काठमाडौंः अर्थ मन्त्रालयले बिमा समितिमा रिक्त रहेको अध्यक्ष पदका लागि सम्भावित तीन विज्ञको नाम छनोट गरेको छ । मन्त्रालय स्रोतका अनुसार डा. रवीन्द्र घिमिरे, रमेश कुमार भट्टराई र चिरञ्जीवी चापागाईंको नाम मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने तयारी भएको छ । मन्त्रालयले औपचारिक समिति गठन नगरी आन्तरिक गृहकार्यमार्फत नै नाम सिफारिस गरेको हो ।
पुस ७ गतेदेखि समिति नेतृत्वविहीन छ । निवर्तमान अध्यक्ष प्राध्यापक डा. फत्तबहादुर केसीको दोस्रो कार्यकाल सकिएपछि समिति नेतृत्वविहीन भएको हो । अध्यक्ष पदका लागि मन्त्रालयमा धेरैले लबिङ गरेपछि निर्णय हुन सकेको थिएन । सोही कारण बिमा क्षेत्रको नियामक निकाय नेतृत्वविहीन बनेको छ ।
तर, सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले तीन जनाको नाम सिफारिस गर्ने र सोहीमध्येबाट निर्णय हुने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयका अनुसार करिब दुई दर्जनले अध्यक्षका लागि दावेदारी गरेका थिए । मन्त्रालयले छनोट गरेकामध्ये डा. घिमिरे पोखरा विश्वविद्यालयका निर्देशक हुन् । उनले बिमा विषयमा नै विद्यावारिधी गरेका छन् । विश्वविद्यालयमा लामो समयदेखि बिमा विषय अध्यापन गराउँदै आएका घिमिरेले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा बिमा सम्बन्धी वहस समेत चलाउँदै आएका छन् ।
मन्त्रालयको अन्तिम छनोटमा परेका चिरञ्जीवी चापागाईं नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक हुन् । उनीसँग बैकिङ क्षेत्रको लामो अनुभव छ । यस्तै, अन्तिम छनोटमा परेका रमेशकुमार भट्टराई महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी पनि बिमा क्षेत्रका अनुभवि व्यक्ति हुन् । उनले नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीमामा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् । उनी बिमक संघका पूर्वअध्यक्ष पनि हुन् ।
पछिल्लो समय समितिको अध्यक्ष पदलाई धेरैले आकर्षक मान्ने गरेका छन् । अध्यक्ष पदका लागि धेरै आर्थिक चलखेल हुने गरेको आरोप लाग्ने गरे पनि सरकारी अधिकारीहरू भने यसलाई अस्वीकार गर्छन् । अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव हिमाल शर्माले कुनै पनि आर्थिक चलखेल नभएको दाबी गरेका छन् ।
“अध्यक्ष पदका लागि धेरै व्यक्तिले लबिङ गरेको सत्य हो र चलखेल गर्न चाहने व्यक्ति नआएका पनि होइनन् । तर, हामीले यसलाई निरुत्साहित गरेका छौं,” उनले भने, “हामी योग्य र निष्पक्ष व्यक्तिलाई नै छनौट गर्नेछौं ।”
बिमा कम्पनी, अभिकर्ता, बिमा सर्भेयर, समितिका कर्मचारी लगायतका सरोकारवालाहरूले भने समितिको अध्यक्षको लागि बिमासँग सम्बन्धी व्यक्ति नै नियुक्त गरिनुपर्ने माग गर्दै आएका छन् । बिमाभन्दा बाहिरका व्यक्ति यो पदका लागि उपयुक्त नहुने उनीहरूको भनाइ छ । बिमालाई बुझेको, यस क्षेत्रलाई स्पष्ट दिशा दिनसक्ने खालको व्यक्तिलाई अध्यक्ष नियुक्त गरिनुपर्ने उनीहरूको माग छ ।
बिमा क्षेत्रमा जति सम्भावना छ, त्यति नै चुनौती पनि छ । त्यसैले नयाँ अध्यक्षका लागि आगामी दिन भने सहज छैनन् । नयाँ बिमा ऐन पारित गर्नुपर्ने, भइरहेका नीति नियमलाई कार्यान्वयन गराउनु पर्ने, अभिकर्ता आन्दोलनलाई टुंगोमा पु¥याउनुपर्ने, लघु बिमा र कृषि बिमा लगायतका कार्यक्रमलाई सुचारु गर्नुपर्ने जस्ता जिम्मेवारी नयाँ अध्यक्षका काँधमा छन् । यस्तै, समितिको प्रभावकारिता बढाउनुपर्ने, बिमाको पहुँच विस्तार गर्नुपर्ने लगायतका चुनौतीहरूको सामना नयाँ अध्यक्षले गर्नुपर्नेछ ।
बिमा क्षेत्रमा जति सम्भावना छ, त्यति नै चुनौती पनि छ । त्यसैले नयाँ अध्यक्षका लागि आगामी दिन भने सहज छैनन् । नयाँ बिमा ऐन पारित गर्नुपर्ने, भइरहेका नीति नियमलाई कार्यान्वयन गराउनु पर्ने, अभिकर्ता आन्दोलनलाई टुंगोमा पु¥याउनुपर्ने, लघु बिमा र कृषि बिमा लगायतका कार्यक्रमलाई सुचारु गर्नुपर्ने जस्ता जिम्मेवारी नयाँ अध्यक्षका काँधमा छन् । यस्तै, समितिको प्रभावकारिता बढाउनुपर्ने, बिमाको पहुँच विस्तार गर्नुपर्ने लगायतका चुनौतीहरूको सामना नयाँ अध्यक्षले गर्नुपर्नेछ ।
No comments:
Post a Comment