Thursday, April 18, 2019

स्मार्ट सिटीका ४ आधारस्तम्भ र १ सय २५ सूचक

स्मार्ट सिटी बन्नका लागि चार आधारस्तम्भ हुनुपर्ने सहरी विकास तथा भवन निर्माण विभागको एक अध्ययनले देखाएको छ । विभागको नयाँ सहर परियोजनाले ०७५ को सुरुवातदेखि नै स्मार्ट सिटीका सूचकहरूको अध्ययन थालेको थियो । पालुङटार, लुम्बिनी र निजगढलाई नमुना मानेर गरिएको अध्ययनलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा समेत प्रस्तुत गरिएको छ । समितिमा प्राप्त सूचना तथा परामर्शदातासँगको छलफललाई अब अन्तिम रूप दिने तयारी भएको परिआयोजना प्रमुख किशोरलाल महाजूले बताए ।  
विभागको अध्ययनअनुसार स्मार्ट सिटी बन्न स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थ व्यवस्था प्रमुख आधारभूत स्तम्भहरू हुन् । अध्ययनले अन्य ३० तत्व  र १ सय २५ सूचक पनि पहिचान गरेको छ । अध्ययन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहरी विकासविज्ञलाई सहभागी गराइएको थियो । सञ्जय उप्रेतीको नेतृत्वमा लुम्बिनीको अध्ययन भएको थियो भने कीर्तिकुसुम जोशीको नेतृत्वमा पालुङटारको अध्ययन गरिएको थियो । त्यस्तै किशोरकुमार झाको नेतृत्वमा निजगढको अध्ययन गरिएको थियो । प्रत्येक समूहमा २ जना अन्तर्राष्ट्रिय सहरीविज्ञ तथा आइटीविज्ञसहित १४ जना सहभागी थिए ।  


शासनका पाँच तत्व 
स्मार्ट शासनमा पाँच तत्व  हुनुपर्ने आयोजनाको अध्ययनले देखाएको छ । त्यसमा ई–गभर्नेन्स, समावेशी, पारदर्शिता तथा विश्वसनीयता, सहरी वित्त, सूचना छन् । त्यस्तै, स्मार्ट शासनका हुन अन्य २२ सूचक पहिचान गरिएको छ ।
 पूर्वाधारका ११ तत्व 
अध्ययनले स्मार्ट पूर्वाधारका लागि सहरी विकास, भौतिक, समाजिक, वातावरणीय पूर्वाधार निर्माणजस्ता आधारभूत तŒव हुनुपर्ने औँल्याएको छ । यसअन्र्तगत ११ तत्व  पहिचान गरिएको छ । भौतिक पूर्वाधारका लागि यातायात पहुँच, सिँचाइ, सरसफाइ, ढल, आइसिटी पूर्वाधार सेवा, ऊर्जा, फोहोर व्यवस्थापनजस्ता मापदण्ड तोकिएको छ । त्यस्तै, सामाजिक पूर्वाधारका लागि स्वास्थ्य, आवास, शिक्षा, सुरुक्षा, विपत् व्यवस्थापन छन् । वातावरणीय पूर्वाधारका लागि सहरी योजना, वातावरणजस्ता तत्व  हुनुपर्ने अध्ययनले देखाएको छ । त्यस्तै, अध्ययनले स्मार्ट पूर्वाधारका लागि ६४ परिसूचक तोकेको छ ।

अर्थ व्यवस्थाका लागि तीन तत्व  पहिचान
अध्ययनले स्मार्ट अर्थ व्यवस्थाका लागि तीनवटा तत्व रोजगारी, नवीरकण तथा उद्यमशीलता र रोजगारी सिर्जना महŒवपूर्ण तŒव मानेको छ । त्यस्तै स्मार्ट अर्थ व्यवस्थाले दिगो उत्पादनशीलता र रोजगारीलाई पनि जोड दिएको छ । दिगोपनाका निम्ति आवश्यक नवीन सोच, कार्यकुशलता र उपलब्ध प्रविधिको संयोजनबाट रोजगारीको सिर्जनासहित उपादकत्व वृद्धि गर्दै दिगो विकासमा ऊर्जा दिने स्मार्ट अर्थ व्यवस्था भएको परिआयोजना प्रमुख महाजूले बताए । 
स्मार्ट जनताका लागि हुनुपर्ने ६ गुण
स्मार्ट जनता बन्न सहरी विकासका उपलब्धिहरू प्रयोग गर्दै समावेशी समाजको सिद्धान्तलाई उपयोग गर्ने सुरक्षित, स्वास्थ्य, शिक्षित, सिर्जनशील नागरिक भन्ने जनाउँछ । परियोजनाको अध्ययनले स्मार्ट जनता हुन विभिन्न ६ तत्व आवश्यक रहेको देखाएको छ । शिक्षा, सहरी विकाससम्बन्धी चेतना, नागरिक सहभागिता, विद्युतीय साक्षरता, स्वास्थ्य, लैंगिक सशक्तीकरण छन् । त्यसैगरी, विभिन्न परिसूचकसमेत तोकिएको छ । साक्षरता दर, विद्यालयका विद्यार्थी दर, बाल मृत्युदर, मातृ मृत्युदर, सरुवा रोग, नसर्ने रोग, रोजगार महिलाको प्रतिशत, सम्पत्तिमाथि महिलाको अधिकारलगायतका परिसूचक रहेका छन् ।

No comments:

Post a Comment