Saturday, January 21, 2017

दम्पतीका लागि जीवन बिमा योजना

काठमाडौं: माघ महिनाको सुरुवातसँगै कतिपयले वैवाहिक जीवनको आरम्भ गर्दै हुनुहुन्छ होला । कतिपयले यसअघि नै लगनगाँठो कसी सक्नु भएको होला । जे भए पनि विवाहपछि तपाईंको जीवनशैलीमा परिवर्तन मात्रै होइन थुप्रै जिम्मेवारीहरू पनि जोडिएर आउँछन् ।
यस्ता जिम्मेवारीहरूमध्ये आर्थिक जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हो । त्यसैले नयाँ जीवनको सुरुवातसँगै उपयुक्त लगानीको क्षेत्र खोजी गरी लगानी गर्नु बुद्धिमत्ता हुनेछ । 
विवाह परान्त तपाईंको जीवन साथीप्रतिको उत्तरदायित्व सबैभन्दा मुख्य हो ।
उसो तसँगै जिउने अनिसँगै बाँच्ने कसम नै खाएर विवाह बन्धनमा बाँधिने जोडी पनि उत्तिकै छन् यहाँ । तर, यी त भावनात्मक कुरा मात्रै हो । व्यावहारिकतामा हेर्ने हो भने सँगै मर्ने जोडीको संख्या कम नै होला । मृत्यु सत्य हो । यो सबैमा लागू हुन्छ । फरक छ त केवल समयको । कोही अगाडि कोही पछाडि ।
यो कुरा पवित्र माया प्रेम गर्ने जोडीमा पनि लागू हुन्छ । त्यसैले कदमकदाचित तपाईंको पहिला मृत्यु भएको अवस्थामा तपाईं आफ्नो जीवन साथीलाई कस्तो खालको आर्थिक अवस्थामा छोड्न चाहनु हुन्छ । यो कुराले बढी महत्व राख्छ । 
न त मृत्युको विषयमा कुरा गर्न कतिपयलाई मन पर्दैन । तर, संसारमा अमर पनि त कोही छैन । हामीले मृत्युको विषयमा नसोच्दैमा हामी अजर पनि त रहँदैनौं । दुर्घटना जहाँ त्यही छ । हामी कुनै पनि बेला यसको सिकार हुन सक्छौं । त्यसैले यस विषयमा समयमै सचेत हुनु आवश्यक छ ।

यसका लागि सबैभन्दा उत्तम उपाय हो बिमा । उसो त बिमा कम्पनीहरूले बजारमा विभिन्न खालका बिमा योजना सञ्चालनमा ल्याएका छन् । तर, केही बिमा कम्पनीहरूले एउटै पोलिसीले दुवै दम्पतीलाई समेट्ने गरी योजनाहरू बजारमा ल्याएका छन् । 
दम्पती बिमा योजना बिमा व्यवसायको क्षेत्रमा एउटा नौलो खालको जीवन बिमा योजना हो । श्रीमान्–श्रीमती (दम्पती) दुवैको संयुक्त नाममा एउटै बिमा पोलिसीभित्र दुवैको जीवन बिमा हुन सक्नुनै यस योजनाको सुन्दर पक्ष हो । यसबाट पारिवारिक वातावरणमा एउटा सुमधुरसम्बन्धी स्थापित भइरहनेछ । 
यो योजनाअनुसार बिमा अवधिभित्र श्रीमान्–श्रीमतीमध्ये कुनै एकको मृत्यु भएमा जीवित व्यक्तिले तत्काल बिमांक रकम प्राप्त गर्छ । तर, जीवित व्यक्तिले बाँकी रहेको अवधिको बिमाशुल्क भुक्तानी गर्नु पर्दैन । यद्यपि योजना भने निरन्तर चलिरहन्छ ।
बिमा अवधि समाप्त भएपछि जीवित व्यक्तिले बिमांक रकम र बोनस एकमुष्ट प्राप्त गर्छ ।यस योजनाको साथमा केही शुल्क थप गरी बिमितले दोहोरो दुर्घटना लाभ, अशक्त लाभ र बिमाशुल्क छुट सुविधा पनि लिन सक्ने व्यवस्था छ । 
भुक्तानी हुने अवस्थाहरू 
शिक्षित आय–आर्जनमा गर्न सक्ने विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी कम्पनीहरूले यो योजना सञ्चालनमा ल्याएका हुन् । बिमाको समाप्ति मितिसम्म श्रीमान्–श्रीमती दुवै जीवित रहेमा बिमा गरेको रकम (बिमांक) र त्यसमा पाइने बोनससमेत हिसाब गरी एकमुष्ट रकम दिइनेछ । 
बिमा अवधि समाप्त हुनुभन्दा अगाडि कुनै पनि बेला श्रीमान् वा श्रीमती दुईमध्ये कुनै एकको मृत्यु हुन गएमा जीवित व्यक्तिलाई बिमांक रकम भुक्तानी गरिन्छ । तर, यसपछि पनि पोलिसी चालू अवस्थामा नै रहन्छ । तर, बाँकी अवधिमा जीवित बिमितले बिमा शुल्क तिरिरहनु पर्दैन । बिमा अवधिको समाप्तिमा निजलाई पुन बिमांक रकम र सुरु देखिको बोनस रकम एकमुष्ट दिइन्छ । 
बिमा अवधिभित्र दुवै बिमितको मृत्यु हुन गएको अवस्थामा प्राप्त हुने बिमांक रकम र बोनस रकम निजहरूको इच्छाएको व्यक्तिलाई दिइन्छ । यदि कसैलाई पनि इच्छाएको छैन भने बिमा ऐन २०४९ को दफा ३८ मा उल्लेख गरेअनुसार नजिकको हकवालालाई उक्त रकम दिइन्छ । 
दुर्घटना लाभ सुविधा लिएको अवस्थामा दुवै दम्पतीको दुर्घटनाको कारणले १८० दिनभित्र मृत्यु भएका दुर्घटनामा लाभ सुविधाको बिमांकको दोब्बर रकम इच्छाएको व्यक्ति वा बिमा ऐन २०४९ को दफा ३८ बमोजिम नजिकको व्यक्तिलाई भुक्तानी गरिन्छ ।
दुर्घटनाबाट बिमित दम्पतीमध्ये कुनै एकले मात्र मृत्यु भएमा दुर्घटना लाभ सुविधाको बिमांकबराबर थप रकम जीवित दम्पतीलाई दिइनेछ । दुर्घटना लाभ सुविधा भुक्तानी लिएपश्चात् जीवित दम्पतीको कुनै कारणले दुर्घटना भएमा पुनः दुर्घटना लाभ सुविधा उपलब्ध हुँदैन । 
बिभिन्न कम्पनीका दम्पती बिमा योजना
नेपाल लाइफ इन्स्योरेन्स 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दम्पतीलाई लक्षित गरी ‘जीवन सारथी’ नामक जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । कम्तीमा १८ वर्ष पुगेका र बढीमा ५० वर्ष पुगेका दम्पतीले यो योजना खरिद गर्न सक्छन् । यस्तो खालको बिमाको अवधि कम्तीमा १५ र बढीमा ३० वर्षको हुन्छ । यो योजना कम्तीमा ५० हजार र बढीमा बिमितको आम्दानीको आधारमा गर्न सकिछ । 
नेसनल लाइफ इन्स्योरेन्स
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘दम्पती अमृत सावधिक’ नामक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले श्रीमान्–श्रीमती दुवैको बिमा गर्न सकिन्छ । कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षसम्मका दम्पतीले यो योजना खरिद गर्न सक्छन् ।
यो योजना कम्तीमा ५ र बढीमा ३० वर्षसम्मका लागि खरिद गर्न सकिन्छ । बिमितले थोरैमा ५० हजार र बढीमा आम्दानीको स्रोतको आधारमा बिमांक रकम तोक्न सक्नेछन् । तर, श्रीमान्–श्रीमतीको उमेर फरक २० वर्षभन्दा बढीको हुनुहुँदैन । 
एसियन लाइफ इन्स्योरेन्स 
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘दम्पती सुरक्षा (संयुक्त सावधिक)’ नामक जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले पनि दम्पतीको नै बिमा गर्न सकिन्छ ।
कम्तीमा १८ वर्ष पूरा गरेको र ५० वर्ष नपुगेका दम्पतीले यो योजना खरिद गर्न सक्नेछन् । यो योजना कम्तीमा १५ बढीमा २५ वर्षसम्मका लागि खरिद गर्न सकिन्छ । बिमांक कम्तीमा ५० हजार र बढीमा बिमितको आयस्रोतको आधारमा तय गरिन्छ । 
राष्ट्रिय बिमा संस्थान
राष्ट्रिय बिमा संस्थाले ‘जीवन साथी’ नामक बिमा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले पनि श्रीमान्–श्रीमती दुवैको बिमा गर्न सकिन्छ । 
 
नवविहाहितका लागि आर्कषक छ
कमलपन्थी
सहायक महाप्रबन्धक
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
जीवन सारथी बिमा योजना कस्तो खालको योजना हो ?
जीवन सारथी दम्पतीलाई उपयुक्त हुने सावधिक जीवन बिमा हो । यस बिमा योजनाले बिमा अवधि भर दुबै श्रीमान्–श्रीमतीको समेत गरी दोब्बर बिमांक बराबरको मृत्यु जोखिम बहन गर्छ भने बिमा अवधि समाप्तिमा बिमांक र आर्जित बोनस रकमसमेत प्राप्त हुने हुँदा लगानीको साथसाथै लगानीको प्रतिफल समेत सुनिश्चित गर्छ । 
कस्तो खालको व्यक्तिले यो योजना खरिद गर्नु उपयुक्त हुन्छ ?
भर्खर विवाह बन्धनमा बाँधिएका नवदम्पतीदेखि ५० वर्षसम्मका दम्पतीहरूले यस बिमा योजना खरिद गर्न सक्छन् । बिमा अवधि आफ्नो इच्छाअनुरूप १५ वर्षदेखि ३० वर्षसम्मको लागि छनौट गर्न सकिन्छ । यसरी बिमा अवधि छनौट गर्दा बिमा अवधि समाप्तिमा दम्पतीमध्ये एकको अधिकतम उमेर ६५ वर्ष ननाध्ने गरी गर्नुपर्छ ।
यो योजना कसरी खरिद गर्न सकिन्छ ?
यो बिमा योजना कम्पनीका आधिकारिक अभिकर्ताहरूलाई सम्पर्क गरी खरिद गर्न सकिन्छ । वा आफूलाई पायक पर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गरी खरिद गर्न सकिन्छ ।
जीवन सारथि बिमा खरिद गर्नका लागि पूर्ण रूपले भरिएको प्रस्ताव फारम, व्यक्तिगत स्वास्थ्यसम्बन्धी विवरण, दुवै दम्पतीको फोटो, नागरिकताको प्रतिलिपि र विवाहदर्ता कागजात आवश्यक पर्छ । बिमांक रकमको छनौट गर्दा जीवन बिमा अवधि समाप्तिमा आफूले जोहो गर्न चाहेको रकम र आफूले वर्षभरि तिर्नसक्ने रकमको आधारमा गणना गरी गर्न सकिन्छ ।
नेपालमा यो योजनाको माग कति छ ?
 माग राम्रो छ । नवविवाहित दम्पतीहरूले भविष्यका लागि बचत तथा जोखिमप्रति ध्यान दिइ बिमा योजना छनौट गर्ने कार्यहरू प्राथमिकता राख्ने कार्य गरेमा अझ मागमा वृद्धि हुने देखिन्छ ।
जीवन सारथी बिमा योजनाका  विशेषता
  • एकै बिमालेखबाट दुई जना (श्रीमान्–श्रीमती) को जीवन बिमा हुने ।
  • बिमांक रकम रु.५०,००० देखि दम्पतीको आयस्रोतको आधारकमा जति पनि गर्न सकिने ।
  • बिमाशुल्क आफ्नो छनौटअनुरूप त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा गर्न सकिने ।
  • कथंकदाचित बिमा अवधिभित्र दम्पतीमध्ये एकको मृत्यु भएमा बिमांकबराबर रकम जीवित श्रीमान्–श्रीमतीलाई भुक्तानी हुने । दुवै जनाको एकै घटनामा मृत्यु भएमा दोब्बर बिमांक रकम र बिमालेखले आर्जन गरेको रकम एकमुष्ठ इच्छाएको व्यक्तिलाई भुक्तानी हुने ।
  • दम्पतीमध्ये एकको मृत्युपश्चात् त्यसपछिको सम्पूर्ण बिमाशुल्क छुट भई बिमालेख चालू भइरहने ।
  • यसरी बिमाशुल्क छुट भई बिमालेख चालू रहेको अवस्थामा अर्को बिमितको पनि मृत्यु भएमा बिमांक र बिमालेखको सो अवधिसम्म आर्जन गरेको बोनस रकम बिमालेखमा इच्छाइएको व्यक्तिलाई भुक्तानी हुने ।
  • बिमालेख अवधि समाप्तिमा दम्पतीमध्ये कुनै एक जीवित रहेमा बिमांक र बिमालेखको सो अवधिसम्म आर्जन गरेको बोनस रकम भुक्तानी हुनेछ ।
  • यस बिमा योजनामा अतिरिक्त सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ पूरक सुविधा लिन सकिने । यसरी थप सुविधा लिएको अवस्थामा बिमितको दुर्घटनाबाट मृत्यु भएमा थप बिमांकबराबर रकम कम्पनीले भुक्तानी गर्छ ।
     

No comments:

Post a Comment