मुना कुँवर
कृत्रिम दुर्घटना बढ्न सक्छ : बिमा कम्पनी, सबै आर्थिक दायित्व बिमा कम्पनीले लिनुपर्छ : यातायात व्यवसायी
मोटर बिमा रकम बढाउने विषयमा बिमा कम्पनी र व्यवसायीबीच विवाद बढेको छ । बिमा रकम बढाउँदा दायित्व बढ्ने भएकाले बिमाशुल्क पनि बढाउनुपर्ने बिमा कम्पनीको तर्क छ । तर, बिमाशुल्क मात्रै बढी असुल्ने गरेको यातायात व्यवसायीले आरोप लगाएका छन् । यातायात समितिको खारेजी भएसँगै सरकारले मोटर बिमा रकम बढाउने निर्णय गरेको हो । सोही निर्णयअनुसार यातायात विभागले बिमा समितिलाई पत्राचार गरी मोटर बिमामा मृत्युबापतको रकम दोब्बर बढाएर १० लाख रुपैयाँ पु-याउन आग्रह गरेको छ । त्यस्तै, विभागले टाउको र मेरुदण्डमा लागेको चोटको उपचारका लागि थप १५ लाख रुपैयाँ रकम तोकेको छ । समितिले सोहीबमोजिम बिमा योजना बनाउने तयारी गरेको छ ।
नैतिक जोखिम बढ्ने डर
मोटर बिमामा मृत्युबापतको बिमांक रकम बढाउँदा नैतिक जोखिमको सम्भावना बढ्ने बिमा कम्पनीहरूले बताएका छन् । १० लाख रुपैयाँ पाउने भएपछि कृत्रिम दुर्घटना बढ्न सक्ने लुम्बिनी जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । ‘भारतमा यस्ता दुर्घटना धेरै भएका छन् । त्यसैले मृत्यु बिमांक रकम बढाउँदा नेपालमा पनि त्यस्तो सम्भावना बढ्न सक्छ,’ उनले भने, ‘बिमांक बढाउने विषयमा स्वयं व्यवसायी पनि इच्छुक देखिँदैनन् ।’ तर, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले भने नेपालमा नैतिक जोखिमको सम्भावना कम हुने बताए । ‘नेपालमा पैसाका लागि ज्यान फाल्ने कमै छन् । त्यसैले मृत्यु बिमांक रकम बढाउनु त्यति जोखिमपूर्र्ण छैन,’ उनले भने । साथै सरकारको निर्देशनअनुसार समितिले बिमांक रकम बढाउने तयारी गरेको उनले बताए ।

दुर्घटनाको सबै जिम्मेवारी कम्पनीले लिनुपर्ने
मोटरको बिमा गरिसकेपछि दुर्घटनाबाट उत्पन्न हुने सबै आर्थिक दायित्व बिमा कम्पनीले लिनुपर्ने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने । ‘बिमाशुल्क बढाउने, घटाउने ठूलो विषय होइन । कम्पनीले सबै जिम्मेवारी लिनुप-यो । शुल्क मात्रै बढाएर जनतालाई आर्थिक भार थोपर्ने काम भइरहेको छ,’ उनले भने, ‘बिमा गरेपछि व्यवसायीले टाउको दुखाउनुनपरोस् । लाखाैँ कर्जा लिएर व्यवसायीले गाडी खरिद गरेको हुन्छ । फेरि दुर्घटना भएपछि अर्को टाउको दुखाइ नहोस् ।’

कम्पनीले दाबी भुक्तानी नगर्ने व्यवसायीको गुनासो
बिमा कम्पनीहरूले दुर्घटनाको दाबी भुक्तानी नगर्ने व्यवसायीहरूले आरोप लगाएका छन् । दुर्घटनापछि भुक्तानी नहुँदा सवारीसाधन महिनौँसम्म प्रहरी कार्यालयमा बन्दी हुन्छन् । तर, कम्पनीहरूले भुक्तानीमा आनाकानी गर्ने गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले आरोप लगाए । ‘बिमाशुल्क मात्रै लिने दायित्वचाहिँ लिनुपर्दैन,’ उनले भने । तर, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने अधिकांश कम्पनीहरूले दाबी भुक्तानी गरेको बताए । ‘भुक्तानी नगरेको भए हामीकहाँ उजुरीको चाङ लाग्नुपर्ने हो । यस्ता केस फाट्टफुट्ट मात्रै आएका छन् । जुन स्वाभाविक हुन्,’ उनले भने ।

सरोकारवालासँग छलफल गरिने
मोटर बिमा रकम बढाउने विषयमा सरोकारवालासँग छलफल गरिने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘अहिले हामीले कम्पनीहरूसँग मोटरको बिमाको दाबीको तथ्यांक मागेर अध्ययन गरिरहेका छाैँ । त्यसैका आधारमा सम्बन्धित निकायसँग छलफल गरी बिमाशुल्क निर्धारण गरिने उनले बताए । तर, व्यवसायीहरूले भने बिमा समितिले औचारिकताका लागि मात्रै छलफल गर्ने गरेको बताए । मोटर बिमांक रकमले सीधै भाडामा असर गर्ने भएकाले बिमाशुल्क वैज्ञानिक आधारमा मात्रै बढाइनुपर्ने राष्ट्रिय यातायात व्यवसायी महासंघ महासचिव सिटौलाले बताए ।

बिमांक रकम २८ लाखसम्म बनाइँदै
बिमा समितिले मोटर बिमा रकम अधिकतम २८ लाख रुपैयाँ बनाउने भएको छ । सरकारको निर्देशनअनुसार समितिले बिमांक रकम बढाउने तयारी गरेको हो । सरकारको निर्देशनअनुसार समितिले मोटर दुर्घटनाको कारण मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ पु-याउने तयारी गरेको छ ।

त्यस्तै, मेरुदण्ड र टाउकोमा चोट लागेमा उपचारका लागि १५ लाख रुपैयाँ तोकिएको छ । यो व्यवस्थाअनुसार दुर्घटनाका कारणले मानिसको मृत्य भएमा अधिकतम २८ लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्नुपर्नेछ । हालको व्यवस्थाअनुसार मोटर दुर्घटनाबाट मृत्यु भएमा ५ लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
प्रतिसिट ७ सय ९१ रुपैयाँ बिमाशुल्क भुक्तानी गर्छन् व्यवसायीहरू
हालको व्यवस्थाअनुसार बिमा समितिले मोटर बिमाका प्रतिसिट ७ सय रुपैयाँ बिमाशुल्क तोकेको छ । मूल्य अभिवृद्धि करसहित ७ सय ९१ रुपैयाँ व्यवसायीले भुक्तानी गर्दै आएका छन् । साथै मोटरसाइकलको हकमा भने दुईजनाका लागि बिमाशुल्क ५ सय रुपैयाँ तोकिएको छ । यसबाहेक निजी सवारीसाधनको हकमा इन्जिनको साइज (सिसी), ट्रकको हकमा समान बोक्न सक्ने क्षमता र सार्वजनिक सवारीसाधनको हकमा यात्रु बोक्न सक्ने क्षमताका आधारमा कम्पनीले बिमाशुल्क तोक्ने गर्छ । सामान्यतया सवारीसाधनको २ प्रतिशत बिमाशुल्क लाग्ने गरको कम्पनीहरू बताउँछन् ।

यो बिमाशुल्क हुलदंगाबाहेकको जोखिमका लागि हो । हुलदंगा जोखिमका लागि कम्पनीहरूले कुल बिमाशुल्क शून्य दशमलव १० शुल्क भुक्तानी गर्नुपर्छ । दुर्घटना भएको अवस्थामा कम्पनीले यात्रु, तेस्रो पक्ष, चालक र सहचालकको मृत्यु भएमा ५ लाख रुपैयाँ र उपचारका लागि ३ लाख रुपैयाँ भुक्तानी गर्छ । त्यस्तै, सवारीसाधनको हकमा क्षतिको ८० देखि ९० प्रतिशत भुक्तानी गर्छ ।
No comments:
Post a Comment