ३० असार – अबदेखि नगदको पनि बिमा गर्न सकिने भएको छ । नगद कारोबार गर्ने कुनै पनि संस्थाले नगद चोरी डकैती हुनेजस्ता सम्भावित दुर्घटनाका जोखिम कम गर्न नगद बिमालेख खरिद गर्न सक्ने भएका छन् । बिमा समितिले हालै जारी गरेको यस बिमालेखले बैंक नोट, ट्रेजरी नोट, सुनको लाप्सा, गरगहना, एटीएमको रकम, सिक्का, बैंक ड्राफट, चेक, हुलाक आदेश, धनादेश, प्रमिसरी नोट, बिल अफ एक्सचेञ्ज, हुलाक टिकट तथा परिवत्र्य विदेशी मुद्राको बिमा गर्न सकिने व्यवस्था गरेको छ ।
उक्त बिमा योजनाले बीमित वा बीमितले आफनो कामदार÷कर्मचारी÷आधिकारी प्रतिनिधिको साथमा अन्यत्र पठाएको नगद चोरी, डकैती वा अन्य कुनै कारणबाट क्षति वा हानि नोक्सानी भएमा बिमकबाट क्षतिपूर्ति भुक्तान गर्नेछ । त्यस्तै, बीमितको परिसरभित्र रहेको सेफ वा आलमारीमा राखेको नगद, कार्यलय समयभित्र भएको नगद वा कार्यलयको कर्मचारीले बेइमानीपूर्वक नगद चोरी गर्ने अवस्थाको समेत यस योजनाले जोखिम बहन गर्नेछ । साथै बीमितको कार्यालय परिसरमा नगद चोरी भएको अवस्थामा कार्यलयकै कुनै पनि कर्मचारीको व्यक्तिगत नगदसमेत हानि नोक्सानी भएमा प्रति बिमा अवधिमा बढीमा १० हजार रुपैयाँसम्म भुक्तान गर्ने व्यवस्था गरिएको छ ।
तर, भूकम्प ज्वालामुखी, आगलागी वा अरु कुनै प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई भने यस बिमा योजनाले समेट्ने छैन । त्यस्तै, वातावरणीय उथल पुथल, युद्ध, आक्रमण, विदेशी शत्रुको कारबाही, सैन्य विद्रोह, क्रान्ति, जंगी कानुन, घेराबन्दीको स्थिति, भूलचुक, लेखा स्रेस्ताको गल्ती, बीमितले आधिकारिक व्यक्तिबाहेक अन्यलाई सुम्पेको लगायतका कारणले नगद हिनामिना भएका यस योजनाले क्षतिपूर्ति भुक्तानी गर्दैन ।
पछिल्लो समय नगद स्थान्तरण गर्ने समयमा डकैती हुने घटनाहरू बढ्न थालेका छन् । यस्ता घटनाबाट हुने सम्भावित हानिलाई कम गर्न नगद बिमालेख जारी गरिएको बिमा विज्ञ भोजराज शर्माले बताए । “कुनै पनि नगद कारबोर गर्ने संस्थाले नगदमा परिवर्तन हुनसक्ने सम्पतिको सुरक्षाको लागि यो बिमालेख खरिद गर्न सक्नेछन्,” उनले भने ।
तर, एउटा बिमालेखले एउटा मात्रै कार्यलयको रक्षावरण गर्न सक्नेछ । अर्थात् कुनै पनि बीमितकोे एकभन्दा बढी व्यावसायिक ईकाइहरू रहेछन् भने वा एकै व्यवसायका विभिन्न शाखाहरू रहेछन् भने यो बिमालेख एक व्यावसायिक ईकाइ लागि मात्रै जारी गर्न सकिने व्यवस्था छ । त्यस्तै, बिमकले यस बिमालेखले बहन गर्ने जोखिमबाहेक अन्य जोखिम पनि बिमा गर्न चाहेमा बिमाशुल्क थप गरी जोखिम पनि थप गर्नसक्ने समितिले जनाएको छ । तर, बिमालेख जारी भइसकेपछि भने जोखिम थप गर्न पाइने छैन । साथै बिमा गर्दा बीमितले आफनो कार्यलय खुल्ने समय पनि बिमा सम्झौतामा उल्लेख गर्नुपर्नेछ । बीमितले आफूले बिमा नगरेको नगदको दैनिक अभिलेख राख्नुपर्नेछ ।
- See more at: http://np.karobardaily.com/2016/07/92637/#sthash.pohO9150.dpuf
No comments:
Post a Comment