काठमाडौंः बिमा समितिले निजी सवारीसाधनको बिमाशुल्क दर घटाएको छ । समितिले निजी सवारीसाधनमा सवारी धनीका कारण हुने क्षति (ओन ड्यामेज)को बिमामा पुस १ गतेदेखि लागू हुने गरी ३० प्रतिशत बिमाशुल्क कटौती गरेको हो । समितिको निर्णयअनुसार विभिन्न खालका निजी सवारीसाधनको बिमा शुल्क न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम ६ हजार रुपैयाँसम्म घट्ने भएको छ ।
समितिले तोकेको नयाँ दरअनुसार १ हजार सीसीभन्दा कमका निजी सवारीसाधनको ओन डयामेज बिमामा पहिलो २० लाखसम्म घोषित मूल्यकोे शून्य दशमलव ८४ तथा बाँकीमा घोषित मूल्यको १ दशमलव १२ प्रतिशत बिमाशुल्क कायम गरिएको छ । नयाँ दरअनुसार यस्तो खालका सवारीसाधनको बिमाशुल्कमा ३ हजार रुपैयाँ घट्ने भएको छ ।
समितिका अनुसार १ हजार सिसिभन्दा कमको २५ लाख रुपैयाँ पर्ने सवारी साधनको ओन डयामेज बिमा गर्नु परेमा २० लाख रुपैयाँसम्मको शून्य दशमलव ८४ तथा बाँकी ५ लाखको १ दशमलव १२ प्रतिशत बिमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।
१ हजारदेखि १६ सय सीसीका निजी सवारीसाधनको बिमामा पहिलो २० लाखसम्ममा शून्य दशमलव ८७ तथा बाँकी रकममा घोषित मूल्यको १ दशमलव १२ प्रतिशत बिमाशुल्क कायम गरिएको छ । नयाँ दरअनुसार यस्ता खालका सवारीसाधनको बिमामा ४ हजार रुपैयाँ घट्ने भएको छ ।
१६ सय सीसीभन्दा माथिका साधनमा भने पहिलो २० लाखसम्म शून्य दशमलव ९० तथा बाँकी रकममा घोषित मूल्यको १ दशमलव १२ प्रतिशत बिमाशुल्क कायम गरिएको छ । यो व्यवस्था अनुसार बिमाशुल्क ६ हजार रुपैयाँ कम हुने भएको छ ।
त्यस्तै, सरकारी—निजी सवारीसाधनको ओन डयामेज बिमामा १ हजारदेखि २ हजार ७ सय रुपैयाँसम्म बिमाशुल्क घट्ने भएको छ ।
त्यस्तै, सरकारी—निजी सवारीसाधनको ओन डयामेज बिमामा १ हजारदेखि २ हजार ७ सय रुपैयाँसम्म बिमाशुल्क घट्ने भएको छ ।
समितिको नयाँ दरअनुसार १ हजार सीसीभन्दा कमको सरकारी—निजी सवारी साधनमा पहिलो २० लाखसम्म शून्य दशमलव ४४ तथा बाँकी रकममा घोषित मूल्यको शून्य दशमलव ६२ प्रतिशत बिमाशुल्क कायम गरिएको छ । नयाँ दरअनुसार बिमाशुल्क १ हजार रुपैयाँ घट्ने भएको छ ।
त्यस्तै, १ हजारदेखि १ हजार ६ सय सीसीसम्मका सरकारी निजी सवारीसाधनको पहिलो २० लाखसम्म शून्य दशमलव ४८ तथा बाँकी रकममा घोषित मूल्यको शून्य दशमलव ६२ प्रतिशत बिमाशुल्क कायम गरिएको छ । १ हजार ६ सय सीसीभन्दा बढीका सवारीसाधनमा भने २० लाखसम्म शून्य दशमलव ५१ तथा बाँकी रकममा घोषित मूल्यको शून्य दशमलव ६२ प्रतिशत बिमाशुल्क कायम गरिएको छ ।
विद्युतीय÷सौर्य सवारीसाधनमा पनि नयाँ बिमाशुल्क दर कायम गरिएको छ । २० किलोवाटसम्मका साधनमा २० लाख रुपैयाँसम्म शून्य दशमलव ६३ तथा बाँकी रकममा घोषित मूल्यको शून्य दशमलव ८४ प्रतिशत बिमाशुल्क कायम गरिएको छ । २० किलोवाटभन्दा माथिका सवारीसाधनमा पहिलो २० लाखसम्म घोषित मूल्यको शून्य दशमलव ६५ र बाँकी रकममा घोषित मूल्यको शून्य दशमलव ८४ प्रतिशत बिमाशुल्क कायम गरिएको छ ।
समितिले दुई वर्षअघि पनि यस्तो बिमाशुल्कमा २५ देखि ३५ प्रतिशतसम्म कटौती गरेको थियो । समितिका निर्देशक श्रीमान् कार्कीले यस्तो खालको बिमा दाबीदर कम हुने भएकाले बिमाशुल्क घटाइएको बताए । “हामीले दाबी र बिमाशुल्क संकलनको रेसियो हे¥यौं । दाबीको अवस्था धेरै कम छ । त्यसैले विमितको हितलाई ध्यानमा राखी शुल्क घटाएका हांै,” उनले भने । विमकहरूले भने बिमाशुल्कमा गरिएको कटौतीले व्यवसायमा हस आउने बताएका छन् ।
No comments:
Post a Comment