काठमाडाैं | कार्तिक १७, २०७५
नेपालमा सबै क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । यो हामी सबैले भन्दै, सुन्दै र महसुस गर्दै आएको विषय हो । त्यसमा पनि बिमा क्षेत्रका लागि अति आवश्यक बिमांकी त झन् नेपालमा एकजना पनि छैनन् ।
बिमा कम्पनीहरूको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बिमा योजना बनाउन बिमांकीको आवश्यकता पर्छ । तर, नेपालमा बिमांकी अध्ययन गरेका एकजना पनि छैनन् । त्यसैले, नेपाली बिमा कम्पनीहरूले भारतीय बिमांकी प्रयोग गर्दै आएका छन् । बिमांकीको यो अभावलाई मध्यनजर गरेर त्रिभुवन विश्वविद्यालयले बिमांकी अध्यापन सुरु गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले विज्ञान संकायअन्र्तगत ०७३ साल असोजबाट बिमांकी विषय अध्यापन सुरु गरेको हो । स्कुल अफ म्याथम्याटिकल साइन्सअन्तर्गत यो विषयको अध्यापन गराइन्छ । चार वर्षे स्नातक तहमा आठ सेमेस्टर हुन्छ भने पाँचवटा विषय पढाइ हुन्छ । जसमा बिमांकीबाहेकका अन्य विषय पनि समावेश छन् ।
अध्ययनपछि बिमा कम्पनीका अन्य विभागमा पनि काम गर्न सकियोस् भनेर विषय थपिएको हो । सुरुको चार सेमेस्टरसम्म बिमांकीसम्बन्धी आधारभूत शिक्षा दिइने स्कुल अफ म्याथम्याटिकल साइन्सका प्राध्यापक एवं प्रोग्राम कोअर्डिनेटर केशवराज फुलाराले बताए । जसमा म्याथ, कम्प्युटर र स्टाटिस्टिक्स पढाइ हुन्छ ।
कसले पढ्न पाउँछ बिमांकी
प्लस टु अध्ययन समाप्त गरेका जुनसुकै संकायका विद्यार्थीले पनि यो विषय अध्ययन गर्न पाउँछन् । तर, सय पूर्णांकको गणित भने पढेकै हुनुपर्छ । प्रत्येक सेमेस्टरमा एउटा विषयको ७५ पूर्णांकको प्रयोगात्मक परीक्षा हुन्छ । जसमध्ये ४५ अंकको फाइनल, ३० पूर्णांकको आन्तरिक हुन्छ । आन्तरिकमा ६ अंक, गृहकार्यको ६ अंक, ६ अंक हाजिरी र ६ अंकको प्रस्तुतीकरणको अंक जोडिन्छ । चार वर्षको अध्ययन समाप्तिपछि विद्यार्थीहरूले इन्टर्नसिप गर्नुपर्छ ।

कति लाग्छ शुल्क
स्नातक तह अध्ययन पूरा गर्न शुल्क करिब ४ लाख रुपैयाँ पर्छ । सुरुको वर्ष शुल्क ३ लाख ७० हजार रुपैयाँ कायम गरिएको थियो । तर, यो वर्षदेखि ४ लाख रुपैयाँ कायम गरिएको प्राध्यापक एवं प्रोग्राम कोअडिनेटर केशवराज फुलाराले बताए । एक सेमेस्टरबराबर ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ । शुल्कचाहिँ सेमेस्टरपिच्छे बुझाउन सकिन्छ । उक्त शुल्कबाहेक अन्य कुनै पनि शुल्क लाग्दैन ।

गरिब विद्यार्थीलाई छात्रवृत्ति
गरिब विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । कलेजमा अहिले ३६ जना विद्यार्थी छन् । जसमध्ये ४ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । कलेजले लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुनेले स्वतः छात्रवृत्ति पाउँछन् । सरकारी विद्यालयबाट पढेर आएका तीनजनालाई उत्कृष्टताका आधारमा छात्रवृत्ति प्रदान गरिने प्रोग्राम कोर्डिनेटर केशवराज फुलाराले बताए ।

बिमांकी अध्ययन गर्न पहिलो वर्ष ३६ जनाको कोटामा २६ जना विद्यार्थी भर्ना भएका थिए भने दोस्रो वर्ष २५ जना भर्ना भएका थिए । यो वर्ष भने ३६ जनाले अध्ययन गरिरहेको उनले बताए । अहिले तेस्रो सेमेस्टरको पढाइ भइरहेको छ । ६/६ महिनामा फाइनल परीक्षा हुन्छ । त्यसको बीचमा दुईवटा आन्तरिक परीक्षा हुन्छ । चार वर्षको कोर्स पास गरेर इन्टर्न गरेपछि मात्रै उनीहरूले लाइसेन्स प्राप्त गर्नेछन् ।
अध्ययनपछिको सम्भावना
बिमांकी अध्ययन बिमा कम्पनीका लागि मात्रै प्रयोग नहुने प्रोग्राम कोअर्डिनेटर केशवराज फुलाराले बताए । ‘यसको प्रयोग राष्ट्र बैंक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, सञ्चय कोष, नागरिक लगानी कोषसमेत हरेक क्षेत्रमा यसको प्रयोग हुन्छ,’ उनले भने ।

http://www.nayapatrikadaily.com/2018/11/03/111152/
No comments:
Post a Comment