२३ श्रावण, २०७४
काठमाडौ: विदेशी बिमा कम्पनीले प्राविधिक सेवा सम्झौताअनुसार नेपालस्थित कम्पनीमा अधिकतम तीनजना कर्मचारी खटाउन पाउने भएका छन् ।
‘बिमकको प्राविधिक सेवा सम्झौतासम्बन्धी मार्गदर्शन २०७४’ जारी गर्दै समितिले नेपालमा शाखा सञ्चालन गरेका बिमा कम्पनीले विदेशस्थित आफनो मूल बिमा कम्पनीसँग वा संयुक्त रूपमा नेपालमा खोलिएका बिमा कम्पनीको सेयर लिने विदेशस्थित बिमा कम्पनीसँग प्राविधिक सेवा सम्झौता गरेर तीन जनासम्म मात्रै कर्मचारी खटाउनसक्ने व्यवस्था गरेको छ ।
समितिले गत शुक्रबार बिमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै संयुक्त रूपमा खोलिएका बिमा कम्पनीको हकमा यदि विदेशी कम्पनीको २६ देखि ५० प्रतिशतसम्म लगानी भएको अवस्थामा बढीमा २ जनासम्म कर्मचारी खटाउन निर्देशन दिएको छ ।
त्यस्तै, ५१ प्रतिशतभन्दा बढी लगानी भएको वा विदेशी बिमकको हकमा बढीमा ३ जनासम्म कर्मचारी खटाउन सक्ने व्यवस्था गरेको छ । कम्पनीहरूले प्राविधिक सेवा सम्झौता गर्दा समितिसँग स्वीकृति लिनुपर्नेछ । प्राविधिकको सेवा सम्झौताअन्तर्गत खटिइआउने व्यक्तिले समितिको सिफारिसमा प्रचलित श्रम ऐन तथा श्रम नियमावली अनुसार श्रम स्वीकृति लिएर मात्र कार्य गर्न पाउनेछन् ।
- सेवा सम्झौता गर्दा अनिवार्य रूपमा समितिसँग स्वीकृति लिनुपर्ने
- श्रम स्वीकृति लिएर मात्र काम गर्न पाउने
मार्गदर्शनले प्राविधिक सेवा सम्झौतामा खटिने कर्मचारीको अवधि तथा पारिश्रमिकको व्यवस्था समेत गरेको छ । जसअनुसार प्राविधिक सेवा सम्झौताको निश्चित अवधि तोकिएको छ । प्राविधिक सेवा सम्झौताको अवधिमा बढीमा चार बर्षको हुनेछ ।
कम्पनीले चाहेमा अर्को एक कार्यकालका लागि सेवा अवधि थप गर्न सकिनेछ । त्यस्तै, प्राविधिक सेवा सम्झौताअन्तर्गत नियुक्त हुने व्यक्तिको पारिश्रमिक विदेशी बिमक तथा संयुक्त लगानीमा स्थपित बिमकले आफैंले बेहोर्नुपर्ने वा विदेशी बिमकको विदेशस्थित मूल कम्पनी वा संयुक्त लगानीमा स्थापित बिमकको सेयर लिने विदेश स्थितबिमा कम्पनीले बेहोनुपर्नेछ ।
पारिश्रमिक बेहोर्न चाहेमा प्रमुख कार्यकारी प्रमुखको हकमा समितिबाट जारी निर्देशनअनुरूप र अन्यको हकमा बिमकको कर्मचारी सेवा शर्त विनियमावली अनुरूप गनुपर्नेछ । प्राविधिक सेवा सम्झौताको बिषयमा समितिले यसअघि बिमक दर्ता तथा सञ्चालनसम्बन्धी निर्देशिकामा सम्बोधन गरे पनि अवधि, पारिश्रमिक, स्वीकृति लगायतका विषयमा भने स्पष्ट व्यवस्था गरिएको थिएन ।
त्यसैले कम्पनीहरूलाई प्राविधिक सेवा सम्भmौता गरी नेपालमा सञ्चालित बिमा कम्पनीलाई सबल बनाउन समितिले यस्तो मार्गदर्शन जारी गरेको समितिका उपनिर्देशक शाम्बराज लामिछानेले बताए । उनका अनुसार समितिले जारी गरेको यो निर्देशक साउन ९ गते देखि नै लागू हुनेछ ।
नेपालमा सञ्चालित बिमा कम्पनीमध्ये केही विदेशी कम्पनीको शाखा छन् भने केही संयुक्त लगानीमा खोलिएका पनि छन् । संयुक्त लगानीमा खोलिएका कम्पनीमध्ये लाइफ इन्स्यारेन्स कर्पोरेसन (नेपाल) मा लाइफ इन्स्योरेन्स कर्पोरेसन इन्डियाको ५५ प्रतिशत लगानी रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा भने अमेरिकन कम्पनी सिलिक कोटको २ प्रतिशत लगानी रहेको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनीमा जर्मन कम्पनी कपुर जिएमबीएच तथा मोरगान रिड एण्ड सरमनको एक/एक प्रतिशत लगानी रहेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीमा श्रीलंकको सिलिङको इन्स्योरेन्स कम्पनी २० प्रतिशत लगानी रहेको छ । मेटलाइफ इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स तथा नेशनल इन्स्योरेन्स कम्पनी भने विदेशी कम्पनीको शाखाको रूपमा नेपालमा सञ्चालित छन् ।
http://www.karobardaily.com/news/81338
No comments:
Post a Comment