Wednesday, July 17, 2013

गैरसरकारी क्षेत्रमा दक्ष कर्मचारीको अभाव छ

आत्मनिर्भर बनाउँदै जागरुक महिला समूह

संस्थाले अहिलेसम्म ५ सय महिलालाई विभिन्न खालका तालीम प्रदान गरिसकेको छ । तालीम लिएपछि कोही समूहसँग नै आबद्ध भई उद्यमशील हुन्छन् । कोही आफ्नै व्यवसाय शुरू गर्छन् ।

सामान्य लेखपढ गर्न सक्ने विमला आले अहिले घरमै बसेर महीनाको ९ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । दैनिक घरव्यवहार सकेर फुर्सदको समयमा गरिने कामबाट उनले यत्तिको आम्दानी गरेकी हुन् । फुर्सदको समयमा उनी पोते उन्ने काम गर्छिन् । पोते उनेरै उनले महीनामा उक्त आम्दानी गरेकी हुन् । यसरी आम्दानी गरेको रकम उनले घरखर्च तथा छोराछोरीको पढाइमा खर्च गर्छिन् । आफूले आम्दानी गर्न थालेपछि आर्थिक समस्या समाधानमा केही राहत पुगेको विमलाको भनाइ छ ।
पहिले त जे गर्न परे पनि श्रीमान्कै मुख ताक्नुपथ्र्यो, ’उनी भन्छिन्, ‘तर, अहिले सानो खर्च त म आफै टार्छु । ’श्रीमान् र आफ्नो आम्दानीले घर चलाउन सजिलो भएको उनी बताउँछिन् । विमलाले जस्तै खोटाङकी सुनीता गुरुङले पनि पोते उनेरै जीवन सहज बनाइरहेकी छन् । यसरी कमाएको पैसा छोराछोरीका लागि खर्च गर्ने गरेको उनले बताइन् ।


सुनीता र विमला मात्रै हैन अन्य थुप्रै महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग गरेको छ, जागरुक महिला समूहले । २०६६ सालमा स्थापना यस समूहले ‘महिला आफै आत्मनिर्भर बन्नुपर्छ’ भन्ने उद्देश्य राखेको छ ।

समूहको स्थापना

समान उद्देश्य बोकेका ९ जना महिलाहरू एकजुट भएर यस समूहको स्थापना गरिएको हो । समूहको कार्यालय बाँसबारीमा रहेको छ । महिलाहरू पिछडिनुको प्रमुख कारण कमजोर आर्थिक अवस्था रहेको समूहकी अध्यक्ष सीमा खड्का बताउँछिन । ‘आफनै आम्दानी नभएको कारण आर्थिक रूपमा महिला पुरुषमा निर्भर हुनुपर्छ, ’उनले भनिन्, ‘यसले गर्दा महिला झनै पछाडि पर्दै गइरहेका छन् । ’त्यसैले, महिलाको आर्थिक अवस्थामा सुधार गर्न र राहत दिन  समूह गठन गरिएको उनको भनाइ छ ।

संस्थाको काम

यस समूहको लक्षित वर्ग आर्थिक रूपमा पिडिएको वर्ग, अशिक्षित महिलाहरू हुन् । यस्ता महिलाहरूलाई जम्मा गरी समूहले विभिन्न खालका तालीम प्रदान गर्छ । संस्थाले पोते उन्ने, मैनबत्ती, अगरबत्ती बनाउने, फोहोर सङ्कलन गरी मल बनाउने तथा ब्यूटी पार्लरसम्बन्धी पनि तालीम सञ्चालन गर्दै आएको छ । तालीमपछि महिलाले तयार गरेका सामग्रीलाई बजारसम्म पुर्‍याउने काम पनि समूहले गर्छ ।
त्यतिमात्रै होइन, समूहले पोते उन्न चाहने सामग्री महिलालाई निःशुल्क उपलब्ध गराउँछ । पोते उनेपछि समूहले महिलालाई ज्याला उपलब्ध गराउँछ । एक केजी पोते उनेबापत न्यूनतम ५६ देखि १ सय रुपैयाँसम्म ज्याला दिइन्छ । एकजना महिलाले घरको काम सकेर पनि दिनमा ६ केजीसम्मको पोते उन्न सक्ने अध्यक्ष खड्का बताउँछिन् ।

५ सय महिला तालीमप्राप्त

संस्थाले अहिलेसम्म ५ सय महिलालाई विभिन्न खालका तालीम प्रदान गरिसकेको छ । तालीम लिएपछि कोही समूहसँग नै आबद्ध भई उद्यमशील हुन्छन् । कोही आफ्नै व्यवसाय शुरू गर्छन् । आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने महिलालाई समूहले लगानी पनि गरिदिने गरेको खड्का बताउँछिन् । महिलाले माग गरेबमोजिम स्थानीयस्तरमा गएर तालीम दिने गरेको छ । ‘कतिपय महिलाहरू भने तालीम दिनुपँयो भनेर कार्यलयमा नै धाउने गर्छन्, ’उनले भनिन् ।

समूह स्थापनाको वर्ष काम गर्न निकै गाह्रो भएको अध्यक्ष खड्काले बताइन् । शुरुआतमा समूहले महिलाहरूलाई घरमै गएर समूहको बारेमा बताउनुपथ्र्यो । धेरै महिलाहरूले विश्वास नै गरेनन् । ‘तर, हामीले प्रयास जारी राख्यौं । पहिलोपटक हामीले बाँसबारीका ५० जना महिलालाई भेला गर्न सफल भयौं । उनीहरूलाई समूहमा पोते उन्ने तालीम दियौं । १५ दिन विभिन्न डिजाइनका तालीम दिएपछि महिलाहरूमा आत्मविश्वास बढ्यो । त्यसपछि महिलाहरूलाई पोतेका समाग्री दियौं । उनीहरूले घरको कामबाट बचेको समयमा पोते उन्न थाले । पाते उनेबापत हामीले उनीहरूलाई ज्याला दियौं । विस्तारै समूहप्रति महिलाहरूको विश्वास बढ्न थाल्यो । घरमै बसेर आम्दानी गर्न थालेपछि महिलाहरूमा आत्मविश्वास बढ्यो । अहिले काम गर्छु भनेर आउने मानिस बढ्न थालका छन् । समूहले अहिले काठमाडौंको शङ्खमूल, महाराजगङ्ज, चक्रपथ, कलङ्की, जोरपाटी, तीनकुनेलगायत स्थानमा तालीम सञ्चालन गर्दै आएको छ ।

 http://www.abhiyan.com.np/new/Articles/view/28469


No comments:

Post a Comment