तालीम लिएकामध्ये ९९ प्रतिशत रोजगारीमा
१०
वर्षको अवधिमा संस्थाले १० हजार व्यक्तिलाई तालीम प्रदान गरिसकेको छ।
तालीम लिनेमध्ये ५० प्रतिशतभन्दा बढी दलित रहेका छन् । त्यस्तै, ७५ प्रतिशत
महिलाको सहभागिता रहेको छ भने तालीम लिएकामध्ये ९९ प्रतिशतले रोजगारी
पाएका छन् ।
भर्खरै प्लस टूको परीक्षा दिएका
ललितपुरका मनोज दुलाल काठमाडौं टेनिङ सेण्टरमा सामाजिक परिचालन सहजकर्ताका
रूपमा कार्यरत छन् । ११ कक्षामा भर्ना भएसँगै उनले रोजगारीको पनि अवसर
पाएका थिए । हाल उनी सेण्टरमा आउने प्रशिक्षार्थीलाई प्राक्टिकल तालीम
सिकाउँछन् । विद्यालय जीवनदेखि नै दुलाललाई सामाजिक क्षेत्रमा काम गर्ने
रुचि थियो । अन्य व्यक्तिभन्दा केही फरक हुनुपर्छ भन्ने मानसिकता बोकेका
उनको यो इच्छा पूरा भएको छ । उनको यस्तो इच्छा पूरा गरिदिएको छ, काठमाडौं
टेनिङ सेण्टरले । संस्थाबारे दुलालले आफ्नै गाउँका साथीबाट थाहा पाएका थिए ।
त्यहाँबाट उनले १५ महीने ‘सामाजिक परिचालन सहजकर्ता’को तालीम लिए ।
त्यसपछि
‘कार्यगत तालीम’का लागि सोही संस्थामा ३ महीना काम गरे । तालीमले गर्दा नै
उनी अध्ययन र पेशालाई निरन्तर अगाडि बढाउन सक्ने भएका छन् । मेहनत र
कार्यकुशलताका कारण तालीम लिएपछि त्यहीँ रोजगारी पाएको उनी सुनाउँछन् । १५
महीने तालीमले रोजगारी पाउनुका साथै आत्मबलसमेत बढाएको उनको भनाइ छ ।
‘तालीमअघि मलाई केही आउँदैनथ्यो, ’उनी भन्छन्, ‘अहिले भने रिपोर्ट राइटिङ,
प्रपोजल राइटिङ तथा कुनै पनि कार्यक्रम सञ्चालन गर्न सक्नेजस्ता क्षमताको
विकास भएको छ ।’
झण्डै ११ वर्षअघि ‘सक्षम जनशक्ति दिगो सामुदायिक विकासका लागि, प्रभावकारी तालीम सक्षम जनशक्ति उत्पादनका लागि’ भन्ने नाराका साथ स्थापना भएको सेण्टरले मनोजजस्ता हजारौं व्यक्तिलाई तालीम प्रदान गरिसकेको सेण्टरका संस्थापक राजबहादुर गिरि बताउँछन् । २०५९ सालमा काठमाडौंको बालकुमारीबाट सेण्टरले तालीम सञ्चालन गरेको थियो । यो सीटीईभीटीबाट मान्यताप्राप्त संस्था हो । यसले सामाजिक परिचालन सहजकर्ता, विकास अभिमुखीकरण तालीम, प्रि–सर्भिस (काम गर्नुपूर्व) तालीम तथा समुदायको मागअनुसार विभिन्न प्रकारका तालीम सञ्चालन गर्दै आएको छ । १० वर्षको अवधिमा संस्थाले १० हजार व्यक्तिलाई तालीम प्रदान गरिसकेको उनी बताउ“छन् । तालीम लिनेमध्ये ५० प्रतिशतभन्दा बढी दलित रहेका छन् । त्यस्तै, ७५ प्रतिशत महिलाको सहभागिता रहेको गिरिको भनाइ छ । तालीम लिएकामध्ये ९९ प्रतिशतले रोजगारी पाएको उनको दाबी छ । तालीमप्राप्त व्यक्तिहरू सरकारी, गैरसरकारी, सामाजिक सङ्घसंस्थामा कार्यरत छन् । गिरिका अनुसार सेण्टरबाट तालीम लिएका प्रशिक्षार्थीले मासिक रू.१५ हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । केही प्रशिक्षार्थीले भने आफैले सामाजिक संस्थाले खोलेर बसेका छन् । नेपालका प्रायः गरी सबै क्षेत्रका मानिस तालीमका लागि सेण्टरमा आउने गरेको गिरि बताउँछन् । लामो अवधिका लागि टाढाबाट आउनेलाई सण्टरमै होस्टेलको सुविधा पनि छ ।
सोलुखुम्बुकी सुनिता राई पनि संस्थाबाटै आफ्नो भविष्य कोर्न सफल भएको बताउँछिन् । तालीमले आफ्नो आत्मबल बढाएको उनको भनाइ छ । हाल उनी ‘मानेकोर सोसाइटी’अन्तर्गत रसुवामा कार्यरत छिन् । कामको सिलसिलमा उनलाई संस्थाले काठमाडौं टेनिङ सेण्टरमा तालीम लिन पठाएको थियो । तालीमले आफ्नो जिन्दगीमै परिवर्तन ल्याएको उनी बताउँछिन् । ‘पहिला काम गर्ने प्रणालीमा धेरै गल्ती भएको रहेछ, ’उनी भन्छिन्, ‘तालीमले समाजमा कसरी काम गर्नुपर्ने रहेछ भन्ने सिकाएको छ । ’स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सुनितालाई तालीमपछि रोजगारीको अझै राम्रो अवसर पाउँछु भन्ने विश्वास बढेको छ ।
दोलखाका भवबहादुर थामीको पनि सुनिताको भन्दा फरक मत छैन । थामी आफै पेष्टालोजी फाउण्डेशनका कार्यकारी सदस्य पनि हुन् । संस्थाको स्कलरशिप कोअर्डिनेटर पनि हुन् उनी । ८ वर्षदेखि संस्थामा सक्रिय थामीले गत जेठमा काठमाडौं टेनिङ सेण्टरबाट तालीम लिए । त्यतिबेला उनले ‘प्रस्तावना तथा प्रतिवेदन लेखन’ तालीम लिएका थिए । उक्त तालीमसँगै असारमा ‘नेतृत्व सहजकर्ता’को तालीम पनि लिए ।

तालीमले आफ्नो कार्यशैलीमै परिवर्तन ल्याएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘पहिला साना र सामान्य खालका प्रस्तावना मात्र बनाइन्थ्यो ।
तर, तालीमपछि ठूला प्रस्तावना पनि लेख्न सक्ने क्षमता वृद्धि भएको छ ।
’संस्थाबाट लिएको सैद्धान्तिक तथा व्यावहारिक शिक्षाले बेरोजगारी समस्या
हटाउन सहयोग पुग्ने उनको दाबी छ । साथै, आफ्नो संस्थालाई अगाडि बढाउन सहयोग
पुगेको उनको भनाइ छ ।
सेण्टरले उपलब्ध गराउने तालीम
सामाजिक परिचालन सहजकर्ता लामो अवधिको तालीम हो । सरकारी, गैरसरकारी संस्था, सामाजिक सङ्घसंस्थामा सहजकर्ताका रूपमा काम गर्न इच्छुक व्यक्तिका लागि यो उपयुक्त हुन्छ । सेण्टरले सामाजिक सहजकर्ताका रूपमा काम गर्न आवश्यक सबै तालीम दिँदै आएको छ । यो १५ महीनाको तालीम हो । यसमध्ये १२ महीना विद्यार्थीले सेण्टरमै सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्नेछन् । ३ महीनाका लागि भने सेण्टरले कार्यगत तालीमका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा पठाउने गर्छ । तर, प्रशिक्षार्थीको अवस्था हेरी ६ महीनाको कार्यगत तालीममा समेत पठाउने गरेको गिरि बताउँछन् । यो अवधिमा प्रशिक्षार्थीले न्यूनतम मासिक तलब रू.७ हजार पाउनेछन् । संस्थाले विशेषगरी प्रस्तावना तथा प्रतिवेदन लेखन, नेतृत्व विकास, प्रस्तुतीकरण शीप तथा सहजीकरण शीप, सामुदायिक विकास तथा सामाजिक परिचालन, प्रशिक्षण र प्रशिक्षक, कार्यालय व्यवस्थापन, सामुदायिक सशक्तीकरण तथा वकालत कानूनी, उद्यमशीलता विकासजस्ता तालीम प्रदान गर्दै आएको छ । १५ महीने तालीमका लागि प्रशिक्षार्थीले ४५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ । सेण्टरले गरीब तथा जेहेनदार व्यक्तिका लागि छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । तालीम लिन एसएलसी उत्तीर्ण गरेको हुनुपर्छ । त्यस्तै, सेण्टरले विकास अभिमुखीकरण तालीम पनि सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत धेरै किसिमका तालीम रहेका छन् । यो कुनै संस्थामा काम गरिरहेको कर्मचारीका लागि दिइने तालीम हो । कर्मचारीले आफूमा थप क्षमता अभिवृद्धि गर्न चाहेको खण्डमा यो तालीम लिने गर्छन् । प्रशिक्षार्थीको आवश्यकताअनुसार यो तालीमको अवधि थोरैमा पाँच दिनदेखि बढीमा १ महीनासम्मको हुन्छ । यसको शुल्क भने एक दिनको १ हजार रुपैयाँ पर्छ । यस्ता तालीम लिन संस्था सञ्चालन गरिरहेका तथा कुनै संस्थामा आबद्ध कर्मचारी आउने गरेको गिरि बताउँछन् । त्यस्तै, सेण्टरले कलेज पढ्ने विद्यार्थीका लागि लक्षित गरी प्रि–सर्भिस तालीम पनि सञ्चालन गर्दै आएको छ ।
सेण्टरले कृषकका लागि पनि तालीम सञ्चालन गर्दै अएको छ । यसले कृषकको मागबमोजिम बाख्रापालन, कुखुरापालन, मौरीपालन, कुरिलोखेती, च्याउखेतीजस्ता तालीम सञ्चालन गर्दै आएको छ । त्यस्ता तालीम भने एक हप्ताका हुनेछन् । संस्थाले तालीममा उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारीसमेत प्रदान गर्दै आएको छ । आफूले सञ्चालन गरेको तालीमले बेरोजगारी हटाउन सहयोग पुगेको संस्थापक गिरिको भनाइ छ ।
सेण्टरबाट प्रदान गरिने केही तालीम
- प्रस्तावना तथा प्रतिवेदन लेखन
- नेतृत्व विकास
- प्रस्तुतीकरण शीप तथा सहजीकरण शीप
- सामुदायिक विकास तथा सामाजिक परिचालन
- प्रशिक्षण तथा प्रशिक्षक
- कार्यालय व्यवस्थापन
- सामुदायिक सशक्तीकरण तथा वकालत कानूनी
- उद्यमशीलता विकास
- प्राथमिक स्वास्थ्य
- सहभागितामूलक अनुगमन तथा मूल्याङ्कन
- सहभागितामूलक ग्रामीण लेखाजोखा
http://www.abhiyan.com.np/new/Articles/view/28055 सेण्टरले उपलब्ध गराउने तालीम

No comments:
Post a Comment