कम्पनीहरूले सार्वजनिक गर्ने स्किमसँगै विज्ञापनमा पनि
प्रतिस्पर्धा गर्न थालेका छन् । अहिले छापा तथा विद्युतीय सञ्चारमाध्यमहरू
दशैंका विभिन्न स्किम तथा योजनाले भरिन थालेको स्वयम् व्यवसायीहरू बताउँछन्
।
दशैं नजिकिँदै गर्दा अधिकांश घरमा दैनिक उपभोग्य सामानको नयाँ सूची तयार भइरहेको छ । दशैंतिहारको अवसर पारी आफूलाई आवश्यक नयाँ सामान खरीद गर्ने कार्य नेपालीहरूको संस्कृतिझैं बनिसकेको छ । यही अवसर पारी कम्पनीहरूले होम अप्लायन्समा विभिन्न उपहार र छूट योजना ल्याएका छन् । धेरै उपभोक्ताले ‘ड्युरेबल्स’ तथा अन्य घरायसी सामान किन्न दशैं पर्खिने भएकाले व्यवसायीहरूका लागि यो पर्व व्यापार बढाउने तथा बजार विस्तार गर्ने उपयुक्त अवसर बनेको छ ।
घरायसी प्रयोजनमा आउने टेलिभिजन, रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, वाशिङ मेशिन, होम थिएटरलगायत सामानको खरीदमा ग्राहकले विभिन्न उपहार तथा नगद छूट पाउने भएका छन् । यसले ग्राहकलाई आफूले चाहेको होम अप्लायन्सका सामान कम मूल्यमा उपहारसहित खरीद गर्ने रमाइलो तथा सजिलो अवसर जुराएको छ । सीजी, एलजी, फिलिप्स, यासुदा, वर्लपूल, भिडियोकन, पानासोनिक, सामसुङ, हिमस्टारलगायत ब्राण्डले होम अप्लायन्सका सामान बजारमा ल्याएका छन् । यहाँ होम अप्लायन्सको व्यवसाय गर्ने एउटा ब्राण्डले वर्षको कम्तीमा ३० करोड रुपैयाँबराबरको व्यापार गर्छ । यी सामानको माग ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा बढी हुने गरेको व्यवसायीहरू बताउँछन् । घरायसी प्रयोजनमा आउने यस्ता सामानले दशैंलाई थप प्रभावकारी बनाउने सीजी इलेक्ट्रोनिक्स प्रालिका राष्ट्रिय विक्री प्रमुख (नेशनल सेल्स हेड) पुरुषोत्तम भण्डारी बताउँछन् । सीजीले नेपालमा एलजी ब्राण्डका होम अप्लायन्सेसको उत्पादन तथा विक्री गर्दै आएको छ ।
उचित समय
यो समय कुनै पनि सामानको खरीदविक्रीका लागि राम्रो अवसर हो । अन्य समयभन्दा दशैंतिहारको अवसरमा होम अप्लायन्सेसको व्यवसाय ३० देखि ४० प्रतिशतसम्मले बढ्ने स्याकार कम्पनी प्रालिका ब्राण्ड प्रवद्र्धन व्यवस्थापक दिनेशरत्न वज्राचार्यले बताए । स्याकार कम्पनीले नेपाली बजारमा फिलिप्स, कोबे, डेउ, प्रीतिलगायत विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेसका सामग्री विगत लामो समयदेखि विक्री गर्दै आएको छ । सरकारी तथा निजीक्षेत्रका कर्मचारीले दशैंमा बोनस पाउँछन् । त्यस्तै, रोजगारीको सिलसिलामा विदेश गएकाहरू पनि प्रायः यही समयमा स्वदेश फर्किने तथा आफ्ना परिवारजनले दशैं हर्सोल्लासका साथ मनाऊन् भनेर केही रकम घर पठाउने गर्छन् । सामान्य उपभोक्ताहरूले पनि दशैंका लागि केही समय अगाडिबाटै खर्चको जोहो गर्छन् । यस्तै कारणले दशैंको समयमा उपभोक्ताको खर्च गर्ने क्षमता पनि बढ्ने गरेको त्रिवेणी व्यापार कम्पनीका व्यापार प्रमुख निखिल अग्रवाल बताउँछन् । त्रिवेणी व्यापार कम्पनीले यासुदा, पानासोनिक, सुकाम, क्रम्प्टनग्रिभ्स, सिम्फोनीलगायत ब्राण्डका इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेसको नेपालमा विक्री गर्छ । उपभोक्ताहरूसँग पैसा हुने समय भएका कारण पनि अधिकांश कम्पनीहरू ग्राहक आकर्षित गर्न लागिपरेका छन् । ग्राहकलाई आफ्नो ब्राण्डप्रति आकर्षित गर्न कम्पनीहरूले विभिन्न उपहार योजना सार्वजनिक गरिरहेका छन् ।
कम मूल्य र उपहारसँगै आवश्यक सामग्री खरीद गर्न पाउने भएकाले उपभोक्ताहरू पनि यही समयको पर्खाइमा रहने कतिपय व्यवसायीहरू बताउँछन् । हाल नेपालमा २० भन्दा बढी होम अप्लायन्सका ब्राण्डले स्किम तथा योजना सार्वजनिक गरिसकेका छन् । यस्ता स्किमले ग्राहक तथा विक्रेता दुवैलाई फाइदा हुने अग्रवालको भनाइ छ ।
छूटमा प्रतिस्पर्धा
नेपालमा २० भन्दा बढी स्वदेशी तथा विदेशी ब्राण्डका होम अप्लायन्सका विभिन्न सामान उपलब्ध रहेका छन् । दशैंको समयमा आफ्नो सामाग्रीको विक्री बढाउन सबै कम्पनीले उपहार योजना तथा स्किममा प्रतिस्पर्धा गर्न थालेका छन् । त्रिवेणी व्यापार कम्पनी प्रालिले यसपटकको दशैंमा ‘परे भाग्यमानी नपरे झनै भाग्यमानी’ अफर ल्याएको छ । अफरअन्तर्गत यासुदा वा पानासोनिक ब्राण्डका टीभी, फ्रिजलगायतका उत्पादनको खरीद गर्दा ग्राहकले स्क्र्याच कुपनमार्फत उपभोक्ताले विभिन्न उपहार हात पार्न सक्नेछन् । स्क्र्याच गर्दा कुनै उपहार नपरेमा ग्राहकलाई लक्की ड्रमा सम्मिलित गराइन्छ । लक्की ड्रमा नाम निकाल्न सफल ग्राहकले यासुदाका होम अप्लायन्सेसका सम्पूर्ण सेट (फुल रेञ्ज) हात पार्ने कम्पनीका व्यापार प्रमुख अग्रवालले जानकारी दिए । त्यसैले, स्किमको नाम पनि मिल्दोजुल्दो गरी राखेको उनले बताए । त्यस्तै, स्याकार कम्पनी प्रालिले दशैंमा ‘फेस्टिभ बोनाञ्जा’ अफर ल्याएको छ । यस अफरमा ग्राहकले स्क्र्याच कुपनमार्फत शुरूमै १० देखि २५ प्रतिशतसम्म नगद छूट पाउँछन् ।

योजनाअन्तर्गत
प्रमुख विजेताले ग्राण्ड प्राइजस्वरूप रू. ९४ हजार ९ सय मूल्य पर्ने
फिलिप्सको ४२ इञ्च एलईडी टीभी, फिलिप्सकै रू. १७ हजार ९ सय पर्ने फाइभ
प्वाइण्ट वान होम थिएटर सिष्टम र रू. ११ हजार पर्ने टू प्वाइण्ट वान होम
थिएटर सिष्टम प्राप्त गर्नेछन् । नेपालमा स्याकार कम्पनीले फिलिप्स, कोबे,
प्रीति तथा डेउ ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स सामग्री तथा होम
अप्लायन्स विक्री गर्दै आएको छ ।
पशुपति इलेक्ट्रोनिक्स प्रालिले भिडियोकन ब्राण्डका टीभी तथा फ्रिज आकर्षक टी–शर्ट उपहारका रूपमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक प्रकाशबहादुर स्वारले जानकारी दिए । साथै, एलईडीको खरीदमा ८ जीबी क्षमताको पेनड्राइभ सित्तैमा उपलब्ध गराउने योजना रहेको स्वारले बताए ।
त्यसैगरी नेपाहिमा ट्रेडलिङ्क प्रालिले दशैंलाई लक्षित गरी सोनी ब्राण्डका विभिन्न मोडलका टीभीमा उपहारस्वरूप थ्रीडी ग्लाश (चश्मा), वान टच रिमोट कण्ट्रोल (टीभीको स्क्रिनमा स्मार्टफोनमा रहेका मनोरञ्जनका सामग्री हेर्न सघाउने उपकरण), ब्लु रे डिस्क होम थिएटर सिष्टमलगायत सामान उपहारस्वरूप दिने कम्पनीका मार्केटिङ एक्जुकेटिभ जस्मिन सिद्धि वज्राचार्यले बताइन् ।
विज्ञापनमा उस्तै
कम्पनीहरूले सार्वजनिक गर्ने स्किमसँगै विज्ञापनमा पनि प्रतिस्पर्धा गर्न थालेका छन् । अहिले छापा तथा विद्युतीय सञ्चारमाध्यमहरू दशैंका विभिन्न स्किम तथा योजनाले भरिन थालेको स्वयम् व्यवसायीहरू बताउँछन् । कम्पनीहरूले ल्याएका स्किमलाई लक्षित उपभोक्तासम्म पुर्याउन पनि विज्ञापनमा प्रतिस्पर्धा भइरहेको नवीन डिष्ट्रिब्युटर्सका विक्री तथा बजार प्रबन्धक शरद पाण्डेले बताए । नवीन डिष्ट्रिब्युटर्सले नेपाली बजारमा खेतान, हाइसेन्स, बाल्टेरिया र केण्ट ब्राण्डका होम अप्लायन्स विक्री गर्दै आएको छ । विज्ञापन तथा प्रवर्द्धनका लागि गरिने खर्चमध्ये ५० प्रतिशतभन्दा बढी लगानी दशैंको समयमा हुने व्यवसायीहरूको भनाइ छ ।

No comments:
Post a Comment