मुना कुँवर
बिहानीको पारिलो घाम उस्तै थियो, सराङकोट डाँडामा । स्वदेशी तथा विदेशी पर्यटकको आवत–जावत बाक्लिँदै थियो । फ्याट्ट पाइलट गणेश गैरेले बेल्ट र हेल्मेट लगाइदिए । सँगसँगै प्यारासुट पनि तयार पारे, उनले । सुस्तरी–सुस्तरी हावा चल्न थाल्यो । प्यारासुटमा हावा भरिएसँगै पाइलटले ‘दौडनुस्’ भने । दुवै सँगसँगै दौडियौँ । बत्तिएर प्यारासुट माथि उड्यो । जमिन छोड्दा झ्वाम्म स्विमिङ पुलमा डाइभ हानेजस्तै भयो ।
बिस्तारै हावामा उड्न थाल्यौँ । त्यसपछि भने रमाइलो लाग्न थाल्यो । नीलो फेवाताल, त्यसको छेउमा लेकसाइड, हरियो रानीवन छर्लंग देखियो । निद्राबाट ब्युँझेझैँ सबै टलक्क टल्किए । डर एकाएक भाग्यो ।
यो उचाइको डर पहिल्यैदेखि नै थियो । जसले गर्दा सराङकोट पुग्ने हिम्मत जुटाउन सकेकी थिइनँ । घर–आँगनछेउमै मान्छे चराझैँ उडिरहँदा पनि वास्ता गरेको थिइनँ । आकाशमा उड्ने रहर त कसलाई पो हुँदैन र ! झन् पोखरावासी आँखैअगाडि उडिरहेका देख्छन् ।
सानो छँदा मलाई पनि एउटा रहर थियो, चराझैँ उड्ने । एउटा रूखबाट उडेर अर्को रूखमा पुग्ने । जमिनलाई तल पार्दै खुला आकाशमा बेपरवाह बरालिने कल्पना त सानो छँदा कति गर्थेँ कति । लाग्थ्यो, चरा हुन पाए त एकछिनमै मामाघर जान्थेँ, दिदीको घर जान्थेँ, सराङकोट पुग्थेँ, माछापुच्छ«े पुग्थेँ अनि साँझ मात्रै घर फर्किन्थेँ । अहिले आएर सानो छँदाका सपना त बिर्सिसकेकी थिएँ, तर प्याराग्लाइडिङ गर्ने चाहना भने थियो । तर, फेरि त्यही उचाइको डर, हिम्मत आउँदैनथ्यो । यसपटक भने डरलाई जितेर आकाशमा उडेँ । डरले भन्दा पनि पोखराको सुन्दरताले तानिराख्यो ।
उसो त पोखराको सुन्दरताले कसलाई पो तान्दैन र ! सुन्दर हिमाल, सफा सहर, तालतलैया, हरियो जंगल पोखराका आकर्षण हुन् । पोखराको सुन्दरताले स्वदेशीलाई मात्रै होइन, विदशीलाई पनि लोभ्याउँछ । त्यसैले त संसारका कुनाकाप्चाबाट पर्यटक घुमफिरकै लागि फेवा–किनार पुग्छन् ।
मलाई पनि पोखराको सुन्दरता अलि पछि नै अनुभूत भएको हो । जन्मथलो पोखरा छोडेर काठमाडौं छिरेपछि मात्रै कति सुन्दर रहेछ, आभास गरेँ । कस्तुरीलाई आफ्नो नाभि भएको विनाको सुगन्ध थाहा नभएजस्तो । जब काठमाडौं हुन्छ या अन्यत्र, घुमफिरमा निस्किन्छु, त्यतिवेला पोखराको सुन्दरता झलझली आँखैअगाडि आउँछ ।
तैपनि, जीवनको भागदौडका क्रममा पोखरा पुग्दा भने फेवाताल छुट्दैन । वसुन्धरा पार्कमा बसेर फेवाताल, पारिपट्टिको रानीवन र हिमालका सुन्दर दृश्यले मन शीतल बनाउँछ । यसपटक भने फेवा–किनारमा मात्रै बसिनँ, फेवामाथिको आकाशमा पनि उडेँ ।
सराङकोटको डाँडो जसै तलतल हुँदै गयो, त्यति नै पोखराको दृश्य आँखाभरि फिँजिन थाल्यो । माथिबाट पूरै पोखरा उपत्यका अझ सुन्दर देखियो । उड्दै गर्दा म हाम्रो घर खोज्न थालेँ । घर भेट्टाउन नपाउँदै फेवाताल र त्यसबीचमा रहेको मन्दिरले ध्यान तानिहाल्यो । हिमालको दृश्य अझ मनमोहक देखिँदो हरेछ । माथि–माथि उड्दा मन आतिन्थ्यो, तर सुन्दर दृश्यले उत्तिकै आनन्द आउँथ्यो ।
पाइलटले घरी सराङकोटको टुप्पामा पुर्याउँथे, घरी ग्यारजातिको डाँडासम्म लैजान्थे । केही बेरमा पामेमा पुगिन्थ्यो, अनि लगत्तै फेवा तालमाथि चक्कर लगाइन्थ्यो । करिब २५ मिनेट फेवामाथिको आकाशमा विचरण गरेपछि तालछेउमै अवतरण गरेँ । उड्नुअघि जति डर र त्रास थियो, उडिसकेपछि सबै सकिएजस्तो महसुस भयो । नयाँ अनुभव गरेँ । र, फ्लाई निरभाना प्याराग्लाइडिङ एजेन्सीलाई धन्यवाद दिँदै फेरि उड्ने अठोटसहित फर्किएँ ।
सराङकोट र तोरीपानी
पोखराको सराङकोट र तोरीपानीबाट प्याराग्लाइडिङ गर्न सकिन्छ । औसतमा १५ देखि ३० मिनेटसम्म आकाशमा उडाइन्छ । बिहान १० बजेपछि मात्रै प्याराग्लाइडिङ सुरु हुन्छ । प्रायः एउटा पाइलटले दिनमा एउटा उडान गर्छन् । सिजनमा भने दुईवटासमेत उडान गराउँछन् । पोखरामा दैनिक चार सय ५० देखि ६ सय उडान हुन्छन् । यसमा मौसमले साथ दिनै पर्छ ।

यसका लागि ६५ प्याराग्लाइडिङ कम्पनी दर्ता भएका छन् । जसमा ५५ वटा मात्रै सञ्चालनमा छन् । उडान भर्न तीन सय ५० पाइलटले लाइसेन्स लिएका छन् । अहिले ४० वटा पाइलट लाइसेन्स लिने अन्तिम चरणमा पुगेका छन् । यतिवेला भने तीन सय पाइलटले उडान भरिरहेका छन् ।

प्रविधिले सुरक्षित हुँदै
प्याराग्लाइडिङ साहसिक खेल हो । त्यसैले यसमा जोखिम पनि उत्तिकै हुन्छ । प्याराग्लाइडिङ गर्दा पोखरामा दुर्घटना पनि भएका छन् । तर, प्रविधिको प्रयोगसँगै उडानलाई सुरक्षित बनाउँदै लगिएको ब्लु स्काई प्याराग्लाइडिङका सञ्चालक नारायण पराजुली बताउँछन् । अहिले पाइलटलाई लाइसेन्स लिने प्रक्रियामा कडाइ गरिएको छ । त्यस्तै आधुनिक उपकरणको प्रयोग गरिन थालेको उनी बताउँछन् । यससँगै यात्रुको ३७ लाख रुपैयाँबराबरको बिमाको पनि व्यवस्था गरिएको छ ।

माछापुच्छ्रेसँगै टलक्क टल्किएका हिमशृंखला, नीलो फेवाताल, हरियो रानीवनसँगै सुन्दर पोखरा उपत्यका नियाल्न आकाश बढारेजस्तै भएको छ । साहसिक खेलको मज्जा लिन पोखरामा प्याराग्लाइडिङ गर्ने सिजन यही हो ।
सिजनअनुसार शुल्क
प्याराग्लाइडिङको शुल्क प्याराग्लाइडिङ एसोसिएसनले नै निर्धारण गर्छ । सिजन र अफसिजनमा शुल्क पनि परिवर्तन हुन्छ । साधारणतया एकपटकको उडान शुल्क पाँच हजार रहेको छ । कहिलेकाहीँ थपघट पनि हुन्छ ।
प्याराग्लाइडिङको शुल्क प्याराग्लाइडिङ एसोसिएसनले नै निर्धारण गर्छ । सिजन र अफसिजनमा शुल्क पनि परिवर्तन हुन्छ । साधारणतया एकपटकको उडान शुल्क पाँच हजार रहेको छ । कहिलेकाहीँ थपघट पनि हुन्छ ।
अपनाउनुपर्ने सावधानी
प्याराग्लाइडिङ गर्दा कतिपय व्यक्तिलाई रिँगटा लाग्छ । कतिपयलाई डर लाग्छ । यस्तोबाट बच्न प्याराग्लाइडिङ गर्नुअघि हल्का नास्ता गर्नुपर्छ । उडान गर्दा सकारात्मक सोच्नुपर्छ । पाइलटसँग कुराकानी गर्नुपर्छ ।
प्याराग्लाइडिङ गर्दा कतिपय व्यक्तिलाई रिँगटा लाग्छ । कतिपयलाई डर लाग्छ । यस्तोबाट बच्न प्याराग्लाइडिङ गर्नुअघि हल्का नास्ता गर्नुपर्छ । उडान गर्दा सकारात्मक सोच्नुपर्छ । पाइलटसँग कुराकानी गर्नुपर्छ ।
प्याराग्लाइडिङको याम
म पो फर्किएँ, देश–विदेशका साहसी खेलका पारखी भने पोखरा आइरहेकै छन्, किनकि यो प्याराग्लाइडिङको मौसम हो । देश–विदेशका पर्यटकको पोखरासँग सराङकोटमा लर्को नै देखिन्छ । सेताम्य हिमाल, सुन्दर पोखरा भ्याली, फेवाताल, हरियो जंगल, सुरम्य पहाड, त्यसमाथि स्थिर स्तूपालगायतका दृश्य अवलोकन गर्न पाइने भएकाले पोखरामा प्याराग्लाइडिङ गर्ने दिन–प्रतिदिन बढ्दै गएको ब्लु स्काई प्याराग्लाइडिङका सञ्चालक नारायण पराजुली बताउँछन् । ‘संसारको कुनै पनि स्थानबाट प्याराग्लाइडिङ गर्दा यस्तो दृश्य देख्न पाइँदैन, जुन पोखराबाट मात्रै देखिन्छ,’ पराजुली भन्छन् ।
उसो त पोखरामा वर्षभरि नै प्याराग्लाइडिङ गर्न सकिन्छ । तैपनि, असोजदेखि फागुनसम्म उपयुक्त मौसम मानिन्छ । यो समयमा मौसम सफा हुने र हिमाली दृश्य देख्न सकिन्छ । माछापुच्छे«, धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमालय शृंखला नजिकबाट देख्न सकिन्छ । फेवाताल, पोखरा भ्याली, बौद्ध स्तूपाको सुन्दर दृश्य आकाशबाट नै नियाल्न सकिन्छ ।
त्यसैले यतिवेला पोखरामा प्याराग्लाइडिङ गर्न भारत, चीन, जर्मनी, फ्रान्स, कोरियालगायतका मुलुकबाट पर्यटक आएका छन् । प्याराग्लाइडिङ गर्नेमध्ये नेपाली र भारतीय नागरिक नै बढी हुने गरेको पाइलट खगराज पौडेल बताउँछन् । उनका अनुसार चिनियाँ पनि उत्तिकै आउँछन् । ‘विदेशीहरू साहसिक खेल मन पराउने भएकाले प्याराग्लाइडिङ गर्छन् । अधिकांश नेपाली अरूको देखेर नै रहर गरेर आउँछन्,’ पौडेल भन्छन् ।
प्याराग्लाइडिङ गर्ने सबैले रमाइलो अनुभव मात्रै गर्दैनन्, कतिपय उड्न नपाउँदै डराउने गरेको उनको अनुभव छ । ‘कोही–कोही त डराएर चिच्याउँछन् । तल झारिदेऊ भन्छन् । यस्तालाई केही सम्झाउँछौँ । त्यसो गर्दा पनि उनीहरूलाई सहज भएन भने तल झारिदिन्छौँ,’ पौडेल भन्छन् । केही पर्यटक भने साहसी हुन्छन् । उनीहरूलाई फेवातालमाथि ‘स्टन्ड’समेत गराइने उनी बताउँछन् ।
https://www.nayapatrikadaily.com/news-details/28647/2019-11-09
https://www.nayapatrikadaily.com/news-details/28647/2019-11-09
No comments:
Post a Comment