मुना कुँवर
काठमाडौं ः सेयर ब्रोकरको शाखा विस्तारका विषयमा नियामक नेपाल धितोपत्र बोर्ड र सेवा प्रदायकहरूको सहजीकरण गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बीच विवाद बढेको छ ।
काठमाडौं ः सेयर ब्रोकरको शाखा विस्तारका विषयमा नियामक नेपाल धितोपत्र बोर्ड र सेवा प्रदायकहरूको सहजीकरण गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बीच विवाद बढेको छ ।
शाखा विस्तारका विषयमा कानुनी अड्चन रहेको भन्दै बोर्डले तत्काल विस्तारको कार्य रोक्न निर्देशन दिए पनि नेप्सेले भने आगामी वैशाख १५ गतेभित्र शाखा सञ्चालन गर्न ब्रोकर कम्पनीहरूलाई निर्देशन दिएको छ ।
ब्रोकर व्यवसायीहरूको शाखा थप गरी धितोपत्रको दोस्रो बजार सेवालाई विस्तार गर्ने सम्बन्धमा नेप्सेले गत वर्षदेखि नै प्रक्रिया आरम्भ गरेको हो । यस सम्बन्धमा बोर्ड र नेप्सेबीच गत पुस १७ मा छलफल पनि भएको थियो ।
छलफल अनुसार शाखा विस्तारको लागि ब्रोकरको पुँजी, आवश्यक पूर्वाधार, जोखिम व्यवस्थापन, जनशक्ति तथा यसको व्यवस्थापन, नेप्सेको कारोबार प्रणाली तथा सीडीएस एण्ड क्लियरिङको राफसाफ तथा फछ्र्याैट कार्य व्यवस्थापन लगायतकासम्बन्धमा नेप्सेले राय पेश गर्नुपर्ने निर्णय भएको थियो ।
सोही अनुसार गत माघ ७ गते बसेको नेप्सेको सञ्चालक समितिले शाखा विस्तार गर्ने ब्रोकर व्यवसायीको भौतिक पूर्वाधार निरीक्षण गरी विस्तारको कार्य अगाडी बढाउन व्यवस्थापनलाई निर्देशन दिएको थियो ।
यस्तै, गत माघ ११ मा नेप्सेले शाखा विस्तारको स्वीकृति प्रदान गरी विभिन्न शर्तहरूसहित पूर्वाधार तोकिदिएको थियो भने फागुन २४ मा सम्बन्धित सदस्य दलालहरूलाई प्रगति विवरण पेश गर्न पुनः पत्राचार गरेको थियो ।
तर केही ब्रोकरहरूले तोकेको मापदण्ड पूरा नगरेपछि नेप्सेले सञ्चालक समितिको निर्णय अनुसार आगामी वैशाख १५ गतेसम्म तोकिएको मापदण्ड पूरा गरेर शाखा विस्तार गर्न ब्रोकरहरूलाई निर्देशन दिएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले बताए ।
शाखा विस्तार लागि कुनै पनि बाधा अड्चनसमेत नभएको उनले बताए । “हामीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै काम गरेका छौ । यसमा कुनै जोखिम छैन, शाखा कार्यलयले गरेका हरेक गतिविधिलाई हामीले नियालेका हुन्छौं ।
यदि कुनै त्रुटि देखिएमा तुरुन्तै कारोबार रोक्न सक्छौ,” उनले भने । यसलाई ठूलो समस्या बनाउन नहुने उनले बताए । तर, बोर्डले भने ‘ब्रोकर शाखा’ भन्ने शब्दमा नै स्पष्टता नभए बताएको छ । अहिलेको व्यवस्था अनुसार ब्रोकर शाखाले सेयर कारोबार गर्दा सिधै नेप्सेसँग सम्पर्क गर्न पाउँछन् ।
अर्थात् कारोबारका लागि ब्रोकरको मुख्य कार्यलय र शाखाबीच समन्वय हुनुपर्दैन । यसले भोलिका दिनमा मुख्य कार्यलय र शाखा कार्यालयबीच नै कारोबार भइ सेयर बजारमा अर्को विकृति भित्रनसक्ने बोर्डले आशंका व्यक्त गरेको छ ।
शाखाको कार्यक्षेत्रका विषयमा स्पष्ट भएपछि मात्रै शाखा विस्तार गर्नुपर्ने बोर्डले बताएको छ । बोर्डको नियमावलीमा ब्रोकर कम्पनीको चुक्ता पुँजी २० लाख हुनुपर्ने व्यवस्था रहेको भए पनि नेप्सेले भने १ करोड हुनुपर्ने र एकवर्ष भित्र २ करोड हुनुपर्ने व्यवस्था गरेको छ ।
जुन नियमसंगत नभएको समेत बोर्डले बताएको छ । शाखा विस्तार हुनुपर्ने तर, नियमसंगत ढंगले हुनुपर्ने बोर्डले बताएको छ । कानुनी व्यवस्था गरेर शाखा विस्तारको काम अगाडि बढाउनुपर्ने बोर्डले बताएको छ ।
४१ वटा ब्रोकर कम्पनीले विभिन्न स्थानमा शाखा विस्तार गर्न नेप्सेमा आवेदन दिएका थिए । यसअघि नै विभिन्न कम्पनीले पोखरा, नारायघाट, बुटवल, धरान र विराटनगर लगायतका स्थानमा शाखा सञ्चालन गरेका छन् ।
http://www.karobardaily.com/news/74780
No comments:
Post a Comment