धैर्य गर्नुहोस्, यो बिक्री गर्ने वेला होइन
सरकारी जागिरबाट अवकाश पाएका जीवनबहादुर क्षत्रीले फुर्सदको समय सेयर बजारमा नै बिताउने र केही कमाइ पनि गर्ने निर्णयका साथ सेयर बजारको दोस्रो बजारमा प्रवेश गरे । प्राथमिक सेयरमा सामान्य लगानी गर्दै आएका काठमाडौंनिवासी क्षत्रीलाई यो बजारबारे सामान्य जानकारी थियो ।
त्यसैले करिब डेढ वर्षअगाडि अवकाशबाट पाएको रकम उनले दोस्रो बजारमा लगानी गरे । तर, अहिले बजारमा आएको निरन्तर गिरावटले उनी विचलित भएका छन् । उनका अनुसार बजारमा गरेको लगानी आधाभन्दा धेरैले घटेको छ । ‘मैले त्यतिवेला करिब १० लाख लगानी गरेको थिएँ ।
अहिले त्यो रकम घटेर ५ लाखमा खुम्चिएको छ,’ उनले भने, ‘त्यतिवेला मैले प्रिमियर इन्स्योरेन्सको सेयर २ हजार ५ सयमा लिएको थिएँ । अहिले त्यसको मूल्य घटेर ७ सय ८१ कायम भएको छ । तपार्इं आफैँ अनुमान लगाउनुहोस्, मैले कति घाटा खाएको छु ।’ मैले लगानी गर्दा बजार बलियो नै थियो । त्यसैले नाफा कमाउने सोचले सेयर बिक्री गरिनँ । त्यतिवेला बिक्री गर्नेले कमाए, तर मैले गुमाएँ ।
काठमाडौंनिवासी अनिमेश हलवाई एपेक्स कलेजबाट बिबिएको अध्ययन पूरा गरेका सामान्य विद्यार्थी हुन् । अहिले उनी एस इन्स्टिच्युटबाट एमबिए गर्दै छन् । सेयर बजारप्रति पहिलेदेखि नै आकर्षित उनी बिबिएमा इन्स्योरेन्स र बैकिङसम्बन्धी अध्ययन गरेपछि झन् बढी आकर्षित हुन थाले । बिबिएको अध्ययन गरेसँगै उनले सेयर बजारमा प्रवेश गरे ।
करिब दुई वर्षअघि घरबाट ६ लाख रुपैयाँ मागेर बजारमा लगानी गरेको उनले बताए । ‘तर, यो अवधिमा मेरो ४ लाख घाटा भइसक्यो,’ उनले भने, ‘मैले सनराइज बैंकको सेयर ९ सयमा खरिद गरेको थिएँ । आज यसको मूल्य घटेर २ सय ३१ भएको छ । पोखरा फाइनान्सको ४ सयमा १२ सय कित्ता खरिद गरेको थिएँ । अहिले यसको मूल्य १ सय ५० मा झरेको छ ।’
टायल व्यवसायी चितवनका प्रकाश लामिछानेको पनि पीडा उस्तै छ । एक वर्षअघि साथीहरूले लगानी गरेको देखेर उनले पनि दोस्रो बजारमा लगानी गरे । सुरुवातमा उनले ५० लाख लगानी गरेका थिए । बिस्तारै यसलाई बढाएर बजारमा १ करोड ६५ लाख पु-याए । ‘तर, यो अवधिमा मैले ७० लाख घाटा व्यहोर्नुपरेको छ,’ उनले भने ।
क्षत्री, हलवाई र लामिछाने प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लोपटक बजारमा आएको गिरावटले नयाँ लगानीकर्ताहरू मारमा परेका छन् । बजारमा बढ्दा धेरै लगानीकर्ता उत्साहित भएर लगानी गरे । तर, कुनै पनि प्राविधिक कारणविना नै बजार घट्दै जान थालेपछि सबै लगानीकर्ताहरू दोधारमा परेका छन् । यतिवेला अधिकांश राम्रा कम्पनीहरूकै सेयर मूल्य पनि घटेको छ ।
बजार निरन्तर रूपमा घट्न थालेको करिब डेढ वर्षजति भयो । गत ०७३ साल साउन १२ गते बजार १ हजार ८ सय ८१ बिन्दुमा पुगेको थियो । त्यसपछि विस्तारै घट्न थालेको बजार गत बिहीबार १ हजार २ सय २० मा ओर्लिएको छ । यतिवेला सबैभन्दा बढी बिमा, माइक्रो फाइनान्स र बैकिङ समूहका लगानीकर्ताले गुमाएका छन् ।
ठूलो धक्का नयाँ लगानीकर्तालाई
अहिलेको बियरिस बजारमा पनि सबैभन्दा ठूलो धक्का नयाँ लगानीकर्तालाई लागेको छ । अन्तर्राष्ट्रियस्तरमा प्रायः बजार बियरिस हुँदा लगानी गर्ने अभ्यास देखिन्छ । किनभने, बियरिसमा राम्रो कम्पनीको पनि सेयर मूल्य सस्तो हुन्छ । सोही मौका छोपी लगानीकर्ताले लगानी गर्छन् । त्यस्तै, बजार बुलिस हुँदा सेयर बिक्री गर्ने प्रचलन हुन्छ ।
किनभने, उक्त अवधिमा नराम्रा कम्पनीको पनि सेयर मूल्य बढ्ने गर्छ । तर, नेपालमा यो प्रवृत्ति ठ्याक्कै उल्टो छ । बियरिस प्रवृत्तिमा लगानीकर्ताहरू आत्तिएर बिक्री गर्न थाल्छन् । जसले झनै बजारमा बिक्री चाप बढाउँछ र बजार घट्नमा थप सहयोग पुग्छ । त्यसैगरी, बुलिस हुँदा नयाँ लगानीकर्ता थप हौसिएर लगानी गर्छन् । यस्तो समयमा खराब कम्पनीको मूल्य पनि चर्को हुँदा नयाँ लगानीकर्ता महँगोमा पर्छन् ।
नेप्से बुलिस हुँदा बजारमा प्रवेश गरेका लगानीकर्ता सबैभन्दा घाटामा परेका छन् । सो अवधिमा उत्साहित भएर नयाँ लगानीकर्ता बजारमा प्रवेश गरे । जसले अहिले सबैभन्दा धेरै गुमाएका छन् ।
मध्यमवर्गीय लगानीकर्ता घाटामा
बजारमा जहिले पनि मध्यमवर्गीय लगानीकर्ता घाटामा पर्ने गर्छन् । ठूला लगानीकर्ताले यस्तो अवस्थाको आकलन गरी बजार बुलिस हुँदाको अवस्थामा नै बजारबाट आउट हुन्छन् । तर, मध्यमवर्गीय लगानीकर्ता अझै बजार बढ्ने अपेक्षा गर्दै टिकिरहन्छन् । बजार बियरिस हुन थालेपछि आत्तिर सेयर बिक्री गर्न थाल्छन् । फलस्वरूप धेरै गुमाउन पुग्छन् ।

सरकारको धारणा पर्खंदै लगानीकर्ता
यतिवेला बजारमा सबै लगानीकर्ता सरकारको औपचारिक धारणाको पखाईमा छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजारको विषयमा नकारात्मक कुरा गरेपछि बजार घटेको आमलगानीकर्ताको बुझाइ छ । त्यसैले जतिसक्दो छिटो सरकारले यस विषयमा स्पष्ट पार्नुपर्ने लगानीकर्ता क्षत्रीले बताए ।

‘लगानीकर्ताको दर्दनाक अवस्था छ । सरकार चुपचाप छ । बजार बढ्न लाग्दा विज्ञप्ति निकाल्ने नियमनकारी निकाय पनि यतिवेला किन बोल्दैन ?’ उनले भने । बजारको घट्नुको पनि सीमा हुन्छ नि, अझै कति घट्ने हो उनले थपे ।
सरकारी खर्च बढाउनुपर्छ
बैंकमा आएको तरलता अभावले पनि बजार घटाएको केही लगानीकर्ताको ठम्याइ छ । बजारमा पुँजी परिचालन भएको छैन । बैंकले कर्जा दिँदैनन् । यसका लागि सरकारी खर्च बढाउनुपर्ने विद्यार्थी लगानीकर्ता हलुवाईले बताए । त्यस्तै, सेयर बजार जतिसक्दो छिटो अनलाइन प्रक्रियामा लैजाउनुपर्ने उनले बताए ।

http://www.enayapatrika.com/2018/03/26/34680/
No comments:
Post a Comment