मुना कुँवर
देशभित्र हुने अन्तर्राष्ट्रिय सभा–सम्मेलनलाई लक्षित गरी सरकारले आफ्नै हलहरू बनाउने भएको छ । सरकारले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय गरी ३५ वटा सभाहल निर्माण गर्ने भएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विभाग तथा भवन निर्माण विभागले दुईवटा ठूला अन्तर्राष्ट्रिय सभाहल र ३३ वटा क्षेत्रीय तथा स्थानीय सभाहल बनाउने भएको छ । जसमध्ये १७ वटा सभाहल निर्माणाधीन छन् । पाँचवटा लागत संकलनकोे चरणमा छन् । चारवटा बोलपत्र आह्वानका क्रममा छन् । त्यसैगरी, आठवटाको डिजाइन तयार पारिँदै छ । कैलालीको टीकापुरमा भने सभाहल निर्माण सम्पन्न भई नै सकेको छ ।
भक्तपुरमा ५ हजार सिटको सभाहल बन्ने
सरकारले भक्तपुरमा ५ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण गर्ने भएको छ । भक्तपुर सानोठिमीस्थित नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको १ सय ८९ रोपनी ४ आना क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको हल निर्माण गरिने भएको छ । आधुनिक सुविधासहितको यो हल नेपाली मौलिक वास्तुकलामा आधारित भएर बनाइनेछ । जसमा तीनवटा सेमिनार हल हुनेछन् । एउटा ५ सय सिट क्षमताको र दुईवटा २ सय ५० सिट क्षमताका हुनेछन् । ब्यांक्वेट हल तीनवटा बनाइनेछन् । विशिष्ट व्यक्तिका लागि ५ सयजना क्षमताको एउटा र दर्शकका लागि १ हजार क्षमताका दुईवटा हल बनाइनेछन् । ब्यांक्वेटका लागि आवश्यक पर्ने भान्सा, स्टोर, वासिङ स्पेस, फोहोर व्यवस्थापनका लागि पनि व्यवस्था हुनेछ । साथै ग्यालरी, प्रदर्शनी कक्ष, प्रेस मिटिङ रुम, भिआइपी रुम, प्रशासन कक्ष, पार्किङ, गार्डहाउस, सुरक्षाकक्ष पनि निर्माण गरिनेछन् । सबै हलहरू अपांगमैत्री हुनेछन् । हल निर्माणका लागि ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । चालू आवमा डिजाइन निर्माणका लागि १६ लाख रुपैयाँ विनियोजन भएको विभागले बताएको छ । निर्माण कार्य सुरु भएको तीन वर्षमा सभाहल बन्ने विभागले अनुमान गरेको छ ।

बुटवलमा १ हजार सिट क्षमताको हल बन्दै
सहरी विकास तथा भवन विभागले बुटवलमा १ हजार ७० सिट क्षमताको तीनतले अन्तर्राष्ट्रियस्तरको हल निर्माण गरिरहेको छ । जसमा एउटा मुख्य सभाहल हुनेछ भने अन्य ६ वटा साना सेमिनार हल हुनेछन् । हलका लागि छुट्याइएको १६ बिघा जमिनमध्ये १० बिघामा सभाहल बन्नेछ । हलको कुल लागत २ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

हललाई तीन चरणमा निर्माण गरिनेछ । पहिलो चरणमा मुख्य सभाहल र बाल्कोनी निर्माणको कार्य सकिएको विभागका मचाकाजी महर्जनले बताए । दोस्रो चरणमा सभाहलले वातावरणमा पार्ने प्रभावको मूल्यांकन गरी अहिले रूखहरू काटिने कार्य भइरहेको विभागको सिडिई मचाकाजी महर्जनले बताए । बुटवलमा बन्ने उक्त सभाहल माथिबाट हेर्दा नेपालको झन्डा आकारको देखिने सिडिई महर्जनले जानकारी दिए ।
दुईवटा अन्तर्राष्ट्रिय सभाहलमध्ये भक्तपुर सानोठिमीमा नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको १ सय ८९ रोपनी क्षेत्रफलमा ५ हजार सिटको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक हल बन्ने
६ वटा स्थानीयस्तरका सभाहल बन्दै
सुर्खेतमा १ सय ५० सिटको रामघाट मेलकुना सभाहल, मौलापुरमा ३ सय ६ सिट क्षमता भएको सहिद स्मृति सभाहल, २ सय सिट क्षमतको कालिका सभाहल, ३ सय ६ सिट क्षमताको गौडा सभाहल र २ सय सिट क्षमताको निजगढ सभाहल बन्दै छ । विभागले प्रत्येक हलको ५ करोड लागत अनुमान गरेको छ ।

बाग्लुङ, चापाकोट, गल्याङ, गोलबजार र बुटवलमा बन्ने भएको मण्डप सभाहलको भने सिट क्षमता यकिन भइसकेको छैन । सरकारले प्रत्येक प्रदेशमा २ हजार सिट क्षमता भएको एउटा सभाहल बनाउने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार विभागले प्रत्येक प्रदेशमा २ हजार सिट क्षमताको एउटा हल बनाउने तयारी गरेको विभागका सिडिई मचाकाजी महर्जनले बताए ।
विभागसँग यसअघिको तथ्यांक छैन
नयाँ सभाहल बनाउने योजना बनाए पनि यसअघि निर्माण भइसकेका सभाहलहरूको तथ्यांक भने सरकारसँग छैन । काठमाडाैं, पोखरा, हेटौँडालगायतका स्थानमा यसअघि नै सभाहल बनिसकेका छन् । तर, तिनीहरूको हालको अवस्थाका बारेमा जानकारी नभएको विभागका सिडिई मचाकाजी महर्जनले बताए । ‘यसअघि नेपालका कुन–कुन ठाउँमा कति हल छन् भन्ने हामीलाई जानकारी छैन,’ उनले भने ।

क्षेत्रीयस्तरका २२ सभाहल बन्ने
सहरी विकास तथा भवन निर्माण विभागले २२ वटा क्षेत्रीयस्तरका सभाहल बनाउने भएको छ । ५ सयभन्दा बढी सिट क्षमता भएका उक्त सभाहलको लागत अनुमान ११ अर्ब रुपैयाँ गरिएको छ । जसमध्ये सुर्खेतमा ७ सय ६८ सिट, दमकमा १ हजार ५ सय सिट, रत्ननगरमा ६ सय २५ सिट, उदयपुरमा १ हजार २ सय सिट, दाङमा ६ सय ५० सिट, दमौलीमा ७ सय २८ सिट, गोरखामा ६ सय ५० सिट, पाल्पामा ८ सय सिट क्षमताका सभाहल बन्दै छन् । त्यस्तै, पुतलीबजार, रसुवा, नुवाकोट र रुकुमकोटमा ५ सय सिट क्षमताका सभाहल बन्दै छन् । डोटीमा ५ सय १९, नेपालगन्जमा ७ सय ५०, धनगढीमा ७ सय ५०, कोहलपुरमा ९ सय ६० सिट क्षमताका सभाहल बन्दै छन् । विराटनगर र पोखरामा २ हजार सिट क्षमताका सभाहल बन्नेछन् भने निजगढमा ६ सय क्षमताको बन्ने भएको छ ।

No comments:
Post a Comment