तिहारमा बत्तीको प्रयोग बढी हुने हुँदा आगलागीको सम्भावना धेरै हुन्छ ।
गतवर्ष तिहारको समयमा आगलागीको ६ ओटा घटना भएका थिए । लक्ष्मी पूजाको दिन
(कात्तिक २८ गते)मात्रै काठमाडौंका चार स्थानमा आगलागी भयो । बिजुली
बत्तीको प्रयोग सबैभन्दा बढी हुनाले तिहारमा आगलागीको दुर्घटना धेरै हुने
जुद्ध वारुण यन्त्र, काठमाडौंका प्रमुख किशोरकुमार भट्टराई बताउँछन् ।
‘आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो,’ उनी
भन्छन्, ‘त्यसैलाई आप्mनो नियन्त्रणमा रहने गरी नै आगोको प्रयोग गर्नुपर्छ
।’
काठमाडौंलगायत शहरी क्षेत्रमा आगलागी हुने मुख्य दुई कारण ग्यास र विद्युत् रहेका छन् । भट्टराईका अनुसार ग्यासका कारण ६० प्रतिशत तथा विद्युत् ‘शट’का कारण ४० प्रतिशत आगलागीका घटना हुने गर्छन् । तिहारमा यी दुवै वस्तुको बढी प्रयोग गरिन्छ । त्यसैले, आगलागीको सम्भावना धेरै हुने उनले बताए । त्यस्तै, आगलागीको अर्को कारण यस विषयमा मानिसमा चेतनाको कमी पनि हो । तर, पहिलाको तुलनामा यस्ता दुर्घटना कम हुने गरेको उनले बताए । ‘अहिले घर तथा कार्यालयमा पनि आगो निभाउने उपकरण राख्ने प्रचलन बढ्दै छ,’ उनी भन्छन् । मानिसले विलासिताको सामग्रीमा गर्ने जति नै लगानी सम्भावित दुर्घटनाबाट बच्ने सावधानीका उपकरणमा पनि गर्नुपर्ने भट्टराईले बताए ।
दुर्घटना हुने कारण
तिहारमा ‘धनकी देवी’ लक्ष्मी भित्र्याउने धार्मिक विश्वाससँगै घर सफा सुग्घर गर्ने, फूलमालाले सजाउने र दियो बाल्ने चलन छ । घर फोहोर भए वा उज्यालो नभए लक्ष्मीले वास नगर्ने भन्ने मान्यताअनुसार तिहारका बेला घर सजाउने तथा घरवरपर उज्यालो बनाउन दियो बाल्ने गरिन्छ । यसका लागि मानिसले माटोका परम्परागत पाला तथा मैनबतीका साथै इलेक्ट्रिक दियो पनि बाल्ने गर्छन् । तर, चाडपर्वका बेला यस्ता सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन् ।
- तिहारमा घरवरपर दियो बाल्ने परम्परा छ । चारैतिर दियो बाल्दा आगो लाग्ने सम्भावना बढ्छ । साथै, लक्ष्मी पूजा गर्दा दियो र कपडा चढाउने गरिन्छ । दियो र कपडा एकै ठाउँमा हुने हुँदा पनि आगो सल्कने सम्भावना हुन्छ ।
- तिहारमा सबैका घरमा इलेक्ट्रिक लाइट बालिन्छ । साथै, घरमा भएका सबै इक्लट्रोनिक्स सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ । यसरी सबै इलेक्ट्रिक सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भई विद्युत् शट हुने सम्भावना हुन्छ ।
- डेकोरेटिभ लाइट पनि शट हुने अर्को कारण हो । यस्तो लाइटमा मसिनो तारको प्रयोग गरिएको हुन्छ । यस्तो लाइट धेरैजसो घरबाहिर झुन्ड्याइन्छ । यसरी जथाभावी प्रयोग गर्दा शट हुने सम्भावना हुन्छ ।
- आगलागी हुने अर्को प्रमुख कारण ग्यास हो । काठमाडौंलगायत शहरमा घरको छत (भान्साभन्दा बाहिर खुला ठाउँ)मा चुलो बनाउने गरिन्छ । यसरी बाहिर चुलो बनाउँदा ग्यास लिक भएर तथा हावाले आगो बत्ताएर पनि आगो लाग्ने गर्छ । यसैगरी, परिकार बनाउँदा तेलको प्रयोग बढी हुन्छ । पर्वको रमझममा धेरै मानिसको काममा ध्यान पुग्दैन । त्यसैले, कहिलेकाहीँ तेल धेरै तातेर आगो बल्ने, तेल पोखिने, तेल उछिट्टिएर शरीरमा पर्नेजस्ता दुर्घटना हुन्छन् ।
अपनाउनुपर्ने सावधानी
- घरमा दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ । दियो ननिभ्ने बेलासम्म त्यसमा ध्यान दिइरहनुपर्छ । लामो समयसम्म दियो बाल्नुहुँदैन । लक्ष्मी पूजा गर्दा एकजना व्यक्तिले अनिवार्य रूपमा दियोको रेखदेख गनुपर्छ ।
- घरमा आवश्यकभन्दा बढी इलेक्ट्रिक लाइट एकैपटक बाल्नुहुँदैन । मुख्य–मुख्य लाइटको मात्रै प्रयाग गर्नुपर्छ । सकेसम्म एकसाथ सबै इलेक्ट्रोनिक्स सामग्रीको प्रयोग गर्नुहुँदैन ।
- घरबाहिर सुरक्षित स्थानमा मात्र चूलो बनाउनुपर्छ । तेलमा परिकार बनाउँदा होशियारी अपनाउनुपर्छ ।
- तेलको कराईमा आगो बलेमा पानी हाल्नुहुँदैन । पानी राख्दा आगो झन् बल्छ । त्यसैले, कुनै सामग्रीले कराईलाई ढाक्नुपर्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभ्छ ।
- तेल पोखिएर वा उछिट्टिएर शरीरमा आगो लागेमा डराएर दौडनु हुँदैन । दौडँदा अक्सिजन धेरै प्राप्त हुनाले आगो झन् बल्ने सम्भावना हुन्छ । त्यसैले, यथास्थानमा नै उभिनुपर्छ । सकेसम्म बाक्लो कपडा वा बोराले शरीर छोपिदिनुपर्छ । भुइँमा पल्टनु पनि उचित हुन्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभाउन सकिन्छ ।
- आगलागी भइहालेमा आत्तिनुहुँदैन । सानो आगो बल्दा पनि आत्तिएर होश गुमाउनाले झन् ठूलो दुर्घटना हुन सक्छ । त्यसैले, सुरक्षित स्थानमा बसेर साहस जुटाउनुपर्छ । सकेसम्म आफैले आगो निभाउने प्रयास गर्ने, नसक्ने अवस्थामा अरूको सहयोग लिने । यस्तै साना प्रयासले पनि ठूलो क्षति हुनबाट जोगिन सकिन्छ ।

http://www.abhiyan.com.np/new/Articles/view/33575
No comments:
Post a Comment