दैनिक डेढ करोडको शेयर व्यापार
फागुन १४, काठमाडौं । पछिल्लो समय शेयर बजारले गति लिएसँगै उपत्यकाबाहिर पोखरामा पनि शेयर कारोबार बढ्न थालेको छ । पोखरामा औसतमा दैनिक रू. १ करोड ५० लाखसम्मको कारोबार हुने गरेको कुमारी सेक्युरिटिज पोखराका वर्क स्टेशन म्यानेजर दीपक सिग्देलले बताए । पहिले दैनिक औसत रू. ४० देखि ५० लाखको हाराहारीमा मात्रै शेयर व्यापार हुने गरेको थियो । उनका अनुसार पोखराका अधिकांश लगानीकर्ताहरू बैङ्किङ क्षेत्रका कम्पनीतर्फ आकर्षित छन् ।
पोखरामा अहिलेसम्म ४ ब्रोकर कम्पनीको शाखा सञ्चालनमा रहेको छ । कुमारी सेक्युरिटिज–१, थ्राइभ ब्रोकरेज हाउस–१३, नेपाल स्टक हाउस–१४, प्रिमियर सेक्युरिटिज–३२ ब्रोकर कम्पनीले २०६६ सालदेखि पोखरामा पनि शाखा सञ्चालन गरिरहेका छन् । यतिबेला पोखरामा राम्रो कारोबार भइरहेको स्थानीय ब्रोकर कम्पनीका प्रतिनिधिहरू बताउँछन् । पोखरामा सञ्चालित ४ ब्रोकर कम्पनीहरूबाट दैनिक कम्तीमा रू. १ करोडदेखि बढीमा १ करोड ५० लाखसम्मको कारोबार हुने गरेको छ ।
‘हाम्रो कम्पनीबाट मात्रै कुनै दिन रू. १ करोड ४५ लाखसम्म कारोबार भएको थियो,’ सिग्देलले भने, ‘अहिले औसतमा रू. ३० देखि ४० लाखसम्मको कारोबार हुन्छ ।’ राजनीतिक वातावरणसँगै पोखरामा पनि शेयर कारोबार बढेको बताउँछन् थ्राइभ ब्रोकरेज कम्पनीका वर्क स्टेशन म्यानेजर विशाल अधिकारी । थ्राइभमा औसत दैनिक रू. ३० लाखसम्मको कारोबार हुने उनले बताए ।
पोखरामा पहिलाको तुलनामा अहिले लगानीकर्ताको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको ब्रोकर कम्पनीका प्रतिनिधिहरू बताउँछन् । बजार बढ्न थालेपछि पुराना लगानीकर्ता पुनः सक्रिय हुन थालेका छन् । त्यसैगरी, नयाँ लगानीकर्ता पनि थपिएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार नयाँ लगानीकर्ता बढ्ने क्रम जारी छ । ‘प्रत्येक दिन बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुने गरेको छ,’ अधिकारीले भने । यतिबेला बजारमा नयाँ लगानीकर्ताको प्रवेश करीब २० देखि ३० प्रतिशतले बढेको सिग्देलले बताए ।
पोखरामा लगानीकर्ताको सङ्ख्यासँगै वित्तीय साक्षरताको अवस्थामा पनि सुधार आएको कम्पनीका प्रतिनिधिको भनाइ छ । पहिला हल्लाका भरमा लगानी गरेता पनि अहिले भने पोर्टफोलियो व्यवस्थापन गर्न सक्ने क्षमता लगानीकर्तामा बढेको थ्राइभका अधिकारीले बताए । ‘समय समयमा हामीले पनि साक्षरता अभियान सञ्चालन गर्ने गरेका छौं,’ उनले भने, ‘एउटा लगानीकर्ताले अर्को लगानीकर्तालाई सिकाउने प्रवृत्ति पनि उत्तिकै छ’ । पोखराका लगानीकर्ताको पहिलो रोजाइ भने बैङ्किङ क्षेत्रका कम्पनीको शेयर नै पर्ने गरेका छन् । यसमा पनि अधिकतम वाणिज्य बैङ्कका शेयर लगानीकर्ताले लगानी गर्ने गरेको कुमारी सेक्युरिटिजका कर्मचारी दीपेन्द्र गुरुङले बताए ।
निर्वाचनपछि राजनीतिक वातावरण सकारात्मक बन्दै गएकाले शेयर बजार पनि बढ्न थालेको हो । पछिल्लोपटक उपत्यकासँगै बाहिरका बजार पनि तात्न थालेको छ । तर, नेपाल स्टक एक्सचेञ्जको सफ्टवेयरले राम्रोसँग काम नगर्दा समस्या हुने गरेको अधिकारीको गुनासो छ । लगानीकर्तामा उत्साह देखिएता पनि सफ्टवेयरले ढिलो काम गर्दा धेरै समस्या हुने गरेको उनी बताउँछन् । उनका अनुसार यसका अतिरिक्त समया नै सूचनाको पहुँच नहुँदा पनि कारोबार प्रभावित हुने गरेको छ ।

No comments:
Post a Comment