वातावरणमैत्री सिकाइ प्रवर्द्धनमा डीएफसी
देशको शैक्षिक स्तरले विकासलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित पार्छ । यसैकारण, विकसित मुलुकले शिक्षाप्रणालीमा समयानुकूल परिवर्तन गरिरहेका हुन्छन् । तर, नेपालमा शिक्षण सिकाइ प्रणालीमा समयसापेक्ष परिवर्तन गरिएको पाइँदैन । हाम्रा अधिकांश विद्यालयमा शिक्षण सिकाइ गर्न कालोपाटी, सेतोपाटी, चक, मार्कर प्रयोग गरिन्छ, जुन शिक्षण संस्थाका लागि आर्थिक रूपमा धेरै भार पर्नुका साथै वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने धूलोरहित कक्षाकोठा (डीएफसी) नेपालका महासचिव केशव पाठक बताउँछन् ।
डीएफसीले शैक्षिक संस्थालाई यस्तो असर पर्नबाट जोगाउन वातावरणमैत्री नयाँ अवधारणा ल्याएको छ । कक्षाकोठाको वातावरणलाई स्वस्थ बनाउन हरियो ग्राफिक बोड र ‘जाइलिन एण्ड टोलिन’रहितको मार्कर प्रयोग व्यापक बनाउन डीएफसीले अभियान नै शुरू गरेको छ ।
डीएफसी नेपालको काम
दक्षिणपूर्वी एशियामा सबैभन्दा पहिले ‘धूलोरहित कक्षाकोठा अभियान’ डीएफसी नेपालले सञ्चालन गरेको हो । यसले कक्षाकोठामा सेतोबोर्ड वा कालोपाटीको स्थानमा हरियो ग्राफिक पाटीको प्रयोग गर्न जोड दिन्छ । त्यस्तै, ‘जाइलिन एण्ड टोलिन’रहित मार्करको प्रयोग गर्न सिकाउँछ । यो अभियानलाई डीएफसीले २०५५ सालदेखि शुरू गरेको हो । शुरुआतमा डीएफसीले काठमाडौंका ६० जना प्राध्यापकलाई बोलाएर तालीम प्रदान गरेको थियो । उक्त तालीमलाई प्राध्यापकले सकारात्मक रूपमा लिएपछि डीएफसीको अभियानले गति प्राप्त गरेको हो । पहिलोपटक कीर्तिपुरको बाघभैरव माध्यमिक विद्यालयबाट डीएफसीले अभियान शुरू गरेको थियो ।
हालसम्म यसले नेपालका १८ ओटा जिल्लामा आफ्नो
अभियान सञ्चालन गरिसकेको छ । ६ सय विद्यालयमा हरियो पाटीको प्रयोग
कार्यान्वयनमा ल्याउन पहल गरिसकेको छ । विद्यालयको माग भएमा संस्थाले
सम्बन्धित विद्यालयमै पुगेर वा शिक्षकलाई कार्यालयमै बोलाएर पनि तालीम दिने
गरेको छ । विद्यालयमै पुगेको खण्डमा शिक्षकलाई हरियो पाटीको प्रयोग तथा
प्रविधिको प्रयोगसम्बन्धी तालीम उपलब्ध गराउँछ ।
वातावरणमैत्री शिक्षण सामग्रीमा आर्थिक भार कम
रियो ग्राफिक पाटीको प्रयोग अन्य पाटीको तुलनामा धेरै लाभदायक हुने महासचिव पाठकको दाबी छ । आर्थिक, वातावरण र स्वास्थ्यका दृष्टिले यो पाटी अन्यको तुलनामा उत्तम छ । यी सामग्री पूर्ण रूपमा वातावरणमैत्री छन् । यसले कक्षाकोठाको वातावरणलाई स्वस्थकर बनाउँछ । अन्यको तुलनामा सस्तो पनि छ । सामान्यतया तीन फिट चौडाइ र ६ फिट लम्बाइको सेतो बोर्डको मूल्य ५ हजार ५ सय रुपैयाँ पर्छ । तर, सोही आकारको हरियो बोर्डको मूल्य भने ४ हजार रुपैयाँ पर्छ । उक्त बोर्डलाई दुवैतर्फबाट प्रयोग गर्न सकिन्छ । यो बोर्ड १० वर्षसम्म प्रयोग गर्न सकिन्छ । हरियो बोर्डको स्टिकर मात्रै पनि खरीद गर्न सकिन्छ । प्रयोग गरिरहेकै बोर्डमा हरियो बोर्डको स्टिकर टाँस्न पनि सकिन्छ । यसको मूल्य प्रतिस्क्वायर फुट ५० रुपैयाँ मात्र पर्छ । यसैगरी, एउटा शिक्षकले सामान्य मार्करको प्रयोग गर्दा १ वर्षमा १ हजार ४ सय रुपैयाँ खर्च हुन्छ । तर, डीएफसीले प्रत्येक शिक्षकलाई ७ सय ५० रुपैयाँमा वातावरणमैत्री मार्कर उपलब्ध गराउँदै आएको छ । भाँच्चिएर मार्कर फिर्ता गरेमा शिक्षकलाई २५ रुपैयाँ प्रदान गरिन्छ । यी सामग्री संस्थाले चीनबाट आयात गर्दै आएको छ । यस्ता सामग्री अष्ट्रेलियन प्रविधिबाट निर्माण हुने महासचिव केशव पाठकले जानकारी दिए । ‘चिनियाँ निर्माण कम्पनीले डीएफसीलाई विशेष छूटका साथ उक्त सामग्री उपलब्ध गराउँदै आएको छ, ’उनले भने ।
पुराना शिक्षण सिकाइ सामग्रीको असर
कक्षाकोठामा प्रयोग गरिने कालोपाटी, सेतोपाटी, चक तथा मार्करमा विभिन्न खालका केमिकलको प्रयोग गरिएको हुन्छ । त्यसले शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमा सीधा असर गर्ने डीएफसीका महासचिव पाठकको भनाइ छ । कालोपाटीमा ब्याट्रीको धूलो तथा रङ प्रयोग गरिन्छ । चकमा केमिकलयुक्त ‘ब्लिचिङ’ र धेरै सेतो बनाउने पाउडर (ह्वाइटेनिङ)को प्रयोग गरिन्छ । यसैगरी, मार्करमा पनि विभिन्न केमिकलको प्रयोग गरिएको हुन्छ । कालोपाटी तथा चकमा प्रयोग हुने केमिकल धूलोको कणमा परिवर्तन हुन्छ र यो धूलोलाई अध्ययन र अध्यापनको समयमा शिक्षक तथा विद्यार्थीले सजिलै निल्ने गर्छन् । त्यसले शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमा विभिन्न समस्या देखापर्ने पाठक बताउँछन् । ‘ती कणले श्वासप्रश्वास, दम, छाला, एलर्जी, डार्क सर्कल, आँखा चिलाउने, घाँटी, कलेजोमा र फोक्सोसम्बन्धी समस्या सृजना हुन्छ, ’उनले भने । उनका अनुसार बोर्ड मार्करमा हुने हानिकारक केमिकल सोझै हावामा घुल्छ । उक्त हावा स्वाशप्रश्वास प्रक्रियामा शरीरभित्र घुस्छ । त्यस्तो दूषित हावाले क्यान्सर रोगका ‘सेल’लाई बढाउन भूमिका खेल्छ । यसका तत्कालीन असरहरूमा आँखा पोल्ने, दुख्ने, रसाउने, टाउको दुख्ने, रिँगाटा लाग्नेजस्ता समस्या देखिन्छन् । त्यस्तै, सेतो बोर्ड धेरै टल्कन्छ । बोर्डमा हेर्दा आँखाको रेटिना फुलाउनुपर्ने हुन्छ । त्यस कार्यले आँखामा समस्या सृजना हुन्छ ।
संस्थाको योजना
नेपाली शिक्षापद्धतिलाई अन्तरराष्ट्रियस्तरको बनाउन अझै परिवर्तन ल्याउनुपर्ने महासचिव पाठकको भनाइ छ । यसका लागि डीएफसीले छलफलमा आधारित सिकाइ (इण्टरयाक्टिभ लर्निङ)को अवधारणालाई अगाडि ल्याउने योजना बनाइरहेको छ । काठमाडौंका केही विद्यालयले यस किसिमको सिकाइसम्बन्धी प्रस्तावसमेत राखेको उनी बताउँछन् । विद्यार्थीले सुनेरभन्दा पनि देखेर धेरै कुरा बुझ्न सक्छन् । तसर्थ, डिजिटल प्रविधिको प्रयोग गर्दै प्रत्यक्ष रूपमा हेर्दै पढाउँदा शिक्षाको स्तरमा वृद्धि हुने उनको धारणा छ ।

कालोपाटी र चक प्रयोगको शुरुआत
नेपालमा
२०२०/२२ सालसम्म लेख्ने बोर्डका रूपमा माटो वा कालो स्लेट पाटीको प्रयोग
गरिन्थ्यो । लेखनका लागि खरीको प्रयोग हुन्थ्यो । यही प्रविधिलाई सुधार
गर्दै सुविधासम्पन्न विद्यालयले लेख्ने बोर्डका रूपमा कालोपाटी र चकको
प्रयोग गर्न थाले । पाटीलाई कालो बनाउन अङ्गार तथा ब्याट्रीभित्रको कालो रङ
पोत्ने गरियो, जुन दुर्गम क्षेत्रका विद्यालयमा यथावत् नै छ । केही
विद्यालयले पाटीलाई कालो बनाउन आधुनिक रङको प्रयोग गर्न थालेका छन् । यस्तो
रङ लामो समयसम्म टिक्दैन । विस्तारै शहरी विद्यालयमा लेख्न सेतो बोर्ड तथा
मार्करको प्रयोग गर्न थालियो । तर, पछिल्लो समय केही विद्यालयले ग्रीन
ग्राफिक बोर्डको पनि प्रयोग शुरू गरेका छन् ।
http://www.abhiyan.com.np/new/Articles/view/28128
No comments:
Post a Comment