मुना कुँवर
नेपाली बिमा कम्पनीले विदेशमा समेत शाखा खोल्न सक्ने
बिमा समितिले बिमकको शाखा स्थापनासम्बन्धी निर्देशिका २०७५ जारी गर्ने तयारी गरेको छ । प्रारम्भिक मस्यौदा तयारी गरी सञ्चालक समितिमा पठाइसकेको समितिले जानकारी दिएको छ ।
धेरैअघिदेखि चर्चामा रहेको नेपाली बिमा कम्पनीको शाखा विदेशमा समेत विस्तार गर्ने विषयलाई समितिले नीतिगत रूपमा नै व्यवस्था गर्न लागेको छ । निर्देशिकाअनुसार समितिले तोकेको चुक्ता पुँजी कायम गरेको कुनै पनि कम्पनीले विदेशमा शाखा कार्यालय स्थापना गर्न सक्नेछन् । यसका लागि कम्पनीले सम्बन्धित मुलुकको सम्भाव्यता अध्ययन गर्नुपर्नेछ । त्यसैगरी, सम्बन्धित मुलुकको नियामक निकायले तोकेको पुँजी पूरा गर्नुपर्नेछ र सो पुँजीको व्यवस्थापन गरिने स्रोतसमेत खुलाउनुपर्नेछ । स्वीकृति प्राप्त गरेको ६ महिनाभित्रमा शाखा कार्यलय खोलिसक्नुपर्नेछ । सो विषयमा सम्बन्धित मुलुकको ऐन तथा नीतिगत व्यवस्थाले नरोक्ने व्यहोरा पहिले नै प्रमाणित गर्नुपर्नेछ ।
उपत्यकाबाहिर शाखा खोल्न स्वीकृति लिनुनपर्ने
गाउँपालिकामा शाखा सञ्चालन गर्न बिमा कम्पनीहरूले समितिको स्वीकृति लिनुनपर्ने भएको छ । सामान्यतया बिमकले शाखा खोल्नुअघि समितिको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । काठमाडौं उपत्यका, महानगरपालिका उपमहानगरपालिका वा नगरपालिका केन्द्रबाहेकका स्थानमा शाखा खोल्न समितिको स्वीकृति लिनुनपर्ने व्यवस्था गरिएको हो । तर, बिमकको सञ्चालक समितिले शाखा कार्यालय खोल्ने निर्णय गरेको सात दिनभित्र समितिमा जानकारी गराउनुपर्नेछ ।

चक्रपथबाहिर खोल्नेलाई प्राथमिकता
बिमा समितिले चक्रपथबाहिर शाखा खोल्ने कम्पनीलाई प्राथमिकता दिने भएको छ । निर्देशिकाअनुसार काठमाडांै उपत्यकाबाहिर तीनवटा शाखा सञ्चालनमा ल्याएपश्चात् मात्र काठमाडांैभित्र एक शाखा खोल्न स्वीकृति प्रदान गरिने व्यवस्था गरिएको छ । उपत्यकाभित्र शाखा खोल्न निवेदन पेस गर्दा बाहिर खोलिएका शाखाहरूको सम्पूर्ण विवरण पेस गर्नुपर्नेछ ।

बिमकले शाखा विस्तार गर्नुअघि प्रस्तावित स्थान वित्तीय रूपले सम्भाव्य रहेको स्थलगत अध्ययन गर्नुपर्नेछ । बिमकले समितिको नीतिगत व्यवस्था तथा निर्देशनबमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको हुनुपर्नेछ । त्रैमासिक वित्तीय विवरणमा समितिले तोकेको पुँजीकोष पूरा गरेको हुनुपर्नेछ । नेटवर्किङ गरी वा विद्युतीय माध्यमबाट केन्द्रीय कार्यालयमा सूचना प्रणालीमा तत्काल आबद्ध हुन सक्ने व्यवस्था गरेको हुनुपर्नेछ ।
क्षेत्रीय कार्यालय पनि खोल्न सकिने
बिमकले क्षेत्रीय कार्यालय पनि स्थापना गर्न सक्नेछन् । कार्यविधिअनुसार बिमकले काम–कारबाहीको अनुगमन, निरीक्षणलगायतका अन्य प्रशासनिक कार्यहरू गर्ने गरी क्षेत्रीय कार्यालय स्थापना गर्न सक्नेछन् । एउटा क्षेत्रीय कार्यालयअन्र्तगत १० वटा शाखा कार्यलयहरू रहने व्यवस्था गर्नुपर्नेछ । सोमध्ये ३० प्रतिशत शाखा कार्यालयहरू ग्रामीण स्थानमा सञ्चालनमा रहेको हुनुपर्नेछ । एकै जिल्ला, प्रदेश र क्षेत्रभित्रका शाखा कार्यालयहरूलाई एउटै क्षेत्रीय कार्यालयको मातहतमा राख्नुपर्नेछ । क्षेत्रीय कार्यालय शाखा कार्यालयहरूको अनुगमन, निरीक्षण तथा अन्डरराइटिङ विश्लेषण गरी स्वीकृतिको निर्णय लिनुपर्नेछ ।

एक्सटेन्सन काउन्टर पनि खोल्न सकिने
बिमकले महानगरपालिका र उपमहानरपालिकाबाहेकका क्षेत्रमा एक्सटेन्सन काउन्टर पनि खोल्न सक्नेछन् । तर, व्यापारिक, उत्सव, मेला, जोखिमउन्मुख आर्थिक क्रियाकलाप तथा आवधिक घुम्ती बजार सञ्चालन हुने स्थलमा बढीमा ३५ दिनका लागि बिमा शुल्क संकलन, दाबी भुक्तानी गर्ने गरी समितिलाई पूर्वजानकारी दिई काउन्टर खोल्न सकिनेछ । काउन्टरले बिमाशुल्क संकलन दाबी भुक्तानी गर्ने कार्य मात्र गर्न पाउनेछ । काउन्टरका लागि बिमकले सम्बन्धित शाखा तोक्नुपर्नेछ । बिमकहरूको उपस्थिति नभएको स्थान÷बस्तीमा एक्सटेन्सन काउन्टर खोल्न प्राथमिकता दिइनेछ । बिमकले समितिको निर्देशनविपरीत कुनै शाखा सञ्चालन गरेमा तत्काल शाखा बन्द गरी आगामी २ वर्षसम्म थप शाखा खोल्न पाइनेछैन ।

बिमा सुविधा नभएको स्थानमा घुम्ती सेवा
बिमा सुविधा नपुगेको स्थानमा बिमकहरूले घुम्ती सेवा सञ्चालन गर्न पाउने भएका छन् । काठमाडांै उपत्यकाका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेक कुनै पनि स्थानमा बिमकको कुनै नजिकको शाखालाई सम्पर्क कार्यालय तोकेर घुम्ती सेवा सञ्चालन गर्न सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

http://www.nayapatrikadaily.com/2018/10/29/109205/
No comments:
Post a Comment