
मुना कुँवर
बच्चा नयाँ वस्तु देख्नेबित्तिकै त्यसप्रति आकर्षित
भइहाल्छन् । नयाँ सामग्री छुने उनीहरूको चाहना हुन्छ । तर, सही–गलत
छुट्ट्याउने ज्ञान उनीहरूमा हुँदैन । परिवारको सानो हेलचक्र्याइँले पनि
ठूलो दुर्घटना निम्तिन सक्छ । तसर्थ, सानो बच्चा भएको घरमा सुरक्षाका लागि
आन्तरिक तथा बाह्य संरचनालाई परिवर्तन गर्नु राम्रो हुन्छ ।
पाँचवर्षे
एक सन्तानकी आमा काठमाडौं सुकेधाराकी पुष्पा अधिकारी व्यवसायी पनि हुन् ।
अहिले उनी व्यवसाय मात्र होइन, हुर्कंदै गएको छोराको सुरक्षाको विषयमा पनि
उत्तिकै सजग बन्दै जान थालेकी छिन् । सोहीकारण छोरा ४ महीनाको हुनेबित्तिकै
उनले कोठाको झ्यालमा ग्रिल र जाली राखिन् । त्यस्तै, कोठा सजाउन राखिएका
का“चका फ्रेम, ऐना, फुलदानी, कस्मेटिक्सजस्ता सामग्री हटाइन् । त्यति मात्र
होइन, कोठामा भएको चिप्लो कार्पेटलाई पनि प्रतिस्थापन गरिन् । चिप्लो
कार्पेटमा बच्चा लड्ने सम्भावना धेरै हुने भएकाले जुटको कार्पेट प्रयोग
गरेको उनको भनाइ छ । ‘छोरा बढ्दै गएपछि मैले सिँढीमा बेबी गेट लगाएँ, ’उनी
भन्छिन्, ‘बाबु बुझ्ने नभएसम्म मैले मूलढोकालाई कहिल्यै खुला राखिनँ, सधै
बन्द हुन्थ्यो ।’
भान्सामा प्रयोग हुने चप्पल पनि नरम हुने कारण बच्चाले टोक्ने सम्भावना हुन्छ । त्यही विषयलाई दृष्टिगत राखेर किचेन चप्पल पनि बच्चाले नदेख्ने ठाउँमा राख्ने गरेको उनी बताउँछिन् । ‘बच्चा विस्तारै हिँड्न थालेपछि जति उसको बालसुलभ व्यवहारले लोभ्याउँथ्यो, त्यति नै उसको अबोधपनप्रति चिन्ता लाग्थ्यो, ’उनी भन्छिन् ।
बच्चा नयाँ वस्तु देख्नेबित्तिकै त्यसप्रति आकर्षित भइहाल्छन् । नयाँ सामग्री छुने उनीहरूको चाहना हुन्छ । तर, सहीगलत छुट्टयाउने ज्ञान उनीहरूमा हुँदैन । परिवारको सानो हेलचक्र्याइँले पनि ठूलो दुर्घटना निम्तिन सक्छ । तसर्थ, सानो बच्चा भएको घरमा सुरक्षाका लागि आन्तरिक तथा बाह्य संरचनालाई परिवर्तन गर्नु राम्रो हुन्छ । बच्चाहरू खेल्ने क्रममा टेबल वा कुर्सीजस्ता फर्निचरमा ठोक्किने सम्भावना हुन्छ । ‘त्यसैले मैले सबै फर्निचरको चुच्चो भाग कपडाले बेरिदिएँ, ’अधिकारी भन्छिन् ।
अधिकारीले जस्तै कोटेश्वर बस्ने तुलसी
कुँवरले पनि आफ्नो छोरा जन्मेलगत्तै घरको बनोटमा परिवर्तन गरेकी छिन् ।
‘सन्तानका लागि आमा नै सबैभन्दा नजिक हुन्छ । त्यसैले आमाले सन्तानको
सुरक्षामा विशेष ध्यान दिनुपर्छ,’ उनी बताउँछिन् ।
बच्चाहरूलाई
विद्युतीय उपकरण, ग्यास, आगो तथा पानीबाट विशेष टाढा राख्नुपर्छ । यसका
लागि विद्युतीय प्लगमा भएका प्वालहरू टेपले टालिदिनुपर्ने तथा आइरनजस्ता
उपकरण प्रयोग भएपछि त्यसलाई व्यवस्थित गरिहाल्नुपर्ने उनले बताइन् । उनका
अनुसार भान्साको काम सकिएपछि, ग्यास राम्रोसँग बन्द गरेर ढोका लक गर्नुपर्छ
। भुइँलाई सधैं सुक्खा राख्नुपर्छ । पानी पोखिएको छ भने तुरून्तै
पुछ्नुपर्छ ।
पुष्पा र तुलसीले जस्तै सोह्रखुट्टे बस्ने कमला
अर्यालले पनि छोरी जन्मेलगत्तै घरको संरचना नै परिवर्तन गर्नुपरेको
बताउ“छिन् । फुट्ने खालका सामग्रीलाई उनले आफ्नो कोठाबाट हटाइन् । छोरीले
थेग्न नसक्ने सबै खालका सामग्री लुकाएर राखेको उनी बताउँछिन् । उनले छोरीले
हात पुर्याउन सक्ने ढोकाको चुकुलसमेत निकालेर राखेकी छिन् । बच्चालाई
शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि सुरक्षित राख्नुपर्ने अर्यालको
भनाइ छ । त्यसैले, बच्चाहरूको अगाडि कुनै पनि नकारात्मक काम गर्न नहुने र
सधैं सकारात्मक वातावरण सृजना गर्न परिवारले विशेष ध्यान दिनुपर्ने उनको
भनाइ छ ।
आन्तरिक सजावट र सुरक्षा
पछिल्लो समय शहरी क्षेत्रमा बस्ने अधिकांश मानिसले घर वा फ्ल्याटमा बालबालिकाका लागि छुट्टै कोठा बनाउने गर्छन् । यसरी, अलग्गै कोठा निर्माण गर्नु उपयुक्त भए तापनि कोठाको वातावरणमा भने विशेष ध्यान पर्याउनुपर्ने इण्टेरियर डिजाइनर्स एशोसिएशन अफ नेपालका अध्यक्ष सानुराजा शिल्पकार बताउँछन् । शारीरिक रूपमा बालबालिकालाई सुरक्षित राख्न उमेरअनुसारका फर्निचर प्रयोग गर्नुपर्छ । साथै, बालबालिकाको कोठामा फलाम, काठ तथा शिशाका सामग्री राख्नुहुँदैन । कुनै पनि चुच्चो भएको वस्तु, चिप्लोपदार्थ पनि त्यस्तो कोठामा राख्नुहुँदैन ।
बालबालिकाका सामान सधैं उनीहरूको पहुँच हुने
स्थानमा राख्नुपर्छ । अन्यथा, सामान झिक्ने प्रयास गर्दा दुर्घटना हुन सक्छ
। त्यस्तै, अभिभावक र बच्चाहरूको कोठा जोडिएको हुनुपर्ने शिल्पकार
बताउँछन् । यसो हुँदा बच्चाहरू अभिभावकको निगरानीमा रहन्छन् । बालबालिकाले
पनि अभिभावकबाट सुरक्षित रहेको अनुभव गर्न सक्छन् । सकेसम्म ट्वाइलेट पनि
अट्याच वा कोठानजिकै बनाउनुपर्छ । उनका अनुसार कोठा सकेसम्म दक्षिण भागमा
हुनुपर्छ, जसले गर्दा कोठामा उज्यालो तथा हावा सजिलै छिर्न सजिलो हुन्छ ।
कोठामा डिमर स्वीच राख्नुपर्छ । यसले रातिको समयमा लाइटको उज्यालोलाई
नियन्त्रण गर्न सजिलो हुन्छ । बालबालिकाको कोठामा रिमुभिङ रङ लगाउनु
उपयुक्त हुन्छ । त्यसैगरी, भित्तामा सुन्तला रङ लगाउनुपर्ने शिल्पकारको
भनाइ छ । यसले बालबालिकाको मस्तिष्कलाई चनाखो बनाइराख्छ । भित्तामा कार्टुन
बनाइदिँदा उनीहरूले भरपुर आनन्द लिने गर्छन् । आन्तरिक सजावट र सुरक्षा
पछिल्लो समय शहरी क्षेत्रमा बस्ने अधिकांश मानिसले घर वा फ्ल्याटमा बालबालिकाका लागि छुट्टै कोठा बनाउने गर्छन् । यसरी, अलग्गै कोठा निर्माण गर्नु उपयुक्त भए तापनि कोठाको वातावरणमा भने विशेष ध्यान पर्याउनुपर्ने इण्टेरियर डिजाइनर्स एशोसिएशन अफ नेपालका अध्यक्ष सानुराजा शिल्पकार बताउँछन् । शारीरिक रूपमा बालबालिकालाई सुरक्षित राख्न उमेरअनुसारका फर्निचर प्रयोग गर्नुपर्छ । साथै, बालबालिकाको कोठामा फलाम, काठ तथा शिशाका सामग्री राख्नुहुँदैन । कुनै पनि चुच्चो भएको वस्तु, चिप्लोपदार्थ पनि त्यस्तो कोठामा राख्नुहुँदैन ।
६ महीनादेखि डेढ वर्षसम्मका बच्चालाई रङ, वस्तुको हलचल तथा आवाजले आकर्षित गर्छ । त्यसैले, यतिबेला बालबालिकाहरू विभिन्न खेलौनाभन्दा पनि बज्ने कपडाप्रति बढी आकर्षित हुन्छन् । २ वर्षको बच्चालाई कार्टुन उपलब्ध गराउनुभन्दा पनि खुला स्थान उपलब्ध गराउनु उपयुक्त हुन्छ । यस्तो वातावरण दिनुपर्छ, जहाँ बच्चाहरू सजिलैसँग दौडन, खेल्न र उफ्रन सकून् । बालबालिकालाई एउटै कोठामा मात्र सीमित नगरी घरका अन्य कोठामा पनि पुग्न दिनुपर्छ । इलेक्ट्रिक लाइटको स्वीचलाई बच्चाले नभेट्ने स्थानमा राख्नुपर्ने सीडी डेभलभर्सकी बजार व्यवस्थापिका अमृतलक्ष्मी तुलाधर बताउँछिन् ।
ध्यान दिनुपर्ने विषय
बच्चाका लागि घर बनाउँदा तीनओटा विषयमा ध्यान दिनुपर्छ : खेलौना, खानपान तथा दैनिक उपभोग्य वस्तु र चोटपटकबाट सुरक्षित राख्ने । यी तीन विषयलाई व्यवस्थित बनाउन सकेमा घरलाई बालमैत्री बनाउन सकिन्छ । सुतिरहेको बेलामा कोल्टे फेर्नु, हिँड्नु, घस्रिनु, पल्टिनु बच्चाहरूको स्वाभाविक क्रियाकलाप हो । त्यसैले, कोठामा धेरै अग्ला फर्निचरको प्रयोग गर्नुहुँदैन । घर फोहोर राख्नुहुँदैन । बालबालिका खेल्ने स्थान सधैं सफा हुनुपर्छ ।
घरलाई बालबालिकामैत्री बनाउन घरको संरचनामा मात्र ध्यान दिनु पर्याप्त नहुने क्लिनिकल साइकोलोजिष्ट एलिसा भट्टराई बताउँछिन् । बालबालिकालाई सक्षम नागरिक बनाउन शारीरिक तथा मानसिक दुवै रूपमा सुरक्षित राख्नुपर्ने उनको धारणा छ । उनका अनुसार बालबालिकाले ५ वर्षको उमेरसम्म जे सिक्छन्, देख्छन् तथा जस्तो वातावरणमा हुर्कन्छन्, त्यहीअनुसार उनीहरूको व्यक्तित्व बन्छ । तसर्थ, भविष्यमा आफ्नो सन्तान जस्तो बनाउन चाहेको हो, बाल्यावस्थामा सोहीअनुरूपको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ । बालबालिकाहरूले अभिभावकबाट आत्मीयता र मायाको अपेक्षा गरिरहेका हुन्छन् । त्यसैले, अभिभावकले जतिसक्दो बालबालिकास“ग धेरै समय बिताउनुपर्छ । उनीहरूको कुरा सुनिदिनुपर्छ । सबै कुरा सुनेपछि मात्रै उत्तर दिनुपर्छ ।
बालबालिकादेखि टाढा राख्नुपर्ने सामान
बालबालिकालाई कुन सामान छुन हुने कुन नहुने भन्ने विषयको ज्ञान हुँदैन । उनीहरू नयाँ वस्तु, रङ, आकारप्रति छिटो आकर्षित हुन्छन् । तसर्थ, बालबालिकालाई हानि पुर्याउने सामान सुरक्षित स्थानमा राख्नुपर्छ ।
- सजिलैसँग फुट्ने तथा गह्रौं सामानहरू टाढा नै राख्नुपर्छ
- घरमा सजाउन राखिएको गमला सुरक्षित राख्नुपर्छ
- रासायनिक पदार्थ तथा सरसफाइका लागि प्रयोग गरिने साबुन, सर्फ आदि टाढा राख्नुपर्छ
- औषधि तथा सौन्दर्यका सामग्री पनि टाढा नै राख्नुपर्छ
- मदिरा तथा मदिराजन्य पेयपदार्थ पनि टाढा नै राख्नुपर्छ
- टेबल, लाइट, फलाम र लठ्ठीहरू पनि टाढा राख्नुपर्छ
- भान्साकोठामा प्रयोग गरिने सामग्री लाइटर, सलाइ, छुरी, ब्लेड, कैंची, चम्चा, काँटा आदि वस्तु बच्चाको पहुँचबाहिर हुनु राम्रो हुन्छ
- इलेक्ट्रोनिक उपकरण स्ट्याब, गैसा आदिलाई पनि बच्चादेखि टाढै राख्नुपर्छ
घरमा राख्नुपर्ने आवश्यक सामग्री
- आधारभूत उपचार सामग्री, जसमा एण्टिसेप्टी क्रीम, ब्याण्डेज र डिटल
- बालबालिकाको उमेरअनुसारका खेलौना
- बिजुली तथा स्वीचको प्लगलाई ढाकेर राख्ने
अपनाउनुपर्ने सावधानीहरू
- झ्याल, सानो भित्ता वा टेरेसको नजिक कुनै प्रकारका स्टुल वा फर्निचर नराख्ने
- चिप्लो भुइँ छ भने उक्त स्थानमा जुटको बोरा, कार्पेट वा गलैंचा बिछ्याइदिने
- घरमा काँच तथा धातुको सट्टा प्लाष्टिकका भाँडा वा गिलास प्रयोग गर्ने
- महँगा सामानलाई दराजको माथिल्लो भागमा वा छुट्टै कोठामा राख्ने
- बालबालिकाका खेलौनालाई दराजको तल्लो भागमा राख्ने
- फ्रिज तथा ढोकामा सेफ्टी लक प्रयोग गर्ने
- सिँढीमा बेबी गेट लगाउने
No comments:
Post a Comment