फागुन ६, काठमाडौं । सात वाणिज्य बैङ्कको चुक्ता पूँजी नेपाल राष्ट्र
बैङ्कको मापदण्डअनुसार अपुग रहेको छ । नेप्सेमा सूचीकृत ३१ वाणिज्य
बैङ्कमध्ये सातओटाको चुक्ता पूँजी रू. २ अर्बभन्दा कम रहेको हो । नेपाल
राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूलाई रू. २ अर्ब चुक्ता पूँजी पुर्याउन
निर्देशन दिए तापनि सात वाणिज्य बैङ्कले अहिलेसम्म पुर्याउन सकेका छैनन् ।
चुक्ता पूँजी बढाउन राष्ट्र बैङ्कले असार मसान्तसम्मको समय दिएको छ ।
चुक्ता पूँजी नपुर्याएका बैङ्कहरूमा एभरेष्ट, बैङ्क अफ काठमाण्डू, सिद्धार्थ, एनसीसी, कुमारी, लक्ष्मी र लुम्बिनी बैङ्क रहेका छन् । यीमध्ये एनसीसी र कुमारीले लाभांशसमेत घोषणा गरेका छैनन् । बाँकी अन्य बैङ्कले भने लाभांश घोषणा गरिसकेका छन् । चुक्ता पूँजी पुर्याउन राष्ट्र बैङ्कले बैङ्कहरूलाई मर्जरमा जान पनि सुझाव दिएको छ । यसमा अतिरिक्त बैङ्कले बोनस शेयर तथा हकप्रद शेयर वितरण गरेर पनि चुक्ता पूँजी बढाउन सक्ने विकल्प रहेको छ । चुक्ता पूँजी नपुर्याएका बैङ्कमध्ये एनसीसी सबैभन्दा धेरै चुक्ता पूँजी अपुग भएको बैङ्क हो । सो बैङ्कको वित्तीय विवरणअनुसार रू. १ अर्ब ४७ करोड चुक्ती पूँजी छ । राष्ट्र बैङ्कको निर्देशनअनुसारको चुक्ता पूँजी पुग्न अझै रू. ५३ करोड अपुग भएको छ । बैङ्कले अहिलेसम्म लाभांश पनि घोषणा गरेको छैन । त्यसैले, चुक्ता पूँजी पुर्याउन बैङ्कले अधिक बोनस शेयर वितरण गर्न सक्ने सम्भावना छ ।
त्यसैगरी, चुक्ता पूँजी नपुर्याउने दोस्रोमा कुमारी बैङ्क छ । सो बैङ्कको चुक्ता पूँजी रू. ४० करोड अपुग भएको छ । बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड पुगेको छ । कुमारी बैङ्कले पनि अहिलेसम्म लाभांश घोषणा गरेको छैन । चुक्ता पूँजी पुर्याउन बैङ्कले अधिक बोनस शेयर तथा हकप्रद शेयर वितरण गर्ने सम्भावना छ । लक्ष्मी बैङ्क पनि चुक्ता पूँजीमा कुमारी बैङ्ककै हाराहारीमा छ । बैङ्कको चुक्ता पूँजी रू. ३१ करोड अपुग भएको छ । अहिले बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ६९ करोडमात्रै पुगेको छ । लुम्बिनी बैङ्क भने चुक्ता पूँजी बढाउन मञ्जुश्री फाइनान्सँग मर्जर भइसकेको छ । मर्जरपछि बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ७२ करोड पुगेको छ । तर, चुक्ता पूँजी पुर्याउन अझै रू. २८ करोड बाँकी छ ।
चालू आवमा बैङ्कले ८ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । सिद्धार्थ बैङ्कको भने चुक्ता पूँजी रू. १९ करोडमात्र अपुग छ । चालू आवमा बैङ्कले १२ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैङ्कको चुक्ता पूँजी रू. १ अर्ब ८१ करोड पुगेको छ । चुक्ता पूँजी बढाउन बैङ्कले आन्तरिक रूपमा विभिन्न कम्पनीसँग मर्जरको अभ्यास पनि गरिरहेको छ । चुक्ता पूँजी नपुर्याएका बैङ्कमध्ये एभरेष्ट बैङ्क र बैङ्क अफ काठमाडौं सबैभन्दा कम रकम बाँकी रहेका बैङ्क हुन् । दुवै बैङ्कको चुक्ता पूँजी रू. ८ करोड अपुग भएको छ । एभरेष्ट बैङ्कले चालू आवमा १० प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ भने बैक अफ काठमाडौंले १४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । सो बैङ्कले चुक्ता पूँजी पुर्याउनकै लागि अन्य कम्पनीसँग मर्जरको अभ्यास पनि गरिसकेको छ ।

No comments:
Post a Comment