मुना कुँवर
२०७५ फाल्गुण ३० बिहीबार ०७:२२:०० | काठमाडौं
शान्त र सुरक्षित स्थानमा बस्न चाहनेहरूलाई लक्षित गरेर ग्रिनहिल सिटी हाउजिङले उपत्यकाको विभिन्न स्थानमा हाउजिङ निर्माण गरेको छ । कम्पनीले अहिलेसम्म काठमाडौंको मूलपानी र धुम्बाराही, ललितपुरको इमाडोल र भक्तपुरको बालकोटामा हाउजिङ निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरिरहेको हाउजिङमध्ये इमाडोलको हाउजिङ ०७३ देखि सुरु भएको हो । ५४ रोपनीमा निर्माण भएको हाउजिङमा ९५ युनिट छन् । जसमध्ये ९१ युनिट बुकिङ भइसकेको छ भने ३० वटा बिक्री भइसकेका छन् । त्यस्तै १५ युनिटमा मानिस बस्न नै थालिसकेका छन् ।
साढे दुईतले घर
इमाडोल हाउजिङका घरहरू साढे दुईतलाका छन् । तल्लो तलामा भान्सा कोठा, बैठक कोठा र बाथरुम रहेका छन् । ग्राहकले माग गरेमा एउटा सुत्ने कोठा पनि निर्माण गरिने कम्पनीले जनाएको छ । पहिलो तलामा भने दुईवटा सुत्ने कोठा, एउटा फ्यामिली कोठा र दुईवटा बाथरुम रहेका छन् । त्यस्तै माथिल्लो तलामा एउटा मास्टर बेडरुम र पूजाकोठा रहेका छन् ।

प्रशस्त खुला स्थान
घरको अघिल्लो भागमा एउटा गाडी र एउटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । घरको चारैतर्फ छाडिएको खाली स्थानमा फूल लगाउन सकिनेछ । जग्गाको क्षेत्रफल ४ आनादेखि १३ आनासम्म रहेको छ भने घर २ हजारदेखि ३ हजार ५ सय स्क्वायर फिटमा निर्माण गरिनेछ । हाउजिङभित्र कम्युनिटी हल, स्वमिङ पुल र जिम हाउस निर्माण गरिएका छन् भने ग्रोसरी सप पनि निर्माणाधीन अवस्थामा छन् ।
४० प्रतिशत फाइनान्सिङ सुविधा
घरको मूल्य न्यूनतम ३ करोड १५ लाख रुपैयाँ रहेको छ । त्यसैगरी अधिकतम ४ करोड रुपैयाँ रहेको छ । घर खरिद गर्न फाइनान्सको सुविधा पनि लिन सकिन्छ । घरको मूल्यको ४० प्रतिशत फाइनान्सिङ सुविधा रहेको छ । ग्राहकको इच्छाअनुसार कम्पनीले नै यो सुविधा उपलब्ध गराइदिने गरेको छ । कम्पनीले सिटिजन्स बैंकसँग फाइनान्सिङका लागि सहकार्य गर्दै आएको छ ।

घर कसरी खरिद गर्ने ?
ग्रिनहिल सिटी इमाडोलका घर खरिद गर्न ग्राहकले टोकन मनी दिएर बुकिङ गर्नुपर्नेछ । ३० प्रतिशत रकम भुक्तानी गरेपछि कम्पनी र ग्राहकबीच घर खरिद–बिक्री सम्झौता हुन्छ । घरको पहिलो तला ढलान भएपछि थप २० प्रतिशत भुक्तानी गर्नुपर्छ । त्यस्तै दोस्रो तला ढलानपछि थप २० प्रतिशत र तेस्रो तला पनि सम्पन्न भएपछि थप १० प्रतिशत गरेर ९० प्रतिशत रकम भुक्तानी गर्नुपर्छ । घरको रंगरोगनपछि ५ प्रतिशत र घर हस्तान्तरणका वेला ५ प्रतिशत भुक्तानी गर्नुपर्नेछ । सम्झौता भएको १८ महिनाभित्र घर हस्तान्तरण हुने कम्पनीले जनाएको छ ।

सहरबाट नजिक
ग्रिनहिल सिटीले निर्माण गरेको इमाडोलस्थित हाउजिङ सहरबाट नजिकै रहे पनि शान्त स्थानमा रहेको छ । नयाँ बस्ती विकास भएको इमाडोल ललितपुरको ग्वार्कोबाट चक्रपथबाहिर २.२ किलोमिटरको दुरीमा रहेको छ । चक्रपथ विस्तार गरिएकाले अहिले जामको समस्या छैन । त्यस्तै इमाडोलको कृष्ण मन्दिरसम्मको विस्तारित सडक पनि कालोपत्रे नै गरिसकिएकाले ग्रिनहिल सिटी सहज पहुँचमा रहेको छ ।

कम्पनीको विश्वास
सौरभ तिमिल्सिना, बजार प्रमुख
नेपालको हाउजिङ क्षेत्रमा ग्रिनहिल सिटी विश्वसनीय नाम हो । हामीले चारवटा हाउजिङ निर्माण गरेका छौँ । जसमध्ये एउटा त हामीले ग्राहकलाई हस्तान्तरण गरी नै सकेका छौँ । तीनवटा भने निर्माणको प्रक्रियामा छ । ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो । घर हस्तान्तरणमा अहिलेसम्म समस्या आएको छैन । ग्राहकको विश्वासलाई कम्पनीले कायम राखेको छ । सहरी क्षेत्रनजिकै शान्त क्षेत्रमा बस्न रुचाउने हाम्रा मुख्य ग्राहक हुन् ।

विशेषता
-चक्रपथबाट २.२ किमिको दूरीमा रहेको
-४० प्रतिशत फाइनान्सको सुविधा
-शान्त, रमणीय वातावरण र खुला स्थान
-भूकम्पप्रतिरोधात्मक घर
तथ्य
ग्रिनहिल सिटी ०६२ मा स्थापना भएको हाउजिङ कम्पनी हो । कम्पनीले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट हाउजिङ निर्माणको स्वीकृति लिएर चार स्थानमा हाउजिङ निर्माण गरिरहेको छ । कम्पनीले बालकोटमा ‘रोज भिलेज’ नाम दिएर ८५ रोपनीमा १ सय ४७ युनिट निर्माण गरी ग्राहकलाई हस्तान्तरण पनि गरिसकेको छ । त्यस्तै मूलपानीमा ३ सय ४० रोपनीमा ८ सय वटा युनिट निर्माण गरेको छ भने धुम्बाराहीमा ८ रोपनी क्षेत्रफलमा १५ युनिटको हाउजिङ पनि निर्माण गरिरहेको छ ।

https://www.nayapatrikadaily.com/news-details/8587/2019-03-14
No comments:
Post a Comment