काठमाडौं | कार्तिक २१, २०७५
पोर्टफोलियो व्यवस्थापनका लागि बजारमा लगानी गर्नुहोस् : अर्थमन्त्री
नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि अनलाइन सेयर कारोबार प्रणालीको शुभारम्भ गरेको छ । काठमाडाैंमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री युवराज खतिवडाले नेप्से अनलाइन प्रणालीको सुरुवात गरेका छन् ।
नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि अनलाइन सेयर कारोबार प्रणालीको शुभारम्भ गरेको छ । काठमाडाैंमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री युवराज खतिवडाले नेप्से अनलाइन प्रणालीको सुरुवात गरेका छन् ।
अब लगानीकर्ताले इन्टरनेटको माध्यमबाट यथास्थानमा नै बसेर सेयर खरिद–बिक्री गर्न सक्ने भएका छन् । अनलाइन प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थागत लगानीकर्तालाई सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । ‘बैंकको ब्याज भनेको मौसमी हुन्छ । आज छ भोलि छैन,’ उनले भने, ‘पोर्टफोलियो व्यवस्थापनका लागि पनि बजारमा लगानी गर्नुहोस्,’ । साथै, वित्तीय विश्लेषण गरेर बजारमा लगानी गर्न लगानीकर्तालाई उनले सुझाब दिएका छन् । कम्पनीको वासलात, नाफा–नोक्सान विवरण हेरेर मात्रै लगानी गर्नसमेत उनले आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १२ वर्षपछि नेपालमा अनलाइन सेयर कारोबार प्रणालीको सुरुवात हुनुलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताए । यसले सेयर कारोबारको दायरालाई व्यापक बनाउने उनले बताए । त्यस्तै, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले बिमा कम्पनीका सञ्चालकले निर्णय गरेको लाभांशदर अन्तिम नहुने बताए । ‘बैंक तथा अन्य कम्पनीहरूभन्दा बिमा कम्पनीको वित्तीय विवरण पारित हुने प्रक्रिया फरक छ । कम्पनीले बुझाएको वित्तीय विवरण बिमांकी हेर्नुपर्छ,’ उनले भने, ‘तर, नेपालमा एउटा पनि बिमांकी छैनन् । भारतमा पठाउनुपर्छ । यो सबै प्रक्रिया पूरा गरेपछि मात्रै लाभांश निश्चित हुन्छ,’ ।
बैंकलाई पनि सहभागी गराउनुपर्ने
नेपाल स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले भने, ‘अनलाइन प्रक्रियामा बैंकलाई समावेश नगरेसम्म पूर्ण अनलाइन कारोबार हुन नसक्ने बताएका छन् । ‘अब पनि लगानीकर्ता भुक्तानी गर्न वा भुक्तानी लिन ब्रोकरकामा नै धाउने हो भने कसरी अनलाइन प्रणाली लागू भएको भन्न सकिन्छ ?’ उनले भने । त्यसैले, जतिसक्दो छिटो यो प्रक्रियालाई पनि टुंग्याउनुपर्ने उनले बताए । साथै, सेटलमेन्ट ग्यारेन्टी फन्ड, अक्सन मार्केट कार्यान्वयनमा आउनुपर्नेमा पनि उनले जोड दिए ।

सेयर बजारको सुरुवात
०५० सालमा ओपट आउट क्राई सिस्टमबाट सुरु भएको हाम्रो बजार ०६४ सालदेखि सेमी अटोमेटड सिस्टम सुरु भयो । ०७२ सालदेखि कागजी सेयर प्रमाणपत्रहरूलाई विद्युतीय स्वरूपमा ढालेर कागजरहित कारोबार राफसाफ तथा फछ्यौटको थालनी भयो । हाल नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा प्रदान गर्न लागेको हो ।

के हो अनलाइन कारोबार ?
इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयम्ले विभिन्न धितोपत्र खरिद–बिक्री आदेश प्रविष्ट गरी कारोबार गर्न सकिने प्रणाली हो । यस प्रणालीमा कम्पनी सूचीकरण, सदस्य दलाल दर्ता, सुपरीवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालनलगायतका कार्यहरू पूर्ण रूपमा स्वचालित छन् । छुट्टाछुट्टै २० वटा मोड्युलहरू मिलेर एकीकृत रूपमा नेप्से अनलाइन कारोबार प्रणालीको विकास गरिएको छ ।

नेपाली पुँजी बजारको विक्रासक्रम
- ०३३ सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना
- ०४० धितोपत्र कारोबार ऐन तर्जुमा
- ०५० नेपाल स्टक एक्सचेन्जको स्थापना
- ०५० नेपाल धितोपत्र बोर्डको स्थापना
- ०६३ सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार
- ०६३ धितोपत्रसम्बन्धी ऐन २०६३ जारी
- ०६४ कम्प्युटरकृत स्वचालित कारोबार
- ०६४ वाइड एरिया नेटवर्कबाट कारोबार
- ०६४ कारोबार समय बढाएर तीन घन्टा
- ०६५ ओभर द काउन्टर मार्केटको स्थापना
- ०६६ दलाल व्यवसायीद्वारा काठमाडाैं उपत्यकाबाहिरबाट कारोबार
- ०६७ केन्द्रीय निक्षेप प्रणाली स्थापना
- ०७२ पूर्ण अभौतिक धितोपत्रको कारोबार
- ०७३ सूचीकृत कम्पनी आफैँले सूचना राख्ने व्यवस्था
- ०७३ कारोबार समय बढाएर चार घन्टा
- ०७३ प्राथमिक निष्कासनमा आस्वा प्रणाली
No comments:
Post a Comment