मुना कुँवर
सहरी विकास तथा भवन निर्माण विभागले सिंहदरबारस्थित पुतली बगैँचामा बनाउन लागेकोे संसद् भवन बनाउन १७ वटा कम्पनी इच्छुक देखिएका छन् । विभागले जेठ १२ गते भवन निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले मापदण्ड र तोकिएको सर्तअनुसार आवेदन दिए नदिएको र प्राविधिक रूपमा योग्य नभएको मूल्यांकन गरिने विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिण तुलाधरले बताए । ‘सबै प्रक्रिया पूरा गरेर आएका कम्पनीको प्राविधिक प्रस्ताव मूल्यांकन साउन दोस्रो साताभित्र पूरा हुनेछ,’ उनले भने, ‘साउन दोस्रो साताभित्र प्राविधिक प्रस्तावको मूल्यांकन पूरा गरी यसबाट योग्य भएका कम्पनीको मात्रै आर्थिक प्रस्ताव खोलिनेछ । आर्थिक प्रस्ताव मूल्यांकन गरेर आवश्यक प्रक्रिया पूरा भएका कम्पनीको छनोट साउनभित्रै हुनेछ । भदौबाट ठेक्का लाग्नेछ ।’
आवेदन दिने कम्पनी
विभागले असार २५ गते प्रस्तावित कम्पनीहरूको नाम सार्वजनिक गरेको छ । विभागमा क्यापासिट–ई इफ्राप्रोजेक्ट–गौरी पार्वती जेभी, सिनोहाइड्रो कर्पोरेसन लिमिटेड, सिआइसिओ–समानान्तर जेभी, जिआइइटिसी–लामा जेभी, एनबिसिसी इन्डिया, जेडजेसिसी–एएनके जेभी, एनहुई सुइआन कन्स्ट्रक्सन ग्रुप र रमन एचआइसिसी जेभीले आवेदन दिएका छन् । यस्तै चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन, जेडआइइसी शर्मा जेभी, सिम्प्लेक्स प्रोजेक्ट्स, एनसिएएसिजी–सिजिआइसिओपी, सिओभिइसी–सिआरइजिसी जेभी, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप, आइइपिसी–आशिष जेभी, टिइसिसी ज्येष्ठ जेभी र टुन्डी एसएचइसी जेभीले पनि प्रस्ताव पेस गरेका छन् ।
११ वटा भवन निर्माण गरिने
विभागले आगामी तीन वर्षभित्र संघीय संसद् भवन निर्माण सम्पन्न गरिसक्ने योजना बनाएको छ । ७ अर्ब रुपैयाँको लगानीमा सिंहदरबारस्थित पुतली बगैँचाको १ सय ७३ रोपनी ८ आना जग्गामा भवन निर्माण गर्न लागिएको हो । भवन निर्माण कार्य चालू आर्थिक वर्षदेखि सुरु गरी आर्थिक वर्ष ०७८/७९ मा सम्पन्न गरिने भवन निर्माण विकास तथा भवन निर्माण विभागको योजना रहेको छ ।

सरकारले चालू आवको नीति तथा कार्यक्रममा संघीय संसद् भवन निर्माण गर्ने व्यवस्था गरेको थियो । जसअनुसार गत कात्तिकदेखि भवन डिजाइनको कार्य सुरु गरेको विभागका महानिर्देशक मनिराम गेलाले बताए । भवनको आर्किटेक्चर डिजाइन इन्गर कन्सल्टेन्सीले गरेको छ भने स्ट्रक्चर डिजाइन डिजिकम इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो । विभागले भवन निर्माणका लागि आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
संघीय संसद् भवनपरिसरमा ११ वटा भवन निर्माण गरिने विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । उनका अनुसार परिसरभित्र एक–एकवटा प्रतिनिधि तथा राष्ट्रिय सभा भवन निर्माण गरिनेछन् । साथै, कमन लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय–संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय सचिवालयको भवन, चमेनागृह, प्रेस–छपाइ भवन, ७ सयवटा सवारीसाधन लागि पार्किङ र सुरक्षाकर्मीको भवन निर्माण गरिनेछ ।
मुख्य गुरुयोजनालाई चार क्षेत्रमा विभाजन
संघीय संसद् भवन परिसर निर्माण आयोजनालाई चार क्षेत्रमा विभाजन गरिएको छ । भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र । जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत स्थान ओगटेको छ भने खुला हरियाली क्षेत्रले ४५ प्रतिशत क्षेत्र ओगटेको छ । त्यस्तै, बाँकी क्षेत्रफल सडक पूर्वाधार तथ वाटर बडीले ओगटेको छ ।

तीनवटा प्रवेशद्वार हुनेछन्
संघीय संसद् भवनमा तीनवटा प्रवेशद्वार हुनेछन् । गुरुयोजनाअनुसार मूलढोका दक्षिणतर्फ रहने छ । सांसदहरूको प्रवेशका लागि उत्तरतर्फ नयाँ गेट रहनेछ । दक्षिण–पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि गेट रहनेछ । यस परिसरको गुरुयोजनामा सुरुक्षा निकायलाई विशेष ध्यान दिइएको छ । अति आधुनिक सुरक्षाको प्रविधिबाट जाँच गरेर मात्र प्रवेश गर्न सकिनेछ । दक्षिण मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल छ भने प्रवेशद्वाराको दायाँतर्फ संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्ने हल छ ।

संसद् भवन परिसरमा बन्ने सबै भवनहरूको वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्किने खालको हुनुका साथै हाइटेक आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिलाई अपनाएर निर्माण गरिनेछन् । अधिकांश सबै भवनहरू बढीमा तीन तलाको हुनेछ भने संसदीय दलको समिति भवन र कार्यालय भवन पाँच तलाको हुनेछ । आवश्यकताअनुसार भवनहरूको प्रयोजनलाई ध्यानमा राखी बेसमेन्ट र सेमी बेसमेन्ट राखिएको छ । हरियाली चौर, पानीका फोहोरा, सार्वजनिक खुला चौर आदि खुला क्षेत्रलाई योजनाबद्ध रूपमा प्रत्येक भवनको वरिपरि निर्माण गरिनेछ । परिसरभित्र बन्ने प्रत्येक संरचनालाई भूकम्प, आगलागीजस्ता आपत्कालीन विशेष अवस्थाहरूलाई ध्यानमा राखी नेपालको मापदण्डअनुरूप इन्जिनियरिङ डिजाइन गरिएको छ ।
No comments:
Post a Comment