Wednesday, September 18, 2013

बैङ्कले ल्याए तीजविशेष योजना

बैङ्कले ल्याए तीजविशेष योजना
बैङ्कहरूले महिलाको महान् पर्व हरितालिका तीजलाई लक्षित गरेर विभिन्न योजना ल्याएका छन् । महिला ग्राहकसँग सम्बन्ध नजिक बनाउन बैङ्कहरूले यस्तो योजना सार्वजनिक गरेका हुन् । नेपाल–बङ्गलादेश बैङ्कले ‘सौभाग्यवती गृहिणी बचत’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत गृहिणी बचत खाता खोल्ने महिलालाई सौभाग्यवती उपहार वितरण गरेको बैङ्ककी मार्केटिङ अफिसर रश्मी मानन्धरले बताइन् । उनका अनुसार बैङ्कले सौभाग्यवती उपहारस्वरूप चुरा, पोते, क्लिप, टीका, रबर ब्याण्ड आदि प्रदान गरेको छ । बैङ्कले यो योजना भदौ २ देखि असोज २ गतेसम्म सञ्चालन गर्नेछ । १ हजार रुपैयाँमा महिलाले गृहिणी बचत खाता खोल्न सकिने मानन्धरले जानकारी दिइन् ।

यसैगरी इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैङ्कले तीजको अवसरमा महिलालक्षित ‘नारी समृद्धि खाता’को शुरुआत गरेको छ । यो खाता खोल्ने महिलालाई तीजको अवसरमा १ वर्षको छूटसहित लकर सुविधा पनि उपलब्ध गराएको बैङ्कका मार्केटिङ अफिसर सविन गौतमले जानकारी दिए । यो खाता १ सय रुपैयाँमा खोल्न सकिनेछ । बैङ्कले यो योजना भदौदेखि कात्तिकसम्म सञ्चालन गर्ने भएको छ ।

सिभिल बैङ्क लिमिटेडले भने तीजको अवसरमा ‘खातामा छाता’ योजना ल्याएको छ । उक्त योजनाअनुसार बैङ्कले नारी बचत खाता खोल्ने महिलालाई एउटा छाता उपलब्ध गराउने बैङ्कका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । साथै, १ वर्षका लागि वार्षिक शुल्क मिनाहा गरी निःशुल्क सेफ डिपोजिट लकर सुविधा पनि उपलब्ध गराएको अधिकृत गुरुङले जानकारी दिए । यो योजना भदौ महीनाभर सञ्चालन हुनेछ । प्रभु विकास बैङ्कले भने तीजको अवसरमा विशेष उपहार योजना लागू गरेको छ ।

योजनाअन्तर्गत बैङ्कले प्रभु मनी ट्रान्सफरमार्फत विदेशबाट प्राप्त रेमिट्यान्स भुक्तानी लिनुहुने महिलालाई उपहार प्रदान गरेको बैङ्कका कर्जा शाखा प्रमुख चिजन पौडेलले जानकारी दिइन् । साथै, सङ्गिनी बचत खाता खोल्ने महिलालाई पनि उपहार प्रदान गरिएको उनले बताइन् । त्यस्तो खाता खोल्ने महिलालाई उपहारस्वरूप बैङ्कले तीजको विशेष उपहार चुरा प्रदान गरेको छ । यो योजना बैङ्कले भदौ १९ देखि २१ गतेसम्म सबै शाखामा लागू गरेको थियो ।
http://www.abhiyan.com.np/new/Articles/view/31255

No comments:

Post a Comment