नेप्सेमा ४ अर्ब १५ करोड कित्ता सेयर सूचीकृत भए पनि २८ करोड ७३ लाख कित्ता सेयर मात्रै कारोबार
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका सेयरमध्ये ९३ प्रतिशत सेयर कारोबार नै नभएको नेपाल स्टक एक्सचेन्जको एक तथ्यांकले देखाएको छ । उक्त तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७५/७६ को पहिलो १० महिनामा सूचीकृत सेयर संख्यामध्ये करिब ७ प्रतिशत मात्रै कारोबार भएको छ । गत वैशाख अन्तिमसम्म नेप्सेमा ४ अर्ब १५ करोड कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये २८ करोड ७३ लाख कित्ता सेयर मात्रै दोस्रो बजारमा कारोबार हुने गरेको छ ।
नेपालमा सेयरको दोस्रो बजारलाई जोखिमुक्त मानिने कारण अधिकांश लगानीकर्ताले आइपिओमा परेका सेयर सिरानीमुनि थन्काएर राख्ने गरेको नेप्सेका कामु प्रबन्धक नीरञ्जन फुँयालले बताए । ‘आइपिओ सस्तो छ । त्यसैले धेरैले आवेदन दिन्छन् । तर, दोस्रो बजारलाई जोखिमपूर्ण मानेर कारोबार गर्दैनन् । सस्तोमा परेको आइपिओ भोलिका दिनमा पक्कै पनि बढ्छ भनेर थन्क्याएर राख्छन्,’ उनले भने ।
नेप्सेमा सूचीकृत भएको सेयरमध्ये ७० प्रतिशत प्रमोटर सेयर छन् । जुन धेरै कारोबारमा आउँदैनन् । त्यसैले पनि बजारमा कारोबार हुने सेयरको संख्या कम भएको हुन सक्ने सेयर बजारका जानकार दिलीपकुमार मुनकर्मीले बताए । ‘लगानीकर्ता आरामले लाभांश खान रुचाउँछन् । सेयर सिरानीमुनि राख्छन्, तर कारोबार गर्दैनन्,’ उनले भने ।
१० हजार लगानीकर्ता सक्रिय, ९ हजारले लिए अनलाइन सेवा
नेपालको सेयर बजारमा १५ लाख लगानीकर्ता दर्ता भएको नेप्सेको तथ्यांक छ । पछिल्लो दुई वर्षमा मात्रै २ लाख लगानीकर्ता दर्ता भएका छन् । तर, सक्रिय लगानीकर्ताको संख्या भने १० हजार मात्रै रहेको नेप्सेका कामु प्रबन्धक फुँयालले बताए । नेप्सेमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको जेठसम्म संख्या ८ हजार ९ सय ४४ पुगेको छ । नेप्सेले दिएको जानकारीअनुसार ब्रोकर नं ५७ बाट सबैभन्दा धेरै ९५४ लगानीकर्ताले अनलाइन सेवा लिएका छन् । त्यस्तै, ब्रोकर नम्बर ४९ बाट ७ सय ४३, ब्रोकर नम्बर ३४ बाट ७ सय २८ र ब्रोकर नम्बर ३८ बाट ६ सय ७१ ले अनलाइन सेवा लिएका छन् ।

अन्त्य भएको छैन बोरे सिस्टम
सेयर बजारमा अझै पनि एकैजनाले धेरैको कागजपत्र बोकेर फाराम भर्ने (बोरे सिस्टम) अन्त्य नभएको नेप्सेका कामु प्रबन्धक फुँयालले बताए । आइपिओ आवेदनका लागि बोर्डले बैंक खाता, डिम्याट खातालाई अनिवार्य गरे पनि बोरे लगानीकर्ताको अन्त्य नभएको उनले बताए । ‘अझै पनि एकजना लगानीकर्ताले ४० देखि ५० जना आफन्तको नामबाट सेयर आवेदन दिने गरेका छन् । सबैको नागरिकता संकलन गरी आफैंले बैंक खाता र डिम्याट खोल्छन् । आफैंले आवेदन दिन्छन् र पछि आफ्नै नाममा सार्छन्,’ उनले भने । यस्तो बोरे सिस्टमको अन्त्य नभएसम्म बजारमा कारोबार हुने सेयर संख्या नबढ्ने उनको दाबी छ ।
मूल्य निर्धारण सिस्टम परिवर्तन गर्नुपर्छ
प्राथमिक सेयरको मूल्य निर्धारण सिस्टम परिवर्तन गर्न सके सेयर बजारबाट बोरे सिस्टम हटाउन सकिने नेप्सेका कामु प्रबन्धक फुँयालले बताए । आइपिओ मूल्य कम भएकै कारण एउटै लगानीकर्ताले धेरैको नाममा लगानी गरेको उनले बताए ।

घट्यो कारोबार रकम
धितोपत्र बोर्डका अनुसार चालू आवको पहिलो ११ महिनामा नेप्सेमा ९६ अर्ब ९९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यो रकम गत आवको तुलनामा २० प्रतिशतले कम हो । गत आवमा नेप्सेमा १ खर्ब २१ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो । औसत दैनिक कारोबार ४३ करोड ८९ लाख रुपैयाँ हुने गरेको छ । यो रकम गत आवको तुलनामा ५० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यस्तो कारोबार दैनिक ८९ करोड १४ लाख रुपैयाँ हुने गरेको थियो । नेप्सेका २ सय ११ वटा कम्पनी सूचीकृत भएका छन् ।

नेप्सेमा अझै पनि बैंक तथा वित्तीय संस्थाको हिस्सा ८० प्रतिशत छ । सूचीकृत भएका कम्पनीमध्ये ७६ प्रतिशत हिस्सा वित्तीय संस्थाको छ । तथ्यांकअनुसार बजार पुँजीकरणको ५२ प्रतिशत हिस्सा वाणिज्य बैंकको छ । सामूहिक कोषको २ प्रतिशत, अन्यको १० प्रतिशत, जीवन बिमाको ७ प्रतिशत र लघुवित्तको ६ प्रतिशत हिस्सा छ । त्यस्तै, उत्पादन तथा प्रशोधन कम्पनीको ३ प्रतिशत जीवन बिमाको ८ प्रतिशत, वित्त कम्पनीको १ प्रतिशत, जलविद्युत्को ४ प्रतिशत, होटेलको २ प्रतिशत र विकास बैंकको ५ प्रतिशत मात्रै हिस्सा छ । नेप्सेका वित्तीय संस्थाको हिस्सा अधिक भएका कारण लगानी विविधीकरणमा समस्या हुने गरेको नेप्सेका कामु महाप्रबन्धक फुँयालले बताए । ‘यसले बजारमा बढी जोखिम र उतार–चढाव सिर्जना गर्छ । पुँजी चलायमान हुँदैन । वैदेशिक लगानीको सम्भावना पनि कम हुन्छ,’ उनले भने ।
ब्रोकरले बजार प्रतिनिधि राख्न पाउने व्यवस्था गर्न बोर्डलाई सुझाब
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले दोस्रो बजार विस्तारका लागि सेयर ब्रोकरलाई बजार प्रतिनिधि राख्न पाउने व्यवस्था गर्न धितोपत्र बोर्डलाई सुझाब दिएका छन् । उनले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स र ब्रोकरलाई बजार प्रतिनिधि राख्न पाउने व्यवस्था गर्न सुझाएका हुन् । त्यस्तै, अधिवक्ता अमृत खरेलले दोस्रो बजार विस्तारका लागि ब्रोकरहरूलाई नै बजारीकरण गर्न दिनुपर्ने सुझाब दिएका छन् ।

बोर्डले चालू आवको नीति तथा कार्यक्रममा १ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका वास्तविक क्षेत्रका कम्पनीलाई पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था गरेको थियो । तर, यो व्यवस्था प्रभावकारी कार्यान्वयन नभएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले बताए । ‘आगामी आवको नीति तथा कार्यक्रममा यो व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्छ । ५० करोड रुपैयाँ पुँजी भएका कम्पनीलाई पनि विभिन्न सुविधा दिएर आकर्षित गर्न सकिन्छ,’ उनले भने ।
सेयर तालिम संस्थालाई नियमन गर्नुपर्ने
कथित सेयर विश्लेषक र तालिम केन्द्रलाई धितोपत्र बोर्डले नियमन गर्नुपर्ने सरोकारवालाले माग गरेको छ । बजारसम्बन्धी ज्ञान नभएकाहरू पनि आफूलाई सेयर विश्लेषक भन्दै हिँड्ने गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत साउदले बताए । ‘१० कित्ता सेयर लिने पनि बजारमा सेयर विश्लेषक हुँ भन्दै हिँड्छन्,’ उनले भने । त्यस्तै, धितोपत्र बोर्डबाट लाइसेन्स पाएका संस्थाले मात्रै सेयर बजारसम्बन्धी तालिम दिने व्यवस्था गर्नुपर्ने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । ‘अन्धाधुन्ध रूपमा खोलिएका यस्ता तालिम केन्द्रले लगानीकर्तालाई मिस लिड गरेका छन्,’ उनले भने ।

कम्पनीहरूको सूचनामा पर्याप्तता, शुद्धता र एकरूपता हुनुपर्ने
दोस्रो बजार भनेको सूचनाको व्यापार गर्ने बजार हो । त्यसैले कम्पनीहरूले सूचना प्रवाह गर्न प्रणाली बलियो हुनुपर्ने लगानीकर्ता दिलीप मुनकर्मीले बताए । ‘बोर्डको आगामी आवको नीति तथा कार्यक्रमलाई सूचना प्रणालीमा एकरूपता हुने व्यवस्था गर्नुपर्छ,’ उनले भने । कम्पनीहरूले औपचारिकताका लागि मात्रै सूचना दिने गरेको लगानीकर्ताले आरोप लगाएका छन् । यस्ता सूचनाहरू पनि पर्याप्त नहुने र कम्पनीले एउँटै सूचकको पनि फरक–फरक तथ्यांक प्रकाशन गर्ने गरेको उनीहरूको आरोप छ ।

दुईवटा कमोडिटिज एक्सचेन्ज बजारका लागि अपुग
नेपाल धितोपत्र बोर्डले दुईवटा कमोडिटिज कम्पनीलाई मात्रै सञ्चालन अनुमति दिने भनिरहँदा सेयर बजार लगानीकर्ताले भने थप कम्पनीको माग गरेका छन् । नेपाली बजारका लागि दुईवटा कमोडिटिज एक्सचेन्ज अपर्याप्त हुने लगानीकर्ता वासुदेव उपाध्यायले बताए । ‘नेपाल कृषि प्रधान देश हो । वस्तु विनिमय बजारमा कृषि उत्पादनको पनि खरिद–बिक्री गर्न सकिन्छ । यसले कृषकहरूले आफ्नो श्रमको मूल्य पाउनेछन्,’ उनले भने ।

No comments:
Post a Comment