अस्तित्वमै नरहेका स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीबाट ३० करोडभन्दा बढी उठाउन बाँकी

मुना कुँवर
त्रिभुवन विमानस्थलको सेवासुविधा प्रयोग गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीसहित विभिन्न निकायबाट असुल गर्नुपर्ने बक्यौता रकम साढे २ अर्ब पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७६/७७ को असोजसम्ममा प्राधिकरणले असुल गर्नुपर्ने रकम २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०६७ अनुसार वायुसेवा कम्पनी तथा विमानस्थल परिसरभित्र रहेका संस्थाहरूबाट शुल्क लिने व्यवस्था गरिएको छ । प्राधिकरणले अवतरण, भूमिस्थ, हवाई इन्धन, विज्ञान, सुरक्षा जाँच, मालसमान ढुवानी, भवन तथा कोठा प्रयोग, सञ्चार, क्याटरिङलगायतबाट शुल्क उठाउँदै आएको छ ।
नियमावलीअनुसार विमानस्थलको सेवा उपयोग गरेबापत तत्काल शुल्क भुक्तानी गर्नुपर्छ । त्यस्तै चार्डर्ट गरिएका विमान र सेडुअल नभएको उडान गर्नुपरेमा भने उडानपूर्व नै भुक्तानी गर्नुपर्छ । त्यस्तै, नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्राधिकरणले मिल जारी गरेको ३० दिनभित्र बक्यौता रकम भुक्तानी गरिसक्नुपर्छ । कुनै सम्झौता भएमा ३० दिनभित्र बक्यौता बुझाउनुपर्छ । अन्यथा प्राधिकरणले तोकेको अवधि गुज्रिएको १५ दिनभित्र ५ प्रतिशत जरिवाना लाग्छ । १६ दिनपछि १५ प्रतिशत र ३० दिनपछि ३० प्रतिशत विलम्ब शुल्क लाग्छ । यस्तो बक्यौता रकम असुल गर्ने मुख्य जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने नियमावलीमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय कम्पनीबाट मात्रै सवा अर्ब बक्यौता
स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको बक्यौता मात्रै १ अर्ब १६ करोड रुपैयाँ रहेको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए । प्राधिकरणका अनुसार बन्द भइसकेका वायुसेवा कम्पनीबाट पनि रकम असुल गर्न बाँकी छ । सरकारी कम्पनी नेपाल एयरलाइन्सको बक्यौता मात्रै ३० करोड ७३ लाख रुपैयाँ छ । त्यस्तै एयर एसियाको १८ करोड ९४ लाख, हिमालयन एयरलाइन्सको १५ करोड ५ लाख, हङकङ ड्रागन एयरलाइन्सको १ करोड ४८ लाख, इत्तेहादको १ करोड १३ लाख, एयर इन्डियाको ४ करोड ८० लाख, जेट एयरवेजको २ करोड २ लाख, किंगफिसरको १ करोड १५ लाख, मालिन्दो एयरको २ करोड १२ लाख, ओमन एयरको १ करोड २३ लाख, कतार एयरवेजको ३ करोड, थाई लाएन एयरको १ करोड ९ लाख, थाई एयरवेजको १ करोड २१ लाख बक्यौता छ । बक्यौता रहेका कतिपय कम्पनी बन्द भइसकेका छन् ।

स्वदेशी कम्पनीबाट मात्रै ४० करोड बक्यौता बाँकी
स्वदेशी निजी वायुसेवा कम्पनीबाट असुल गर्नुपर्ने रकम बक्यौता रकम ४० करोड पुगेको छ । जसमध्ये यति एयरलाइन्सको ६५ लाख ६५ हजार रुपैयाँ बक्यौता छ । ताराको ७ लाख १ हजार, सीता एयरको ४४ लाख ४६ हजार, सिम्रिकले १ करोड ४ लाख, अल्टिच्युडले ७८ हजार ४ सय ९१ रुपैयाँ, अल्पाइन एयर ७२ हजार ७२८, गोर्खा एयरलाइन्सको ६ लाख ५७ हजारलगायत अन्य कम्पनीको बक्यौता रहेको प्राधिकरणको तथ्यांक छ ।

सरकारी निकायले पनि गर्दैनन् भुक्तानी
विमानस्थल प्रयोग गरेबापत सरकारी निकायहरूले पनि लामो समयदेखि भुक्तानी गरेका छैनन् । प्राधिकरणका अनुसार बिमा संस्थानको बक्यौता रकम ७५ हजार छ । नेसनल ट्रेडिङको ३ लाख ७० हजार, आयल निगमको ६१ लाख १८ हजार, टेलिकमको २२ लाख ४९ हजार, पर्यटन बोर्डको ५ लाख ३५ हजार बक्यौता रहेको छ ।

साढे एक अर्ब आम्दानी
प्राधिकरणले त्रिभुवन विमानस्थलबाट डेढ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चालू आवको तीन महिनाको अवधिमा विमानस्थलबाट १ अर्ब ४५ करोड रुपैयाँ आर्जन भएको हो । प्राधिकरणले टर्मिनल भाडाबाट ५ करोड ४५ लाख, जग्गा भाडाबाट १ करोड ७९ लाख, अवतरण शुल्कबाट २२ करोड ९२ लाख, सञ्चार शुल्कबाट १० करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बक्यौता असुल गर्न जटिल छ
राजन पोखरेल
महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
बक्यौता भएका कम्पनीलाई पत्र काटिएको छ । यद्यपि, नेकोन र कस्मिकलगायतका कतिपय कम्पनी बन्द भइसकेका छन् । तैपनि, घरघरबाट नै रकम उठाउने भन्ने योजना पनि भएको थियो । तर, कम्पनीका मालिकहरू को कहाँ छन् भनेर खोज्न जटिल छ । यसको जिम्मेवारी टिआइएको हो । टिआइएले रकम असुल गर्न प्रक्रिया अगाडि बढाएको छ ।
नीतिगत तहबाट नै निर्णय हुनुपर्छ
प्रतापबाबु तिवारी
प्रवक्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
बन्द भएका वायुसेवा कम्पनीबाट असुल गर्नुपर्ने विषयमा प्राधिकरणको तहबाट नै निर्णय हुनुपर्छ । टिआइए प्राधिकरणअन्तर्गत रहेको नीतिगत तहबाट नै निर्णय हुनुपर्छ । त्यस्तै, नेपाल एयरलाइन्स कम्पनीबाट पनि ठूलो रकम असुली हुन बाँकी छ । यस विषयमा सरकारको तर्फ नै निर्णय भयो भने हामीलाई समन्वय गर्न सहज हुन्छ ।

बन्द कम्पनीको बक्यौता उठ्ने सम्भावना न्यून
नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द भएका वायुसेवा कम्पनीबाट मात्रै असुल गर्नुपर्ने रकम ३० करोडभन्दा बढी पुगेको छ । अस्तित्वमा नै नरहेका स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको बक्यौता असुल हुने सम्भावना न्यून रहेको स्वयं विमानस्थलका अधिकारीहरू बताउँछन् । नेपाल उडान भर्दै आएका अन्तर्राष्ट्रिय कम्पनी एयर एसिया, जेट एयरवेज, किङफिसर बन्द भइसकेका छन् । तर, ती कम्पनीबाट मात्रै प्राधिकरणको बक्यौता २२ करोड १२ लाख रुपैयाँ छ । जसमध्ये एयर एसियाको १८ करोड ९४ लाख, जेट एयरवेजको २ करोड र किङफिसरको १ करोड १५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बन्द भएका स्वदेशी वायुसेवा कम्पनीबाट पनि करिब ८ करोड असुल्न बाँकी छ ।

स्वदेशी कम्पनीमध्ये कस्मिक एयरको ३ करोड ३३ लाख, नेकोन एयरको ४ करोड ६३ लाख, गोर्खा एयरलाइन्सको ६ लाख ५७ हजार, कर्णालीको १६ लाख ६४ हजार, माउन्टेनको ६ लाख ६ हजारलगायतका कम्पनीहरूबाट प्राधिकरणले असुल गर्नुपर्नेछ । तर, कम्पनीहरूको अस्तित्वमा नै नरहेकाले विमानस्थलले असुल गर्न सकेको छैन ।
No comments:
Post a Comment