मुना कुँवर
अबदेखि सहकारी संस्थाले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सहकारी ऐनमा भएको व्यवस्थअनुसार सहकारी विभागले सन्दर्भ ब्याजदर तोक्दै सहकारीले ऋणमा अधिकतम १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने व्यवस्था गरेको हो । यो व्यवस्था साउन १९ (आइतबार) गतेदेखि लागू हुनेछ । यसअघि नै प्रवाह भएको कर्जामा भने यो नियम लागू गर्न बाध्य छैन ।

सहकारी ऐन २०७४ को दफा ५१ ले सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था गरेको छ । ऐनमा भएको व्यवस्थाअनुसार सहकारी विभागका रजिस्टारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण समिति गठन गरिएको थियो । समितिको गत बिहीबार बसेको बैठकले सहकारीको सन्दर्भ ब्याजदरको अन्तिम निर्णय गरेको विभागका रजिस्टार डा. टोकराज पाण्डेले बताए । ‘नियामावलीमा भएको व्यवस्था गरिएको आधारमा हामीले सन्दर्भ ब्याजदर तोकेका हाैं,’ उनले भने, ‘यो व्यवस्था सबै खालका सहकारीको हकमा लागू हुनेछ । साउन १९ देखि सहकारीले प्रवाह गर्ने कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन ।’ विभागले सहकारीमा सुशासन र पारदर्शिता कायम गर्ने सन्दर्भ ब्याजदर कायम गरेको राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले बताए । ‘विभागको निर्णयमा हामी सबै सहकारी अभियानकर्मीको प्रतिबद्धता छ,’ उनले भने ।
लघुवित्तका काम गर्ने सहकारीलाई कठिन हुन सक्ने
लघुवित्तको काम गरिरहेका सहकारीलाई सहकारी विभागले तोकेका ब्याजदरको सिमामा रहेर काम गर्न कठिन हुन सक्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डिबी बस्नेतले बताए । ‘केही सहकारीले लघुवित्तको काम पनि गरेका त्यस्ता सहकारीलाई अहिलेको तोकिएको सिमा संकुचित हुन सक्छ,’ उनले भने ।

त्यस्तै, ग्रामीण भेगमा रहेका सहकारीमा विभागले तोकेको सन्दर्भ ब्याजदर कार्यान्वयन गर्न कठिन हुने ललितपुर जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष शरदकुमार महर्जनले बताए । ‘ब्याजदर भनेको बचत र निक्षेपको माग र आपूर्तिमा भर पर्ने विषय हो । त्यसमा पनि दूरदराजमा रहेका सहकारीमा अनुगमन गर्न कठिन छ । त्यसैले पनि कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ,’ उनले भने । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दीपक पनेरूले सहकारीमा सुशासन कायम गर्न विभागले सन्दर्भ ब्याजदर निर्धारण गरेको बताए । पहिलोपटक ब्याज तोकिएको पनि उनले बताए । कार्यान्वयन गर्दै जाँदा यसका सकारात्मक र नकारात्मक पक्ष देखिनेछन् । तत्पश्चात् फेरि तीन महिनामा यसको पुनरावलोकन गर्न सकिने उनले बताए
ब्याजदर निर्धारणका आधार
सहकारी संस्थाको सन्दर्भ ब्याजदर आधारमा सहकारी नियमावलीमा व्यवस्था गरिएको छ । नियमावलीमा गरिएको व्यवस्थाअनुसार बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था र संघको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदर, बैक तथा वित्तीय संस्थासम्बन्धी कानुनबमोजिम ‘क’ वर्गको इजाजत प्राप्त बैंकहरूको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा नेपाल सरकार मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदनहरू, राष्ट्रिय सहकारी महासंघ विषयगत केन्द्रीय संघबाट प्राप्त सुझाब र सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारमा सन्दर्भ ब्याजदर तोकिने व्यवस्था छ ।

त्यस्तै, सन्दर्भ ब्याजदर निर्धारण गर्दा नियमावलीमा भएको व्यवस्थाअनुसार बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यतया घटी र बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी हुनुपर्ने सिन्द्धान्त अवलम्बन गरिएको छ ।
ब्याजदरको अन्तर ६ प्रतिशत, बचतमा अधिकतम १० प्रतिशत ब्याज
सहकारी विभागले तोकेको सन्दर्भ ब्याजदरको आधारमा बचतको अधिकतम सीमा १० प्रतिशत पुगेको हो । सहकारी नियमावलीअनुसार सहकारीको बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार अबका दिनमा सहकारीले कर्जामा अधिकतम १६ प्रतिशत कायम गरेपछि बचतमा अधिकतम १० प्रतिशतसम्म दिन सक्ने विभागका रजिस्ट्रार पाण्डेले बताए । ‘सहकारीले चाहेमा कर्जामा १६ प्रतिशतभन्दा पनि कम ब्याज लिन सक्छन् । तर, बचत र कर्जाको ब्याजअन्तर ६ प्रतिशत कामय गर्नुपर्नेछ,’ उनले भने । विभागले तोकेको अधिकतम ब्याजदर कायम गरे भने पनि बचतमा १० प्रतिशत ब्याज दिन सक्ने उनले बताए ।

No comments:
Post a Comment