बैङ्किङ समूहको परिसूचक घट्दो क्रममा
२०७०-११-२७
मा प्रकाशित
२२५
पटक पढिएको
० बिचार / प्रतिक्रिया
फागुन २६, काठमाडौं । विगत ७० कारोबार दिनको प्राविधिक विश्लेषणले
बैङ्किङ समूहको परिसूचक घट्ने क्रममा रहेको देखाएको छ । दोस्रो संविधानसभा
चुनाव सम्पन्न भएपछि बढेको यस समूहको परिसूचक पछिल्लो समयमा घट्ने क्रममा
रहेको रेखाचित्रले देखाएको हो । वाणिज्य बैङ्कको शेयरमूल्य धेरै बढेपछि
राम्रो प्रतिफल दिँदै आएका थोरै मूल्यका लघुवित्त कम्पनीका शेयरतर्फ
लगानीकर्ता आकर्षित भएको नेपाल इन्भेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष
राजकुमार तिमिल्सिनाले बताए ।
सातदिने लिनियर तथा मुभिङ एभरेजको रेखाचित्रले बैङ्किङ समूहको परिसूचक घट्दै गएको देखाएको छ । बढ्दो बजारमा मुभिङ रेखा वास्तविक रेखाभन्दा तल रहन्छ भने बढ्दो बजारमा वास्तविक रेखाभन्दा मुभिङ रेखा माथि हुन्छ । रेखाचित्रअनुसार मुभिङ एभरेज रेखा वास्तविक रेखाभन्दा माथि रहेकोले बजार घट्दो अवस्था रहेको स्पष्ट देख्न सकिन्छ । आगामी दिनमा यस क्षेत्रका कम्पनीको शेयरमूल्य अझै घट्न सक्ने देखिएको छ । यतिबेला सबै वाणिज्य बैङ्कले लाभांश वितरण गरिसकेकाले पनि यसमा लगानीकर्ताको रुचि घटेको सेक्योर्ड सेक्युरिटिजका सञ्चालक सन्तोष मैनालीले बताए ।

त्यस्तै,
यस समूहको रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) ३५ स्केलको नजिक रहेको
रेखाचित्रले देखाएको छ, जसअनुसार यस समूहको परिसूचक अत्यधिक विक्री क्षेत्र
(ओभरसोल्ड जोन)तिर झर्दै गरेको देखाउँछ । बजारमा बैङ्किङ कम्पनीको शेयरको
विक्री चाप बढेकाले शेयरमूल्य घट्न पुगेको रेखाचित्रले देखाएको छ । आगमी
दिनमा यो क्रम जारी रहन सक्ने देखिएको छ । त्यसैले, बैङ्किङ क्षेत्रमा
लगानी गर्न चाहने लगानीकर्ताले यतिबेला लगानी गरी नाफा सुरक्षित राख्न
सक्नेछन् । केही दिनअघि १० स्केलमा पुगेको समूहको परिसूचक विस्तारै बढेर ३५
स्केलको नजिक पुगको हो ।
त्यस्तै, बैङ्किङ समूहको स्ट्याण्डर्ड डेभिएशन १५ अङ्कभन्दा तल पुगेको छ । रेखाचित्रले यस समूहको परिसूचक केही दिन देखि स्थिर रहेको देखाएको छ । यसले यतिबेला यस समूहका कम्पनीमा नाफा कम हुने देखाएको छ । नाफा कम हुने भएकाले यस क्षेत्रमा जोखीम पनि कम हुने देखिएको छ ।
संविधानसभा चुनाव सम्पन्न भएलगत्तै शेयर बजार पनि बढ्न थालेको हो । योसँगै बैङ्किङ समूहको परिसूचक पनि उत्साहजनक रूपले बढेको थियो । अन्य कम्पनीभन्दा बैङ्किङ कम्पनी विश्वासिला तथा बढी प्रतिफल दिने भएकाले पनि त्यसप्रति लगानीकर्ताको आकर्षण बढेको हो । संविधानसभापछि अधिकांश बैङ्कको शेयरमूल्य दोब्बर बढ्यो । चुनावअघि रू. २ सय ६० रहेको एनएमबी बैङ्कको शेयरमूल्य आइतवारसम्ममा रू. ३ सय ९० पुगेको थियो । त्यसैगरी चुनावअघि रू. २ सय ९५ रहेको सानिमा बैङ्कको शेयरमूल्य करीब रू. ४ सय ८० पुगेको छ । ठूला कम्पनीका धेरै मूल्यका शेयरमा भन्दासाना कम्पनीका थोरै मूल्यका शेयरमा लगानीकर्ताको बढी चासो देखिएको छ । चुनाव अगाडि ६ सयको हाराहारीमा रहेको यस समूहको परिसूचक केही समयमा नै साढे ८ सयको बिन्दुमा पुगेको थियो । तर, त्यसपछि घट्न थालेको परिसूचक आइतवारसम्ममा ७ सय ३४ दशमलव ३६ बिन्दुमा आएर रोकिएको थियो ।

No comments:
Post a Comment